Labels

Wednesday, January 14, 2015

माधव नेपाललाई यसरी घेरा हाले यी दुई बुढा बाले



काठमाडौ पुस ३० गते । मधेश अहिले पनि जागेका छन् । युवा मात्र होइन, बुढापाका पनि जागेका छन् । मधेशको अधिकार लिन, मधेशलाई मुक्ति दिलाउन छटपटाई रहेका छन् । मात्र उनीहरु छ मौकाको तलासमा । मर्न र मार्न अझै तयार छन् भने कुरा २८ गतेको मधेश बन्दले देखाई दिएको छ । यो राज्यसत्ताप्रति मधेशको कति आक्रोश छ भने कुरा आज म आफ्नै आँखाले हेरे र यही कानले सुने पनि । मलाई विश्वास थिएन कि यी र यस्ता हजुरवुवाहरु पनि यति आत्रोशित हुन्छ भनेर ।

आज विहान ढिलो गरि उठे त्यसकारणले दैनिकी पनि त्यसैगरि ढिलो भयो । कोठामा बच्चालाई खेलाउँदै कम्प्यूटरमा काम गर्दै थिए । उता किचेनमा म्याडम (ललिता) खाना पकाउँदै थिइन् । खानाकै कारण विहान ८ बजेको एउटा कार्यक्रम छाडेका थिए । त्यही कारणले १०.३० बजेको एउटा भेटघाट पनि ढिलो भइरहेको थियो । काम गर्दै थिए र मेरो ध्यान थियो खानातिर कतिखेर पाक्छ र बोलाहट आउँछ अनि खाएर भाग्छु तर त्यसो भएन ढिलै हुँदै थियो । त्यति नै बेला अफिसबाट १० बजेर ५७ मिनेटमा फोन आयो कि एमालेका नेता माधव कुमार नेपाल बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा बोल्दैछन् रे । कार्यक्रम १०.३० बजेको थियो ढिलो भइसक्यो छिटो जानुस् भन्यो ।
म पनि सोचे अहिलेको राजनीतिक तरल अवस्थामा फ्याटै नेताहरु केही बोलदिनुभयो भने समाचार छुट्छ भनि सोच्दै छोराहरुको पनि ख्याल नगरीकन लुगा लगाएर हिडि हाले तर कार्यक्रम के हो, आयोजक को हो भनि कुरा थाह थिएन । न उतैबाट केही जानकारी आयो । मलाई लाग्यो माधव नेपाल स्वयंले कार्यक्रम गरेको हो कि म हतार हतार इन्द्रेणी फुडल्याण्ड पुगे । पुग्दा ११.१५ बजिसकेको थियो । भ्रयाङग चढ्दै थिए कि हिन्दीमा कसैले बोलिरहेको सुने म लिफ्टको बाटो पनि नपर्खि पाँच तालामाथि हस्यागं फस्यागं गरि चढे । गेटमा विणा सिन्हाको श्रीमान स्वागत गर्न उभिरहेका थिए । उनीसँग हात मिलाएर हतपत भित्र छिरे । ब्यानर हेर्छु त विणा सिन्हा सम्पादक रहेको द पब्लिकले गरेको कार्यक्रम थियो । सिन्हाजीले प्रायः यस्ता कार्यक्रमहरु गरि रहन्छिन् । प्रत्येक अंक उनको विमोचन हुन्छ । के के पुस्तकहरु पनि निकालि रहन्छिन् ।
म निराश भए । खाना नखाइकन हतार हतारमा आए अब केही नहुने भयो । यस्तो साहित्यिक कार्यक्रममा माधवजीले के बोल्ला र भने लाग्यो । त्यसबेलासम्म मेरो मनमा विभिन्न कुराहरु खेलिरह्यो मञ्चमा रहेका अतिथिको बारेमा । विणा सिन्हा मधेशी जनअधिकार फोरम नेपालका नेतृ रहेपनि उनी किन माधव नेपाललाई प्रमुख अतिथि किन बनाए होला त्यस मञ्चमा हिजै मात्र सभासद् भएका लालबाबु यादव पनि थिए त्यसले पनि मलाई अच्चमित पार्यो । त्यहाँ दुईजना साहित्यकार राम दयाल राकेश र रामभरोस कापडी भएको कारणले अलि अलि मधेशको इज्जत जोगिएको जस्तो लाग्यो तर अरु कुनै हिसाबले हिन्दी भाषामा निस्किने द पब्लिकको कार्यक्रम हो जस्तो मलाई लागेको थिएन । पछि लाग्यो पत्रकार पत्रिकाको आफ्नो स्वतन्त्रता पनि हुन्छ नि भनेर सोच्न छाडे ।

