Labels

Saturday, January 10, 2015

मातृका यादव र जेपी गुप्ताले एकसाथ आन्दोलन गर्ने घोषणा


काठमाडौ पुस २६ गते । जयप्रकाश गुप्ता अध्यक्ष रहेको तराई मधेश राष्ट्रिय अभियान र मातृका यादवले गठन गरेको संयुक्त मधेश राष्ट्रिय आन्दोलन समितिले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । आज दुई पक्षले पत्रकार सम्मेलन गरी आत्मनिर्णयको अधिकारसहित स्वायत मधेश प्रदेशका लागि मधेशमा अयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ ।

अभियानका अध्यक्ष गुप्ता आजदेखि नेकपा माओवादीका अध्यक्ष समेत रहेका मातृका यादवले गठन गरेको आन्दोलन समितिको सदस्य भएको नेता यादवले बताएको छ । समग्र मधेश एक प्रदेश, आत्मनिर्णको अधिकार, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, स्वायत्त शासन, राज्यको सम्पूर्ण निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्व, समान मताधिकार, धर्म निरपेक्षता, मधेशमा भइरहेको आन्तरिक तथा बाह्य बसाईँ सराई नियन्त्रण र भ्रष्टाचार मुक्त एवं जनताप्रति उत्तरदायि सरकार गरी नौवटा माग अघि सारी आन्दोलनमा जाने बताइएको छ ।
यी मागहरु पुरा गराउनका लागि सम्झौताहिन आन्दोलन गर्ने आन्दोलन समितिका सदस्य मातृका यादवले बताए । आजै आन्दोलन समितिले युवाहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता यादवले एक मधेश प्रदेशका लागि आफूहरुले कुनै पनि सम्झौता नगर्ने बताउँदै सो आन्दोलनमा सहभागि हुन मधेशका सबै तप्कालाई आग्रह गरे । अधिकार प्राप्त नभएसम्म कुनै वार्ता नहुने बताउँदै मातृका यादवले आन्दोलन गर्दा राज्यले वार्ताको नाममा आन्दोलनलाई कमजोर गरेको र माग पनि पूरा नगरेका थुप्रै उदाहरणहरु रहेको बताए । ratopati

No comments:

Post a Comment