Labels

Monday, January 19, 2015

जनताले सडकबाट आफ्नो अधिकार लिन्छ


आज मधेश आन्दोलनका आठ वर्ष पूरा भएको छ । दुई पटक भएको आन्दोलनबाट मधेशका ५२ जनाले सहादत प्राप्त गरेका थिए करौडोको धनजनको क्षति भएको थियो । २०६४ फागुन १६ गते ८ बुँदे सम्झौतामा गएर आन्दोलन  अन्त्य भएको थियो । तर आन्दोलन ताका उठेका मुद्दाहरु, भएका सहमतिहरु कार्यान्वयन भएको छैन । यहाँसम्म कि आन्दोलनमा सहादत प्राप्त गरेकाहरु सबैलाई सहिद घोषणा गरेको छैन । विभेद कायमै छ । मधेशी नेताप्रति मधेशी जनताको असन्तुष्टि बढ्दै । तथापि मधेश अर्को आन्दोलनको मुडमा पुगेको छ र जनता त्यसका लागि सल्बालाई रहेका छन् । र त्यसको नेतृत्व गर्न मधेशमा तछाड मछाड भइरहेको छ । मधेश बलिदानी दिवस मनाउन सिरहाका लहान पुगेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग यी र यस्तै विषयमा गरेको कुराकानीको मुख्य अंशः


मधेश आन्दोलन भएको ८ वर्ष भयो तर पुनः आन्दोलन गर्ने सुरसार भइरहेको छ किन त्यसको आवश्यकता पर्यो ?
–जबसम्म मधेशीमाथि रहेको असमानता र विभेद अन्त्य हुँदैन, राज्यमा समान अधिकार पाउँदैन, राज्यको हरेक निकायमा मधेशीको पहुँच हुँदैन, नीति निर्माणमा मधेशको उपस्थिति हुँदैन, उपनिवेशवादको अन्त्य हुँदैन तबसम्म मधेशमा संघर्ष जारी रहन्छ । आफ्नो अधिकारका लागि एक पटक होइन पटक पटक आन्दोलन गर्नुपर्छ । मधेश आन्दोलन सबै प्रकारको विभेदको अन्तयका लागि भएको थियो । त्यसमध्ये कति भयो पनि तर कतिपयमा राज्यले जालझेल गरिरहेका छन् । त्यही जालझेलका कारण मधेशी जनता एकपटक पुनः आन्दोलनका लागि तयार भएका छन् ।

