Labels

Sunday, January 11, 2015

कञ्चनपुर र कैलाली थरुहटमा नराखे विद्रोह हुने चेतावनी


 ज्ञवालीले भने–‘राजेन्द्रजीले भनेका सबै कुरा मान्ने भए त हाम्रो पार्टी नै रहँदैन्थ्यो
काठमाडौं, २७ पुस । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले सबै नेपाली जनताले महशुस गर्ने खालको संविधान आफूहरुले चाहेको भन्दै दुई तिहाईको दम्भ देखाएर जारी गरेको संविधानको कुनै अर्थमा लागु नहुने बताए ।
उनले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले आफ्नो घोषणापत्रलाई नै संविधानमा  रुपमान्तरण गर्न खोजेको आरोप लगाउँदै त्यसो गरिए मुलुकले अर्को द्धन्द्ध व्यहोनुपर्ने चेतावनी दिए । संघीयताको सवालमा कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमै राख्नुपर्ने भन्दै अखण्ड सुदुरपश्चिममा जबरजस्ती राखिए त्यसको विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने–‘कैलाली कञ्चनपुरलाई अखण्ड सुदुरपश्चिमा राखिए त्यो हाम्रो लागि अमान्य हुन्छ, हामीले भोलिदेखि नै आन्दोलनका कार्यक्रमहरु सुरु हुँदैछ । कैलाली र कञ्चनपुरको बारेमा अछाम र डढेल्धुराका नेताले बोल्नुको कुनै अर्थ छैन ।
जबरजस्ती गरेर दुईतिहाईको दम्भले संविधानजारी गरिए आफूहरु अधिकार र पहिचानको रक्षागर्न लडाई लड्ने समेत चेतावनी उनले दिए । त्यसैगरि उनले झापा र मोरङ्गपनिमधेश प्रदेशमै हुनुपर्ने अडान दोहोर्याए ।

संघीय सद्भावनाका अध्यक्ष अनिल झाले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले संख्याको दम्भ देखाएर संविधानजारी गरे त्यो टिकाउ नहुने दाबी गरे । अध्यक्ष झाले अहिलेको संविधानसभा मध्यमार्गीहरुको सभा भएको भन्दै संविधासभाभित्र रहेका प्रमुख राजनीतिक दलहरु मोडरेट हुनुपर्ने धारणा राखे ।

मुलुकमा भएका विगतमा ठूला–ठूला परिवर्तनहरु ब्यालेटका आधारमा नभएको उल्लेख गर्दै ठूला दलका जिम्मेवार नेताहरुले संख्याको बलमा संविधानजारी गर्छौ भन्न नहुने तर्क गरे । उनले माघ ८ गते ज्योतिषले हेराएको साईत नभएको भन्दै माघ ८ मा संविधान नआए बैशाख ९ मा ल्याएपनि केही फरक नपर्ने धारणा राखे ।
कार्यक्रममा फोरम लोकतान्त्रिककै अर्का सभासद जनकराज चौधरीले पनि आफूहरु सदियौदेखि जातीय, क्षेत्रिय र वर्गीय उत्पीडनमा परेको भन्दै कैलाली र कञ्चनपुर थरुहट प्रदेशमा राख्ने बताए ।
त्यसैगरि नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले चमात्कारिक ढंगले माघ ८ मै संविधान जारी गर्ने विश्वास व्यक्त गरिन् । माघ सबै राजनीतिक दलहरुले माघ ८ मै संविधानदिने भनेर जनतासँग प्रतिबद्धता गरेको उल्लेख गर्दै जसरी भएपनि निर्धारित मिति मै संविधानजारी गर्न आफ्नो पार्टी तयार रहेको बताइन् ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सम्भव भएसम्म सहमतिको प्रयास जारी राख्ने नभए प्रक्रियामा जाने धारणा राखे । नेता ज्ञवालीले अहिलेको अवस्थामा संविधानका विवादित विषयमा शतप्रतिशत सहमति कायम गर्ने अवस्था नभएको भन्दै सकेसम्म अधिकतम सहमतिको प्रयास गर्ने नभए बहुमतीय प्रणाली अनुसार संविधान जारी गर्ने बताए ।
फरक प्रसंगमा नेता ज्ञवालीले अध्यक्ष केपीशर्मा ओली र सद्भावना अध्यक्ष राजेन्द्र महतोवीचको वाकयुद्धलाई लिएर अलोकतान्त्रिक कुरा महतोले गरेको दाबी गर्दै आफ्नो अध्यक्षले कुनै पनि हालतमा माफी नमाग्ने बताए ।

उनले भने–‘राजेन्द्रजीले भनेका सबै कुरा मान्ने भए त हाम्रो पार्टी नै रहँदैन्थ्यो नि त, त्यसैले यस्ता हावादारी कुरा गर्नुको कुनै तुक छैन ।’ सम्म भू–भागमा किन उहाँहरुको त्यस्तो मोह भएको भन्दै नेता ज्ञवालीले प्रश्न समेत गरे ।



No comments:

Post a Comment