Labels

Thursday, June 20, 2013

रुपबत्ती ममता सद्भावनामा


काठमाडौ असार ६ गते । आफ्ना रुप र यौवनका कारण चर्चामा सधै रहनु भएकी साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक ममता झा राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ । आफूलाई मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य समेत दावी गर्दै सद्भावना प्रवेश गरेकी झालाई पार्टी परिवर्तन गर्नमा माहिर मानिएका छन् । प्रवेश कार्यक्रमदिन पनि आफू फोरम लोकतान्त्रिकबाट राजिनामा दिने कुरा गर्नुभएको छ तर फोरम लोकतान्त्रिका उपाध्यक्ष रामेश्वर राय यादवले यो सरासर गलत कुरा हो ममता झा आफ्नो पार्टीमा कहिले नआएको प्रतिकृया दिनुभयो ।
 फोरम लोकतान्त्रिक पार्टीको तर्फबाट साझाको महाप्रबन्धक बन्नु भएकी झा शुरुमा नेपाल सद्भावना पार्टी नजिक भएर काम गर्नुभएको थियो भने ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नका लागि दौडधुपमा पनि लाग्नु भएको थियो । शुरुमा काँग्रेस निकट रहेर खुमबहादुर खड्कासँग निकै घुलमिल गरेर राजनीति जीवन अगाडि बढाएकी ममता झा आफ्नो जीवनमा जे ठान्नु भएको छ त्यो पुरा हुँदै गएको उहाँ नजिक नातेदारहरुको भनाई छ । उमेर ढल्दै गएपनि आफूलाई मेनटेन गर्दै आइरहनु भएका झाको सप्तरीमा आफ्नै गेष्ट हाउस र नाइट गाडीहरु सञ्चालनमा छन् ।
तत्कालिन कृषि मन्त्री मृगेन्द्र यादवले आफ्नो जिल्लावासीको नाताले उहाँलाई साझाको महाप्रबन्धक बनाएको दावी गर्दै उपाध्यक्ष यादवले उहाँलाई महाप्रबन्धक बनाउनमा आफ्नो पार्टीको कुनै हात नरहेको समते दावी गर्नुभयो ।
    पार्टी प्रवेश गरेपछि महाप्रवन्धक झाले सद्भावना पार्टी मधेशको सबैभन्दा पुरानो र एतिहासिक पार्टी भएकोले आफु पुरानै घर फर्केको प्रतिकृया दिनुभयो । उहाँले सद्भावनासँग मधेशको अधिकार जोडिएको बताउँदै संघीयता र समावेशीका लागि दुई दशकभन्दा बढीदेखि लड्दै आएको सद्भावना अब सफलताको चुचुरोमा पुग्न लागेको बताउनुभयो ।
       

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete