Labels

Sunday, September 29, 2013

जितिया दशे दशै


सुरेशकुमार यादव
काठमाडौ असोज १० गते ।   
जितिया पावनि बड भारी
धियापूताके ठोकि सुतावि 
अपने खाई भइर थारी 

तर्राई मधेशसँग सम्बन्धित एक पर्वसँग मिल्ने यो भनाई अहिले गाउँघरतिर सुन्न थालिएको छ । दशैंको दश दिनअघि मनाउने जितिया पर्वका लागि निकै परिचलित भनाई हो यो ।
अर्थात 'जितिया पर्व यस्तो ठुलो पर्व हो कि यसमा आआफ्नो बालबच्चालाई घरमा सुताउँछन् र विहानै विहानै एक थाल खान्छन्' तर यथार्थ त्यस्तो होइन । मज्जाक र ठठ्ठामा पर्वको महत्वलाई  दर्शाउनका लागि भन्ने गरेको या भनाई मात्र हो यो । आआफ्ना बालबच्चाका लागि मात्र गर्ने यो पर्व मधेशी महिलाका लागि निकै महत्वपर्ूण्ा पर्व हो ।
तर्राई मधेशमा मनाउने कठोर पर्वहरुमध्ये जितिया पर्व विहिवारदेखि शुरु भएको छ । ब्रतको पहिलो दिन ब्रतालु महिलाहरु नुहाई धुवाई चोखो भएर मात्र खाना खाएकोलाई 'नहाई खाई' भन्ने गरेको छ । शुक्रवार दिन र रात निराहार व्रत बस्नेछन् । 
      थुकसमेत निल्न नहुने यो कठोर पर्वपछि दशैंको रौनक शुरु हुन्छ भने मान्यता पनि तर्राई मधेशमा रहेको छ । आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन महिलाहरु यो पर्वलाई धुमधामका साथ मनाउने गरिन्छ । बालबच्चाको सुखशान्ति र दर्ीघायूका लागि महिलाहरुले यो पर्व गर्न गरेको जनविश्वास रहँदै आएको छ ।
    कुनै दर्ुघटनाबाट जोगिएपछि 'त्रि्रो आामाले जितिया पर्व गरेका थिए त्यसैकारणले त बाँचिस' भन्ने गरेको जनविश्वास पनि गाउँघरमा पाइन्छ ।  यो पर्वको एकदिन पर्ूव मंसाहारी ब्रतालुले माछा र कादो रोटी खान्छन् जसलाई 'माछ मरुवा' को दिन पनि भनिन्छ । शाकाहारी ब्रतालुले गम्हरी -एक प्रकारको धान) भात अथवा खीर पकाएर खाने चलन पनि रहेको छ ।
विहिवार अर्थात अष्टमी तिथिको बिहान ३-४ वजेतिर नै प्रत्येक महिलाले आचमन शुद्धि गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राख्छन् । दिन-रात उपवासमा बस्नर्ुपर्ने भएकाले पेटभरी भोजन गर्छन र सुतेका आआफना बालबच्चालाई उठाएर छिरौलाको पातमा चढाएको दही चिउरा र अन्य फलफुल प्रसादको रुपमा खुवाउँछन् ।

    शुक्रवार दिनभरि उपवास बस्छन् त्यसपछि साँझ र्सर्ूय अस्ताउनुअघि पोखरीमा गई नुहाई धुवाई पानीमा घिराउलाको पातमा पीना र तेारीको तेल चढाउँनेछन् । पोखरी नभएको घरमा नमुना पोखरी बनाएर पनि यो प्रकृया पूरा गर्ने चलन छ । यो प्रकृयापछि आ-आफना सन्तानको कपालमा कचौरामा बाँकी रहेको तेल लगाई दिन्छन् । रातभरी उपवासबसि विहान उठेर पुनः पोखरीमा गएर घिरौलाको पातमा पिना र तथा तेल चढाएर पर्वलाई अन्त्य गर्छन ।

No comments:

Post a Comment