Labels

Tuesday, June 18, 2013

यति हो त मधेशी मन्त्रीको सम्पत्ति ?


मधेशी मन्त्रीहरु पछिल्लो समय सम्पत्ति जोडेको कारण निकै बदनाम भएको छ । उनीहरुले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको आरोपहरु लागि रहेका हुन्छन् । सरकारमा पहाडि मन्त्रीहरु पनि हुन्छन् तर उनीहरुको  त्यति सारो चर्चा हुँदैन यस विषयमा । मधेशी मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा कतिपैको सम्पत्तिे भ्रष्टाचार गरेको छ जस्तो देखिदैन । यदि उनीहरु भ्रष्टाचार तथा अनियमितता गरेका छन् भने त्यो कहाँ छ, त्यसलाई कुन र कस्ता स्रोतमा देखाई रहेका छन्, त्यो खोजीको विषय बनेको छ । तर कतिपय मन्त्रीहरुले अप्यारो ढंगबाट श्रीमती, छोरा तथा दाजु भाइको नाममा सम्पत्ति देखाएको छ । जुन शंकाको घेराभित्र पर्न सक्छ । अर्को कुरा मन्त्रीहरुले सुनदेखि जमिनसम्म पैतृक सम्पत्ति भनेको छ ।  
 पटक पटक मन्त्री बनेका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गृह तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको सम्पत्ति तथा आय आर्जन खासै देखिएको छैन । समान्य सविधानसभाका मधेशी सभासद्हरु काठमाडौमा महल ठडाई सकेका छन् तर गच्छदारले काठमाडौमा आफू सुकुम्बासी रहेको भनिरहेका छन् त्यो कतिले पत्याउला ? २ कठा ७ धुरमा सुनसरीमा तथा १७ धुरमा मोरगंमा श्रीमती निर्मला गच्छदारको नाममा घर रहेको छ । त्यस्तै दाजु, बुवा तथा आमाको नाममा सात विघा १४ कठा सात धुर खेती योग्य जमिन रहेको छ । त्यस्तै छोरा सुभाष गच्छदारको नाममा ललितपुर जिल्लामा १३ कठा जग्गा रहेको छ । त्यो जग्गा सुभाषले अमेरिकामा काम गर्दा बचत भएको २० लाखमा सो जमिन खरिद गरेको विजय गच्छदारको दावी छ भने बाँकी जमिन पैतृक सम्मत्ति रहेको दावी गरेको छ । त्यसैगरि उनीसँग ७१ तोला सुन रहेको छ जव कि गतसाल उनीसँग ९१ तोला सुन थियो । उनले २० तोला सुन बेचेको दावी गरेको छ । उनीसँग ३०० तोला चाँदी रहेको छ जुन पैतृक हुनुको साथै दाइजो तथा स्वयं आर्जन गरेको दावी गरेको छ । नगद बैक मोज्दात श्रीमती निर्मलाको नाममा चारवटा बैंकमा र गच्छदारको स्वयं दुईटा बैंक गरी लगभग २० लाख रुपियाँ रहेको दावी गरेको छ । दुईटा बैकमा सेयर रहेको छ त्यो पनि श्रीमती निर्मलाको नाममा । उनीसँग तीनटा गाडि रहेका छन् भने राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर जिप खरिद गरेको छ तर पछि दुईटा गाडि भाडामा लगाएर त्यसको आम्दानीले बैंकको ऋण चुक्ता गरीसकेको छ । गतवर्ष देखाएको तीनवटा ट्रक विक्रि गरेको बताइएको छ ।
उनीसँग राईफल–१, बाह्राबोरको बन्दुक–१ रहेको छ भने एक टीभी, एक भिसिडि, एक भिडियो क्यामरा, दुई अडियो रहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएको छ ।