मलाई बस्दा अल्छि लागिरहेको थियो । कमसे काम आएको छु भने माधव नेपालको भाषण सुनेर जाउँ तर यतिका वक्ताहरु छन् । त्यसले ढिलो हुन्छ जस्तो लाग्यो । मैले एउटा जुक्ति निकाले विणा सिन्हाको श्रीमानलाई बोलाएर भने, सर माधवजीलाई बोल्न दिनु नत्र ढिलो भयो भने पत्रकारहरु भाग्छन् ।’ उनले हुन्छ भनि त्यहाँ उद्घोषकको कानमा भनि हाले । नभन्दै एकजना वक्तापछि माधव नेपाललाई बोल्न लगाए । माधव नेपाल पनि हिन्दी भाषामा भाषण गर्न शुरु गरे । सुरुमै उनले भने, विणाके झन्कारसे मेरा ह्रदय तरंगित होगया हैं, विणा मेरी पडोसिन है मै उनसे बहुत प्रभावित हुँ वो वहुत मेहनती और लगनशिल है’ लगायतका कुरा भन्दै राजनीतिक कुरामा उनी प्रवेश गरे ।
उनले एमाओवादी र मधेशवादी दलले ल्याएको जातीय आधारमा १० प्रदेशको खाका गलत हो र यसले देशलाई विखण्डनमा लग्ने आरोप लगाए ।  उनीहरु देशलाई टुक्रा टुक्रा बनाउन खोजिरहेका छन् जो जनतालाई स्वीकार नरहेको पनि भनेका थिए । विश्वका मानव एउटै हो सबैको मन र चित्त बुझ्ने गरि संघीयता ल्याउनपर्छ पनि भने । उनले एमाओवादी र मधेशवादी दललाई सहमतिमा आउन पनि भने । आन्दोलनले केही पनि प्राप्त हुँदैन बरु त्यसले दुर्घटना पनि हुने पनि भने । विवादका विषयलाई थाँति राखेर माघ ८ गते नै सविधान जारी गर्नुपर्छ र पछि विवादका विषयलाई विज्ञहरु राखेर टुगों लगाउने पनि उपाय सुझाए । यी र यस्ता कुराहरु राखेर आफ्नो ठाउँमा बस्न नपाउँदै नागरिक समाजका अध्यक्ष डा.डम्बरनारायण यादवले पनि आफ्नो कुर्सीबाट उठेर हिन्दीमा भने, माफ किजिएगा, अगर मुझे एक मिनेटका समय दिया जय तो मै कुछ बोलु ।’ त्यसपछि माधव नेपालले डम्बरजी तपाई हामी भेटेर कुरा गरौला भनि उनलाई बोल्न दिएनन् । त्यसपछि डम्बरले भने, माधवजी आप जो बोले है ओ वात मै बहुत गम्भिरतासे सुना हुँ लेकिन आपके वातसे मै सहमत नही हुँ । आप जो बोले है वो वात मधेशी जनता कभि नही स्वीकार करेगी ।’ डम्बर यादवको यो कुरा सुनेर माधव नेपाल मञ्चबाट उठेर निस्कन थाले अनि वरिष्ठ पत्रकार राजेश्वर नेपालीले चिचियाएर भने, माधवजी आपके महेन्द्रपथीय भाषण अब नही चलेगी, आप ओलीको बोली बन्द किजिए, ओलीके बोली बन्द नही हुवा तो मधेशमे जाना मुस्किल होजाएगा, आप यहाँ पे हिन्दी बोलदिए तो क्या हम लोग आपका बात मानलेगें, कदापी नही मानेगें महेन्द्रपथीय विचार देना बन्द किजिए ।’ राजेश्वर नेपालीको कुरा सुन्दै उनी कार्यक्रमबाट बाहिरिएका थिए । एक छिन त कार्यक्रमको माहौल नै विग्रिएको थियो । आयोजकले यो छुट्टै किसिमको कार्यक्रम भएको कारणले यहाँ राजनीतिक कुरा नगरौ भनि आग्रह गरे ।
त्यसपछि राजदुतावासका अभयकुमार सिहलाई बोल्नलाई बोलायो । सहभागिहरु बीच त्यो घटनाले गाँईगुँई हुँदै थियो । कार्यक्रमको वतावरण विग्रेको कारण अभय सिह पनि बोल्न सकेन । विणा सिन्हालाई बधाई दिएर आफ्नो सीटमा गएर बसे जब कि हिन्दी भाषाको राम्रो साहित्यकार हुन् अभय सिह । काठमाडौमा पनि उनी विभिन्न साहित्यीक कार्यक्रमहरु गरिरहन्छन् । साहित्यको विषयमा घण्टौ बोल्छन् उनी तर कार्यक्रमको वतावरण विग्रेको कारण केही बोल्न सकेन ।

No comments:

Post a Comment