पहिलो आन्दोलन ‘फ्लप’ भएको हो त ?–होइन, कदापी होइन । त्यसबाट पनि धेरै उपलब्धहरु भएका छन् । सबभन्दा महत्वपूर्ण कुरा गणतन्त्रको संस्थागत गर्ने काम त्यही आन्दोलनबाट भएको हो । संघीयतालाई त्यही आन्दोलनबाट स्वीकार गरेको हो । समावेशीको कुरा पनि त्यही आन्दोलनबाट आएको हो । सरकारी निकायमा जुन आरक्षणको कुराहरु छन् ती मधेश आन्दोलनको देन हो । शासन प्रशासनमा थोर बहुत मधेशी, आदीवासी जनजातिलाई देख्नु हुन्छ ती सबै मधेश आन्दोलनको देन हो । सिहदरवार हेर्नबाट बञ्चित राखेका मधेशीहरुका लागि अहिले खुल्ला भएको छ । राजधानीमा मधेशीहरु निर्धक्क भएर हिँड्न र बोल्न पाएका छन् यी सबै मधेश आन्दोलनका नै देन हुन् तर यतिले पुग्दैनन् । अहिले पनि मधेशी, आदिवासी जनजाति, मुस्लिमहरुमाथि विभेद कायम छ । राज्यको नीति निर्माणको ठाउँबाट मधेशीलाई टाढा राखिएको छ । अन्तरिक औपनिवेश कायमै छ । समानुपातिक समावेशी सिद्धान्तमा देश सञ्चालन भएको छैन र त्यसका लागि आन्दोलन आवश्यक छ ।
मधेश आन्दोलनको संस्थागत अर्थात व्यवस्थापन गर्न नसकिएकै हो त ?
–मैले अघि पनि भने नि, मधेशका लागि धेरै काम गर्न बाँकी छ । पहिलो मधेश आन्दोलनले अधिकार लिने ढोका खोलि दिएको छ । मधेश आन्दोलनबाट भएको उपलब्धि मधेशका लागि प्रर्याप्त होइन । यसका लागि अझ संघर्षको आवश्यकता छ । मधेश आन्दोलनपछि मधेशका एकआध जना मन्त्री बन्दैमा, एक आधाजना नोकरी पाउँदैमा त्यसलाई उपलब्धि मान्न सकिदैन । त्यसलाई व्यवस्थापन भएको वा संस्थागत भएको मान्न सकिदैन । धेरै कुराहरु प्राप्त गर्न बाँकी छ । र, यस्ता धेरै कुराहरु छन् जो सविधान निर्माण भएपछि मात्र प्राप्त हुन्छ । जस्तो, संघीयता, धर्मनिरपेक्षता, स्वायत्तता, आत्मनिर्णयणको अधिकारलागतका कुरा त्यहीबाट मात्र प्राप्त गर्न सकिन्छ । त्यसैले सविधान निर्माण पहिलो प्राथमिकतामा राख्नुपर्छ । फेरि जस्तो पायो त्यस्तो सविधान होइन । अधिकारसहितका पहिचानसहित, समावेशीतासहित, संघीयतासहितको सविधान निर्माण हुनुपर्छ । अनि मात्र मधेश आन्दोलन संस्थागत हुन्छ र व्यवस्थापन हुन्छ ।



मधेशी जनता तथा नागरिक समाजले मधेशवादी दलका कारणले मधेश आन्दोलन संस्थागत हुन नसकेको आरोप लगाएका छन् नि ?
–आरोप लगाउन सजिलो छ तर काम गर्न गाह्रो छ । कहाँ छन् नागरिक समाज उनीहरु नै आएर गर्दा हुन्छ नि । भन्न जति सजिलो छ गर्न त्यति नै गाह्रो छ । एउटा कार्यक्रम गरेर गाली गर्दैमा केही लेखेर आरोप लगाउँदैमा हुँदैन यथार्थ बुझ्नुपर्छ । मधेशको मानसिकता नै यस्तो छ कि अरुले गर्दियोस् र त्यसमा आफू रजाई गरुँ । गर्न पनि नसक्ने गर्नेलाई सहयोग पनि नगर्ने त्यस्ता खाले छन् मधेशका नागरिक समाजहरु । यदि गर्न सकिएन भने त्यसलाई विगार्नु हुँदैन । आलोचना पनि एउटा सकारात्मक हुन्छ र नाकारात्मक हुन्छ । तर जहिले नाकारात्मक आलोचना गरियो भने सफल हुन सकिदैन । त्यसैले संघर्षको यात्रा लामो छ । बीचैमा आतिनु हुँदैन । संघर्षका लागि तयार हुनुपर्छ । राणाकालदेखि नै गणतन्त्रको कुरा उठेको हो । त्यसपछि पनि पटक पटक गणतन्त्र र संघीयताको कुरा उठेको हो तर किन हुन सकेन । खुलेर किन आउन सकेन रु हो, सबै कुराको एउटा समय हुन्छ, परिस्थिति हुन्छ, घटनाक्रम हुन्छ, माहौल हुन्छ । हुन सकेन भनि आत्तियो भने केही प्राप्त हुँदैन । संघर्षलाई जारी राख्नुपर्छ । मिसनलाई कायम राख्नुपर्छ अनि एक दिन न एक दिन उद्देश्य पुरा हुन्छ नै ।