  सुन मन्त्रीको नामबाट चर्चा कमाएका तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवं भौतक, योजना तथा यातायात मन्त्री ह्रदयश त्रिपाठीसँग १९० तोला सुन थियो तर छोरीको विहेमा ४० तोला सुन विक्रि गरको र साढे सात तोला सुन छोरीको विहेमा दाइजो दिएको छ । उनीसँग हाल बाँकी सुन १ सय साढे ४२  तोला सुन रहेको छ । १९ विघा १७ कठा खेती योग्या जमिन नवलपरासीमा रहेको छ त्यो पनि पैतृक सम्पत्तिको रुपमा बुवा स्व.हरिशंकर त्रिपाठीको नाममा । ललितपुरमा १५ आनामा र नवलपरासीमा ११ कठामा भव्य घर श्रीमती शोभा त्रिपाठीको नाममा रहेको छ । श्रीमती शोभाको नाममा रुपन्देहीमा सात कठा, काठमाडौमा एक रोपनी आठ आना जमिन रहेको छ भने विभिन्न बैंकमा ६ लाख नगद मात्र रहेका स्रोतको दावी छ । श्रीमती शोभा छोरी पल्लवी र दाजु दिनेशको नाममा एकएकवटा गाडी गरी चारवटा गाडी रहेका छन् । त्यसमध्ये मन्त्री त्रिपाठीले एक गाडी र एक स्कूटर बेचेको दावी गरेको छ ।
  अर्का धनी मन्त्रीमध्ये सद्भावना पार्टीका अध्यक्ष स्वास्थ्य मन्त्री राजेन्द्र महतोसँग काठमाडौ, सर्लाही र धनुषामा गरी ९ विघा, १३ कठा २ धुर जमिन रहेको छ । राजेन्द्र महतोको नाममा ४ विघा ४ कठा १४ धुर रहेका छ भने श्रीमती शैलको नाममा काठमाडौमा एकविघा, ६ कठा २ धुर रहेको छ भने धनुषामा १ विघा १३ कठा १८ धुर जमिन रहेको छ ।  त्यस्तै राघवेन्द्र महतोको नाममा काठमाडौमा २ विघा ९ कठा रहेको छ । श्रीमती शैलको नाममा काठमाडौमा ५ कठामा र सर्लाहीमा १ कठा १८ धुरमा घर रहेको छ ।
  उनीसँग सुन १५ तोला र चाँदी ३ किलो रहेको छ भने एभरेष्ट बैंकमा तीन लाख ९५ हजार चारसय दुई, नेपाल बैंक लि. मा दुई लाख ६६ हजार आठ साय ६३ रुपियाँ नगद स्वयं मन्त्री महतोको नाममा रहेको छ भने श्रीमती शैलको नाममा ७७ हजार एकसय ६ रुपियाँ कृषि विकास बैकमा रहेको गरी जम्मा सातलाख ३९ हजार तीनसय ७१ रुपियाँ नगद रहेको छ । मन्त्री महतोसँग एउटा बोलोरो गाडी रहेको छ भने गाईवस्तुमा भैसी–५ र गाई–३ रहेका छन् ।
 सद्भावना पार्टीबाट अलग भएर संघीय सद्भावना पार्टी गठन गरेका तथा पहिलो पटक उद्योग मन्त्री बनेका अनिल झासँग २५ तोला सुन र १५ सय ग्राम चाँदी रहेको छ भने एक लाख ८० हजार नगद रहेको छ । काठमाडौको रानीबारीमा डिम्पलकुमारी झाको नाम ६ अना तथा रौतहट गौरमा १८ धुर तथा स्वं मन्त्री झाको नाममा रौतहटको मत्सरीमा रहेको १ कठा ५ धुर जमिनमा घर रहेको छ । त्यस्तै ४ विघा ८ कठा एकधुर खेती योग्य जमिन रहेका सम्पत्ति विवरणमा उल्लेख गरेको छ । त्यसैगरी श्रीमती डिम्पलको नाममा एक मारुती कार रहेको छ भने गाई सात थान, भैसी ६ थान र बाख्रा २६ थान रहेको जानकारी गराएको छ । तर, मिडियामा गरेको लगानीको बारेमा कहि कतै उल्लेख गरेको छैन ।
