Labels

Thursday, September 26, 2013

मधेशी दलमा उम्मेदवार चयनमा ढिलासुस्ती


सुरेशकुमार यादव
काठमाडौ असोज ७ गते । उम्मेदवारी दर्ता गराउने समय नजिकिदै गएपनि मधेशवादी दलहरुमा उम्मेदारीको टुगों लाग्न सकेको छैन । असोज १७ गते प्रत्यक्षबाट उम्मेदवारीको नाम दार्ता गराउने आजबाट १० दिनमात्र बाँकी छन् ।
दलहरुमा जिल्ला जिल्लाबाट उम्मेदवारको नाम सिफारिश आएपनि आन्तरिक विवादका कारण उम्मेदवार चयनको टुगों लागेको छैन । जिल्लाहरुबाट आएका सिफारिशहरुमाथि दैनिक जसो आन्तरिक छलफल हुने गरेको छ तर टुगों लगाउन सकेको छैन । विगतको सविधानसभाको चुनावभन्दा यसपालीको चुनावमा उम्मेदवार चयन गर्न गाह्रो हुने गरेको नेताहरु नै बताउनु हुन्छ ।
    विगतको चुनावमा नौ सीट जितेका राजेन्द्र महतो अध्यक्ष रहनु भएको सद्भावना पार्टर्ीी यसपाली चुनावका लागि उम्मेदवारको ओइरो लागेको छ । पार्टर्ीी अनुसार प्रत्यक्षमा मात्र १४ सय र समानुपातिकमा तीनहजार जनाको नाम सिफारिश भएको छ । सो पार्टर्ीी महासचिव मनिष सुमनले भन्नुभयो-'हाम्रो पार्टर्ीी आएका सिफारिशलाई मिलाउन निकै पापर बेल्नु परेको छ तर हाम्रो पार्टर्ीीनुशासित र विधानअनुसार चल्ने भएकाले मिलाउन गाह्रो हुने छैन, हामी मिलाउँछौ ।' उहाँले असोज १२ गते बस्ने बैठकले उम्मेदवारको टुगों लगाउने जानकारी गराउनु भयो ।
    सद्भावना पार्टर्ीी उम्मेदवारहरुको नाम मिलाउनका संसदीय बोर्डको केहीदिनदेखि लगातार रुपमा बस्दै आएका छन् तर हालसम्म कुनै क्षेत्रको टुगों लागेको छैन । सद्भावना पार्टर्ीी २४० सीटमा उम्मेदवारी दिएर एकसय सीट हात पार्ने आन्तरिक तयारीमा रहेको पार्टर्ीी महासचिव सुमनले बताउनुभयो । जुन क्षेत्रबाट एकजनाको नाम सिफासिश भएको छ, त्यहाँ त कुनै विवाद छैन तर जुन क्षेत्रबाट एकभन्दा बढीको नाम सिफारिश आएको छ त्यहाँ विवाद देखिएको छ ।
सो पार्टर्ीी सप्तरीको ३ र धनुषाको २ नं. क्षेत्रमा अलि बढी विवाद देखिएको छ । सप्तरीको ३ मा क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव र पर्ूव मन्त्री अनिस अन्सारीबीच विवाद देखिएकेा छ भने धनुषा २ मा राजीव झा, रामनाथ साह, नवल मण्डलको बीचमा विवाद देखिएको छ । छनौट प्रकृयामा पार्टर्ीीति प्रतिवद्ध, लोकप्रियता, आन्दोलनमा भूमिका तथा यसअघिको चुनावमा जितेको हुनुपर्ने राखेको छ । सद्भावना पार्टर्ीी पछिल्लोसमय सबभन्दा बढी नयाँ नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् । उनीहरुलाई पनि व्यवस्थापन गर्न धौधौ परेका छन् ।
महन्थ ठाकुर अध्यक्ष रहनु भएको तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी पनि विगत एकहप्तादेखि बोर्डको बैठक बसिरहेका छन् तर कसैको नाममा टुगों लागेको छैन । सो पार्टर्ीी पनि जिल्लाहरुबाट नाम सिफारिश भएर आइसकेका छन् तर त्यसलाई टुगों लगाउन सकेका छैन । मुलुकभरिबाट दर्ुइसय ३० जनाको प्रत्यक्षमा  र ६ सय जनाको नाम समानुपातिकमा सिफारिश भएको छ ।
