Labels

Saturday, January 10, 2015

ओलीे र मधेशी मोर्चाको अडान कायमै, अ‍ोलीले भने, ‘अपनमान मेरो पो भएको छ’


‘सविधानसभामा हल्ला गरेर मात्र सविधान बन्दैन’
काठमाडौ पुस २६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओली आआफ्नै अडानमा रहेका छन् । मधेशी मोर्चाका नेताले एमालेका अध्यक्ष ओलीले माफी नमागेसम्म एमालेका कुनै पनि बैठकमा नजाने अडान दोहोर्याएका छन् भने ओलीले पनि आफू कुनै पनि हालतमा माफी दोहोर्याएका छन् ।

अध्यक्ष ओलीले आफ्नो पार्टीका कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, अपमान मधेशी नेताको होइन, मेरो भएको छ, तर मैले कसैलाई माफी माग्न भनेका छैन न मैले माफी माग्छु ।’ मधेशी नेताहरुले नै आफू विरुद्धमा नानाथरी बोलेर अपमान गरेको आरोप लगाउँदै उनले आफू बोलि रहँदा उनीहरु बुरुक्क उठेर गएको र बाहिर गएर आफ्नो विरुद्धमा नानाथरी बोल्न थालेको त्यसले आफ्नो अपमान भएको कि उनीहरुको भनि प्रश्ने गरे ।
उनले जे जस्तो भएपनि देश सविधान निर्माणको क्रममा रहेको र यसबेला विवाद गर्नुभन्दा सबैले मिलेर सविधान निर्माण गर्ने बेला भएको भन्दै मधेशी मोर्चाका नेताहरुलाई संवाद र छलफल गर्न आउन आग्रह पनि गरे ।

आजै मधेशी मोर्चाको पनि बैठक बसेको थियो । बैठकले एमालेका अध्यक्ष ओलीले माफी नमागेसम्म एमालेको सम्मलित चार दलको बैठमा नजाने अडान दोहोर्याएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले सविधानसभाका सवैधानिक समितिहरुले बोलाएको बैठकमा एमालेका नेता भएपनि जाने तर राजनीतिक छलफल र सहमतिका लागि बस्ने दुई पक्षिय वा तीन पक्षीय चार पक्षिय वा बहुपक्षिय बैठकमा सहभागि नहुने बताए । सभामुख सुवाष नेम्वागंले बोलाएको बैठकमा फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार गएको भनि बैठकमा आलोचना भएको थियो ।
आलोचनापछि अध्यक्ष गच्छदारले संवाद समितिका सभापछि डा.बाबुराम भट्टराईले बैठक बोलाएको तर समितिको बैठक कक्षमा चिसो बढी भएको कारण सुवाष नेम्वागंको कार्यकक्षमा बसेको स्पष्टीकरण दिएको स्रोतले जनाएको छ ।
माघ ८ मै सविधान
एमालेका अध्यक्ष केपी शर्माले ओलीले सबै दल इमान्दारी पूर्वक लागे माघ ८ सविधान आउने दावी गरे । उनले सविधानसभामा हल्ला गरेर मात्र सविधान बन्दैन, सविधान निर्मांणका लागि सबै गम्भिर हुन्ुपर्ने बताउँदै सविधानसभाका अधिकाँध सभासद्ले प्रकृयामा गएर भएपनि माघ ८ मा सविधान जारी हुनुपर्ने पक्षमा रहेका छन् तर १५–२० जनाले हल्ला गरेर सविधानसभाको वतावरण विगारिरहेको आरोप लगाए । उनले राज्य पुनःसंरचना, शासकीय स्वरुप, प्रदेशको सँख्यालगायतको विषयमा लचकता अपनाउन सकिन्छ तर राष्ट्रअण्डता, मौलिक अधिकारलगायतका विषयमा कुनै पनि सम्झौता नहुने बताए ।
मोर्चामा अनिल र राजकिशोर सहभागि
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र संघीय सद्भावना पार्टीकालाई मधेशी मोर्चामा सहभागि गराउने औपचारिक निर्णय गरेको तीन हप्ताभन्दा बढी हुँदा पनि मोर्चाको कुनै पनि बैठकमा सहभागि गराइरहेका थिएन । आज सद्भावना पार्टीको कार्यालयमा बसेको बैठकमा दुवै पार्टीका अध्यक्षलाई सहभागि गराएर औपचारिकता प्रदान गरेको छ ।
ratopati

No comments:

Post a Comment