तपाईको विचारमा मधेशका नागरिक समाजहरु मधेशको मुद्दाप्रति गम्भिर छैन ?
–उनीहरुको मधेशको मुद्दा, मधेशको विचार, मधेशको लाइन, मधेशको आन्दोलनप्रति जति गम्भिर हुनुपर्ने त्यति गम्भिर छैन जस्तो लाग्यो मलाई । सबै एनजियोमुखि भएका छन् । आइएनजीयोबाट पैसा ल्याउने अनि मधेशी नेतालाई गाली गर्ने । त्यो काम होइन मधेशी नागरिक समाजहरुको । मधेशलाई सही दिशा दिने, मधेशको विचारलाई उठाउने, अधिकार प्राप्तिका लागि दवाव दिने भूमिकामा रहनुपर्छ नकि कुनै दल विशेष, कुुनै जाति विशेष, कुनै समुदाय विशेषको पृष्ठपोषण गरेर बस्नु हुँदैन ।

पहिलो मधेश आन्दोलन किन भयो र अब आन्दोलन गर्ने आवश्यक किन पर्यो ?
–न्याय, समानता, अधिकार र पहुँचका लागि आन्दोलन भएको थियो जुन प्राप्त हुन सकेन संस्थागत हुन सकेन अबको आन्दोलन त्यसैलाई संस्थागत गर्नका लागि हुन गइरहेको छ ।

भन्छन्, अबको आन्दोलन वारपारको हुन्छ, के हो वारपार छुट्टै मधेशका लागि त हुँदैन ?
–अब हुने आन्दोलन सम्झौता हिन आन्दोलन हुनेछ । जनताले सडकबाट आफ्नो अधिकार लिन्छ । सम्झौतामा अल्झिन जाँदैन । राज्यको ललिपपमा फँस्दैन यहीको वारपारको आन्दोलन । आत्मनिर्णयको अधिकार, स्वायत्त मधेश प्रदेश सडकबाट नै लिन्छन् । र, म यो प्रष्ट पार्न चाहन्छु कि मधेशी जनता कहिले पनि नेपालबाट अलग बस्न चाहेका छैनन् । मधेशी जनता नै एकताको प्रतिक हो भने कुरा शासकहरु बुझेका छैनन् । मधेशी जनताको जति राष्ट्रियता खस पहाडिया शासकमा छैन । त्यसैले कुनै पनि हालतमा नेपालबाट मधेश अलग हुन सक्दैन बरु एकता, सहकार्य र अधिकार दिलाएर राष्ट्रियताको परिचय दिनेछ । सबै प्रकारको अधिकार प्राप्त भयो भने किन अलग हुनुपर्यो । र मलाई विश्वास छ, अधिकार खोसेर लिन सकिन्छ ।

तपाई अहिले आएर अधिकारको कुरा गर्नुहुन्छ मधेश आन्दोलनमा सहादत दिएकाहरुलाई सहिदसम्म घोषणा गराउन सक्नु भएन, घाइतेलाई उपचार गराउन सक्नु भएन क्षतिपूर्ति दिलाउन सक्नु भएन अनि पुनः आन्दोलनका लागि मधेशी जनता तपाईलाई किन साथ दिन्छ ?
–राज्यसँग हाम्रो लडाई त्यही विषयमा हो । राज्यले हामीलाई न्याय गरेनन् । मधेशी जनताको पीडालाई बुझेन । अधिकार दिन मानेनन् । सहमतिमा हस्ताक्षर गरेर त्यसलाई अहिले आएर मान्न तयार छैनन् । मधेशमा सहिद भएकाहरुलाई क्षतिपूर्ति दिन बाँकी छ त्यो दिएको छैन । सहिद घोषणा गर्न केही बाँकी छन् हामीले पटक पटक अवाज उठयौ तर आजभोली आजभोली भन्दै टार्दै गएको छ । अर्थात समग्रमा अघि नै मैले भनेका थिए नि कि राज्यले मधेशसँग राम्रो व्यवहार गरेको छैन । त्यसैको लडाई लड्ने अन्तिम तयारी भइरहेको छ । अब भन्नुहुन्छ, मधेश आन्दोलनपछि त्यत्रा पावरफुल मन्त्रीहरु बने तर काम गर्न किन सकेन रु हो, मन्त्री बने तर नीति निर्माणको तहसम्म पुग्न दिएनन् । निर्णायक ठाउँसम्म पुग्न दिएनन् । काम गर्ने ब्यूरोक्राइटस् हो तर उनीहरुलाई काम गर्न र गराउन निर्देशन दिँदा आलटाल गरेर काम गर्दैन्थयो त्यसैले सोचेका र गर्नुपर्ने कामहरु गर्न नसकेको हो त्यसकै लागि संघर्ष जारी छ । राज्यको हरेक निकायमा मधेशको पहुँच हुनुपर्ने, नीति निर्माणसम्म मधेशीको पहुँच हुनुपर्ने, हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्त लागु हुनुपर्ने हाम्रो माग रहेको छ ।