  गणतन्त्र स्थापना भएपछि लगातार  मन्त्री बनिरहेका तमलोपा नेपालका अध्यक्ष एवं सिचाई मन्त्री महेन्द्रराय यादवसँग २० विघा जमिन रहेको छ उनी पाँच दाजुभाई रहेका छन् उनीहरुको घर व्यवहार अलग अलग भएपनि खेती किसानी संगोलमा भइरहेको छ । उनीसँग १० तोला सुन, र १०० तोला चाँदी रहेको छ । उनीसँग ४ लाख ८२ हजार नगद रहेको छ जसमध्ये ३७ हजार स्वंय मन्त्री यादवको नाममा रहेका छ भने बाँकी तीनवटा विभिन्न बैंकमा श्रीमती ममता यादवको नाममा रहेको छ । मन्त्री यादवसँग एउटा मोटरसाइकल पनि रहेको छ ।
  मधेश आन्दोलनसँगै राजनीतिमा छिरेका मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष  एवं सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादवसँग २५ विघा जमिन रहेको छ त्यो पनि आमा र बुवाको नाममा । सिरहाको चन्द्रअयोध्यापुरमा आमा नेपुरदेवी यादवको नाममा रहेको ३ विघा पैतृक जमिनमा दुईतले  पक्की घर एक र अन्य चारवटा घर रहेको छ । दाजु बेचन यादवको नाममा कंलकीमा ६ आना र सिरहाको लहानमा १० धुर जमिनमा तीन तल्ले घर रहेको छ ।
   मन्त्री यादवसँग ७५ तोला सुन रहेको छ भने १ केजी चाँदी रहेको छ । नगद १५ लाख रहेको छ जसमध्ये स्वयं मन्त्रीको नाममा एभरेष्ट बैंकमा तीनलाख रुपियाँ रहेको छ भने श्रीमती सरिताको नाममा ग्लोवल बैंकमा सात लाख र राष्ट्रिय वाणिज्य बैंकमा ५ लाख रुपियाँ मौज्दात रहेको छ । साथै मन्त्री यादवसँग एकथान यमहा मोटरवाइक समेत रहेको छ । भ्रष्टाचारको आरोपमा जेपी गुप्ता जेल परेपछि मन्त्रीको यादवको भाग्य खुलेपछिको दिनमा उनले निकै प्रगति गरेको चर्चा सुन्न पाइन्छ ।
    मालेबाट माले समाजवादी पार्टी गठन गरेर वन मन्त्री बनेका यदुवंश झासँग तीन विघा ८ कठा जमिन रहेको छ । त्यसमध्ये दुई विघा ६ कठा ३ धुर मन्त्री यदुवंशको नाममा रहेको छ भने बाँकी श्रीमती सीतादेवी झाको नाममा रहेको छ । मन्त्री झासँग २३ तोला सुन रहेको छ भने चाँदी ६०० ग्राम रहेको छ । उनीसँग तलब र अन्य स्वयं आय आर्जन नगद ३६ लाख ८६ हजार तीनसय रुपियाँ नगद रहेको छ जसमध्ये मन्त्री झा स्वयंसँग किष्ट बैंकमा दुईलाख ६ हजार रुपियाँ रहेको छ भने श्रीमती सीतासँग किष्ट बैंकमा घरायसी आम्दानीबाट १४ लाख ७५ हजार रहेको छ । त्यस्तै छोरा प्रकाश झाको नाममा किष्ट  बैंकमा तलबको रकम १८ लाख रहेको छ । अर्का छोरा प्रभात झाको नामबाट एभरेष्ट बैंकमा तलबको आम्दानी दुईलाख ५३ सय रुपियाँ मौज्दात रहेको छ । मन्त्री झासँग तीनवटा मोटर वाइक र एउटा कार रहेको छ । २०६८ सालमा खरिद गरिएको २३ लाखको गाडी छोरा प्रकाशको नाममा रहेको छ भने २०६७ सालमा ८० हजारमा खरिद गरिएको एउटा बाइक छोरा प्रकाश झाको नाममा रहेको छ २०६९ सालमा एकलाख ६५ हजार ९ सय रुपियाँमा अर्का छोरा प्रभातको नाममा मोटर बाइक रहेको छ ।  त्यसैगरि मन्त्री झा स्वयंको नाममा २०६६ सालमा एकलाख २० हजारमा खरिद गरीएको एउटा बाइक रहेको छ ।  
  

No comments:

Post a Comment