Labels

Saturday, January 10, 2015

भारतीय राजदुत रञ्जित रे ओलीको घरमा


काठमाडौ पुस २४ – भारतीय राजदुत रञ्जित रेसँगको भेटमा एमालेका अध्यक्ष केपी शर्माले ओलीले मधेशवादी दलसँग भएको कुरालाई बंग्याएर भनिरहेको र आफूले सो कुरा नभएको स्पष्ट पारेका छन् । बालुवाटारमा भएको कुरालाई मधेशवादी दलका नेताहरुले अतिरञ्जित ढंगले उडाइरहेकोमा आफूलाई आश्चर्य लागेको र यसबाट आफू विचलित नहुने पनि धारणा उनले राजदूत रे समक्ष राखेको बताए ।

उनले सविधान निर्माणका लागि सहमतिका लागि छलफल जारी रहेको बेला आन्दोलन घोषणा गर्नु, मोर्चा बनाउनु राम्रो संकेत नभएको पनि अवगत गराएका थिए । उनले आफूले सविधान निर्माणमा सहमतिका लागि गरिरहेको प्रयासहरुको बारेमा जानकारी गराउँदै सविधान निर्माणको प्रगति बारे पनि जानकारी गराएका थिए ।
उनले मधेशवादी दलको रवैयाले गर्दा आफू पनि अपमानित गरेको भन्दै माफी माग्ने कुरा कहाँबाट आयो भन्दै आश्चर्य व्यक्त गरेका थिए । उनले माघ ८ गते जसरी पनि सविधान ल्याउने पनि कुरा दोहोर्याए । माघ ८ मै सविधान ल्याउनका लागि हर संम्भव प्रयास गर्ने अन्त्यमा नभए प्रकृयामा गएर पनि सविधान निर्माण गर्ने कुरा राजदूत समक्ष राखेको ओलीको सचिवलय स्रोतले जनाएको छ ।
राजदूत रेले अहिलेको अवस्थामा दलहरुको बीचमा विवाद भन्दा पनि सहमति गरेर, सबैलाई मिलाएर सविधान निर्माण गर्न सुझाव दिएका थिए । हिजो बालुवाटारमा भएको घटनाको बारेमा जानकारी लिँदै उनले यसरी विवाद गर्दा सहमतिको वतावराण विग्रिने र सविधान निर्माणमा पनि असर पर्ने भएकाले सबैलाई सहमतिमा लिएर सविधान निर्माण सुझाव दिएका हुन् ।
मधेशवादी दल र अध्यक्ष ओलीबीच हिजो भनाभन भएपछि प्रधानमन्त्री सुशिल कोइरालाले भारतीय राजदूत रेलाई आफ्नै निवासमा बोलाएर छलफलका लागि वतावरण बनाई दिन भूमिका खेल्न आग्रह गरेका थिए । उनले सोही आग्रहको आधारमा आज ओलीलाई भेटेका हुन् भने भोली मधेशवादी दलका नेतालाई पनि भेटेर छलफल गर्ने दुतावास स्रोत जनाएको छ ।
ratopati

No comments:

Post a Comment