मधेश आन्दोलनबाट उठेका मुख्य मुद्दा आत्मनिर्णयको अधिकार र स्वायत्त मधेश प्रदेश पनि मधेशवादी दलले छाडेको कुरा आएका छन् नि के भन्नुहुन्छ ?
कसले के के छाडे त्यो कुरा मलाई थाह छैन तर मधेशी जनअधिकार फोरम नेपाल आत्मनिर्णयको अधिकार र स्वायत्त मधेश प्रदेशलाई कहिले छाडेन र छाड्ने पनि छैन । त्यसका लागि संघर्षरत छन् ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले पेस गरेका साझा प्रस्तावमा आत्मनिर्णयको अधिकार र स्वायत्त मधेश प्रदेश छाडेका छन् नि ?
–३० दलीय मोर्चामा ३० वटा मुद्दा छन् ३० वटा विचार छन् । ती प्रस्ताव छलफलका लागि पेस गरिएको हो । त्यो नै अन्तिम होइन । तैपनि मैले त्यहाँ फरक मत राखेको छु । मधेशी जनअधिकार फोरम नेपाल आत्मनिर्णयको अधिकार र स्वायत्त मधेश प्रदेश कुनै पनि हालतमा छोडदैन ।


तपाईहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गर्नुभएको छ तर मधेशमा बलिदानी दिवस मनाउन एक्लै लहान पुग्नु भएको छ संयुक्त रुपमा गर्दा हुन्थ्यो नि ?
–मधेशी जनअधिकार फोरम नेपाल प्रत्येक साल बलिदानी दिवस मनाउँदै आएको छ र यसपाली पनि मनाउन लागेको हो । मधेशी मोर्चा पनि संयुक्त रुपमै मनाउँदा हुन्थ्यो तर गरेनन् । त्यो उनीहरुको कुरा हो । हाम्रो कर्तव्य बन्छ बलिदानी दिवस मनाउन त्यसैले हामी कुनै पनि हालतमा प्रत्येक साल मनाउँछौ किनभने मधेश आन्दोलन हामीले गरेका थियौं त्यसले दिवस मनाउन हाम्रो कर्तव्य बन्छ । अरु मोर्चामा रहेका दलहरु पहिलो
मधेश आन्दोलनमा सहभागि नभएका कारण त्यति चासो नदिएका होला ।

चासो नदिनुको कारण के हुनसक्छ ?
–चासो भन्नाले फोरम नेपालले यो दिनलाई जति गम्भिर रुपमा लिएको छ त्यति उनीहरुले लिएको छैन । तर कुनै नकुनै रुपमा उनीहरुले पनि मनाउँदै आएका छन् । अहिले केन्द्रीय राजनीतिमा वार्ता र छलफल जारी रहेका कारणले होला समय दिन नसकेको । तर, यहाँ लहानमा हुने कार्यक्रममा मधेशी मोर्चाका कार्यकर्ता सहभागि हुनेछ । हामीले सबैलाई बोलाएका छौ ।
ratpati

No comments:

Post a Comment