Labels

Thursday, January 22, 2015

घुस लिँदा लिँदै कसरी पक्राउ परे डिएसपी हेर्नुस् भिडियो

काठमाडौं, माघ ८ गचे । महानगरीय प्रहरी बृत नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएस्पी)  रमेश तामाङलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपियाँ घुस लिदै गर्दा विहीवार एभरेष्ट होटलबाट रंगेहात पक्राउ गरेको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्देशनमा केही महिनाअघि जिल्ला प्रहरी कार्यालय सिराहाबाट सिधै नयाँबानेश्वर बृतमा सरुवा भएका प्रहरी नायव उपरीक्षक तामाङले जग्गा सम्वन्धि विवादमा सेवाग्राहीबाट ५० हजार घुस लिएको जानकारी अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।

मीनभवनस्थित रामकृष्ण हुमागाईको जग्गामा अर्कै ब्यक्तिले विवाद ल्याएपछि त्यसका विरुद्ध प्रहरी बृत नयाँबानेश्वरमा सार्वजनिक मुद्धा दर्ता गर्न खोज्दा प्रहरी नायव उपरीक्षक तामाङले अस्वीकार गरेका थिए । आयोगका अनुसन्धान अधिकृतका अनुसार, तर ५० हजार घुस दिने भनेपछि आजै विहान मुद्धा दर्ता गरी उहाँ घुस लिन प्रहरीको युनिफर्ममा एभरेष्ट होटल पुग्नु भएको हो ।
संविधानसभा भवनको शान्तिसुरक्षामा खटेका तामाङलाई जग्गाधनी हुमागाईले सुरक्षित हुन्छ भन्दै घुस लिन पाँच तारे होटलमा बोलाउनु भएको थियो । पैसा पनि लानु होस, कफि पनि खाएर जानुहोस भनेपछि फुरुङ्ग पर्दै डिउटी छोडी होटलमा छिरेका तामाङलाई घुस लिएर हिड्न लाग्दा अख्तीयारको टोलीले होटलको गेटबाट पक्राउ गरेको थियो ।
डिएस्पी तामाङ अचानक पक्राउ पर्दा उहाँको सुरक्षामा खटेका सुरक्षागार्ड र अन्य सहयोगी प्रहरी कर्मचारीहरु आश्चार्य र अन्यौलमा परेका थिए । उहाँलाई होटलबाट पक्राउ गरी सिधै नक्सालस्थित अख्तीयारको हिरासतमा पु¥याएको थियो । जग्गा धनी हुमागाईले मुद्धा दर्ता गरिदिन पटक पटक आग्रह गर्दा पनि तामाङले नमानेपछि घुस दिन बाध्य भएको वयान अख्तीयारलाई दिएका हुन ।
घरजग्गा ब्यापारी हँुमागाईको योजना अनुसार नै डिएस्पी तामाङलाई होटल एभरेष्टमा वोलाई अख्तीयारको टोली मार्फत रंगेहात पक्राउ गरी कारवाही गरिएको हो । आयोगले यसअघि महानगरीय प्रहरी बृत थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक तेजेन्द्र पौडेललाई कवाडी सामान विक्री गर्ने ब्यापारीसंग ५० हजार रुपियाँ घुस लिदै गर्दा रंगेहात पक्राउ गरी कारवाही गरेको थियो ।
गोरखापत्र दैनिक

No comments:

Post a Comment