सो पार्टर्ीी सहमहामन्त्री जितेन्द्र सोनलले संसदीय दलको बैठक ३ गतेदेखि बसिरहेका छन्, सिफारिश भएर आएका उम्मेदवारमाथि छलफल भइरहेका छन् चाँडै टुगों लाग्ने बताउनुभयो । हिमाल, पहाड तथा उपत्यकाको केही क्षेत्र र मधेशका एकसय १६ वटै क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेका छन् । विगतको चुनावभन्दा यसपालीको चुनावमा उम्मेदार चयनमा केही झमेला अवश्य हुन्छ तर मिल्छन्, उहाँले भन्नुभयो । जिल्लाहरुबाट आएका प्रतिवेदनहरु पनि अध्ययन भइरहकेा छन्, पार्टर्ीीति बाफादार, स्वच्छ छवी, आन्दोलनमा भूमिकालगायतका मतदण्ड बनाएकाले कसैलाई भेद्भाव नगरी मापदण्डको आधारमा उम्मेदवार चयन हुने उहाँले बताउनुभयो ।
तमलोपाको धनुषा, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लाको केही क्षेत्रमा विवाद रहेको पार्टर्ीी्रोतले जनाएको छ । धनुषा क्षेत्र नं. ४ मा उम्मेदवार चयनमा विवाद भएको कारण पार्टर्ीीार्यालयमा समेत ताल्चा लगाइएको थियो । त्यस्तै अन्य जिल्लाहरुमा नव प्रवेशी नेताहरुलाई टीकट दिने कि नदिने बारेमा पनि विवाद देखिएको तमलोपा पार्टर्ीी एक नेताले बताउनुभयो ।
महेन्द्र यादव अध्यक्ष रहनु भएको तर्राई मधेश सद्भावना पार्टर्ीी अहिले उम्मेदवारको चयनबारे छलफल नै शुरु भएको छैन । जिल्लाहरुबाट उम्मेदवारको नाम आउने     क्रम जारी रहेकाले संसदीय बोर्डको बैठक बस्न नसकेको पार्टर्ीी वरिष्ठ नेता रामनरेश राय यादवले बताउनुभयो । पार्टर्ीीे घोषणापत्रको बारेमा छलफल जारी राखेका छौ, यसको टुगों लाग्ने वित्तिकै उम्मेदवार चयनको विषयमा छलफल गर्ने उहाँले बताउनुभयो ।
पहाडका केही जिल्ला र मधेशका एकसय क्षेत्रमा उम्मेदवारी दिने तयारी रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो-'हाम्रो कुनै पनि क्षेत्रमा कुनै प्रकारको विवाद छैन विवाद भएपनि त्यसलाई हामी मिलाउँछौ । उम्मेदवारीकेा बारेका छलफल नै भएका छैन भने विवाद छ कि छैन कसरी भन्ने उहाँले भन्नुभयो । तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीेपालसँग रामनरेश यादवले राष्ट्रिय सद्भावना पार्टर्ीीकीकरण गरेर तर्राई मधेश सद्भावना पार्टर्ीीनाउनु भएको हो । यी दुवैजना नेता र्सलाही क्षेत्र नं. ४ का नेता हुनुहुन्छ । विगतको सविधानसभा चुनावमा दुवैजना समानुपातिकबाट सभासद् बन्नुभएको थियो ।
सो क्षेत्रबाट एकजना समानुपातिकमा र एकजना प्रत्यक्षबाट चुनाव लड्ने पार्टर्ीीे आन्तरिक तयारी रहेको तर संसदीय बोर्डले के निर्ण्र्ाागर्छन त्यही अनुसार हुने नेता यादवले बताउनुभयो ।
उपेन्द्र यादव अध्यक्ष रहनु भएको मधेशी जनअधिकार फोरम नेपालमा पनि उम्मेदवारको टुगों लगाउन लगातार बैठक बसिरहेका छन् । जिल्लाहरुबाट उम्मेदवारको नाम आउने क्रम जारी रहेकाले यति नै उम्मेदवारको नाम सिफारिश भएको छ भनि भन्न सकिदैन पार्टर्ीी कोषाध्यक्ष रेणु यादवले बताउनुभयो । मधेश आन्दोलनबाट स्थापित पार्टर्ीीएका हुनाले मधेशमा नै आफ्नो पकड बनाएर आएका फोरम नेपालले यसपाली उपत्यका लगायत अन्य पहाडि जिल्लाहरुमा पनि उम्मेदवारी दिने तयारी भइरहेको नेतृ यादवले बताउनुभयो ।
उपत्यका तथा पहाडि जिल्लाहरुबाट पनि थुप्रै उम्मेदवारहरुको नाम सिफारिश भएर आएका छन् त्यसमा हामीले छलफल गर्दैछौ दर्ुइचार दिनमा टुगों लगाउँने छौ, उहाँले जानकारी गराउनुभयो । उहाँले आफ्नो पार्टर्ीीे कुनै पनि क्षेत्रमा विवाद नरहेको दावी गर्दै विचार र क्रान्तिबाट जन्मेका पार्टर्ीी अनुशासित ढंगबाट नाम सिफारिश भएर आएका कारण उम्मेदवार मिलाउन कुनै समस्या हुने छैन ।

No comments:

Post a Comment