Labels

Friday, June 28, 2013

धान दिवस मनाउँदै


सुरेशकुमार यादव
काठमाडौ असार १४ गते । असार १५, अर्थात नेपाली समाजमा खेतमा रोपार्इं गरी दही चिउरा खाने दिन । यसलार्इ केही वर्ष्ादेखि धान दिवसको रुपमा पनि मनाउँदै आएका छन्‍ । क ृष्ाि मन्त्रालयले '
धान उत्पादनमा व ृद्धि, राष्टि्रय अर्थतन्त्रको सम ृद्धि' नाराका साथ धान दिवस तथा रोपाइँ महोत्सव यसपाली शनिवार अर्थात असार १५ गतेको दिन विशेष्ा रुपले मानाउने भएका छन्‍ ।    यसलार्इ विशेष्ा रुपमा मनाउनका लागि विहिवारदेखि नै विभिन्न कार्यत्रmमहरु आयोजना गरेको छ । विहिवार धान सम्बन्धि अन्तरत्रिmया कार्यत्रmम आयोजना गर्‍यो भने शुत्रmवार संचारकर्मीसँग अन्तरत्रिmया कार्यत्रmम आयोजना गर्‍यो । शनिवार रोपाइँ महोत्सव तथा धान दिवस मनाउका लागि क ृष्ाि मन्त्री तथा सचिवको विशेष्ा सहभागितमा खुमलटार तथा भत्तmपुरमा विशेष्ा कार्यत्रmमहरुको आयोजना गरेको छ ।     राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको क ृष्ाि क्ष्ोत्रमा असारको रोपार्इंले ठूलो अर्थ राख्दछ । क ृष्ाि प्रधान देशमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थन्त्रमा समेत त्यसै अनुसारको प्रभाव पानर्े भएकाले रोपार्इंको ठूलो महत्व रहेको छ । धानको क्ष्ोत्रफल र उत्पादनलार्इ केलाउँदा यो अन्य बालीको तुलनामा भmन्डै दोब्बर छ ।     कुल धानखेतीको करिव २१ प्रतिशत क्ष्ोत्रफलमा मात्र सिंचार्इ सुविधा उपलब्ध भएकाले बाँकी क्ष्ोत्र आकाशे पानीको भर पर्ने स्थिति रहेको छ । क ृष्ाि विभागका महानिदर्ेशक लीलाराम पौडेलका अनुसार नेपालमा वाष्ािक करिब ९० अर्व रुपियाँ बराबरको धान उत्पादन हुने गरेको छ । गत अर्थिक वर्ष्ामा देशभरी १४ लाख २० हजार ५ सय ७० हेक्टरमा धान खेती भएको थियो । त्यसमा ४५ लाख ४ हजार ५ सय ३ टन धान उत्पादन भएको क ृष्ाि विभागले जनाएको छ । विगत १० वर्ष्ाको तथ्यांकलार्इ हेनर्े हो भने धान उत्पादनको व ृद्धि १.८५ प्रतिशतले भएको छ ।      मानो रोपेर मुरी फलाउने यो समयमा क ृष्ाकहरु अन्य काम छाडेर भएपनि धानबाली लगाउन व्यस्त हुन्छन्‍ । किसानहरुले असार महिनाभित्रै रोपार्इं गर्न नपाइएमा धान पाक्ने संभावना कम हुनाले बेलैमा रोपाइँ सकाउने हतारो हुन्छ तर समयमा वष्र्ाा नभएको कारण्ाले असारमा रोपाइँ गर्न सकिदैन कि भने चिन्ता लागेको छ ।     पानी धेरै नपर्न स्थानमा एक प्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्ष्ा धान भर पर्दा यसको उत्पादन भने कम हुने गरेको विज्ञहरु बताउँछ । नेपाल क ृष्ाि अनुसन्धान परिष्ाद्‍ले कम पानी पनर्े ठाउँका लागि धान एक र धान दुर्इ जातका धान सिफारिश गरेको छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्‍टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल किसानहरुले तार्इचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाउन थालेका छन्‍ । नेपालमा समुदि्र सतह भन्दा ७० मीटर उचार्इमा रहेको भmापाको केञ्चनादेखि २ हजार ७ सय ८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलार्इ विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ ।    

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete