Labels

Thursday, January 22, 2015

एका विहानै प्रधानमन्त्रीले यसरी भेटे राजदूतहरुलाई


काठमाडौ ,माघ ८ – सहमतिको आधारमा सविधानसभाबाट सविधान जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका विपक्षी दललाई अन्तराष्ट्रिय समुदायले समर्थन जनाएपछि अहिले सत्ताधारी दलहरु त्यसलाई मिलाउनका लागि अन्तराष्ट्रिय शक्तिलाई भेट्नमा व्यस्त छन् । सहमतिका आधारमा सविधान जारी हुनुपर्छ भन्दै भारतीय सरकारका विदेश मन्त्रालय तथा संयुक्त राष्ट्र संघलगायत अन्य देशहरुले विज्ञप्ति जारी गरी सहमतिमा सविधान जारी गर्न आग्रह गरिसकेपछि सत्ताधारी दलहरु आत्तिएका छन् ।
प्रकृ्याबट जसरी पनि सविधान जारी गर्ने भनि हठ लिएर सविधानसभा बैठक शुरु गरेका सत्ताधारी दलहरुले आज दिनभरि विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगलाई भेटेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले विहानै आफ्नै निवासमा नेपालका लागि भारतीय राजदूत रञ्जित राय र नेपालका लागि चिनियाँ राजदूतलाई छुट्टा छुट्टै भेटेर सविधान निर्माणमा सहयोगीको भूमिका निभाई दिन आग्रह गरेको छ । उनले अन्तराष्ट्रिय जगतले पनि सविधान निर्माणको दोषी सत्ता पक्षलाई नै दखेको प्रति चित्त दुखाउँदै भनेका थिए, सविधान बनेन भने त्यसको दोषी सरकारको नेतृत्व गर्ने दलले नैतिक जिम्मेवारी लिनुपर्ने हो तर यो अवस्था सृजना हुनुमा विपक्षी दल पनि कम दोषी नरहेको भन्दै उनी ९विपक्षी दल० हरुलाई पनि सम्झाउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री कोइरालाले भारतीय राजदूत रे लाई भेटेपछि मात्र चिनियाँ राजदूतलाई भेटेको बताइन्छ । भेटमा राजदूतहरुले सबैलाई चित्त बुझाएर सविधान जारी गर्न सुझाव दिएका थिए । कुनै पनि विवादको अन्तिम विकल्प सहमति नै भएकाले सहमतिको आधारमा आगाडी बढ्न सुझाव दिएको बताइन्छ । त्यसैगरि आजै सत्ताधारी दलका दुई मन्त्रीले र्याडिशन होटलमा विभिन्न देशका राजदूत तथा यूरोपियन युनियनका प्रतिनिधहरुलाई भेटी सविधानसभाको बारमो अवगत गराएका थिए । परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र अर्थ मन्त्री डा।रामशरण महतले सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै उनीहरुलाई बोलाएका थिए । छलफलमा मन्त्री महतले सत्ताधारी दल पनि सहमतिको विरोधी नरहेको स्पष्ट पारेका थिए । विपक्ष्ीा दलहरुबाट सत्ताधारी दल सहमतिको बाधक रहेको भ्रण फैलाई रहेको त्यो सत्य नभएको भन्दै उनले आफूहरु पनि सहमतिमै सविधान जारी होस् भनि चाहेको बताएका थिए । एकातिर सहमतिको कुरा गर्ने अर्कोतिर सविधानसभा र सडकमा आन्दोलन गर्ने त्यसकारण सहमतिको वतावरण विग्रेको उनले ‘ब्रिफ’ गरेका थिए । डा।महतले हालसम्म भएका सविधान निर्माणको प्रगति र विपक्षी दलको आन्दोलनको बारे जानकारी गराएका थिए । त्यसैक्रममा युरोपियन युनियनका प्रतिनिधिले स्वतन्त्र मधेशको आन्दोलनमा लागेका सिके राउतलाई पक्रने र छाड्ने कार्य किन गरेको भनि जिज्ञासा राखेका थिए त्यसमा मन्त्री पाण्डेले गिरफ्तार गर्ने र छाड्ने काम आफ्नो सरोकारको विषय नभएको प्रतिकृया दिएका थिए । यो काम गृहमन्त्रालयमार्फत भइरहेको र त्यसको जानकारी सोही मन्त्रालयले दिने समेत उनले भनेका थिए । तर, मन्त्री पाण्डेले सरकारलाई जानकारी नदिइकन चितवनमा गएर सिके राउतलाई भेटेको कुराप्रति आपत्ति जनाएका थिए ।
ratopati

No comments:

Post a Comment