Labels

Wednesday, November 26, 2014

नेपाल आएर के के भने मोदीले ?




जनकपुर भ्रमण किन रद्द भयो ? (भिडियोसहित)


नेपालले मलाई जति माया दिएको छ, त्यसलाई म कहिल्यै विर्सन सक्दिन । त्यसकारण म नेपालको धेरै धेरै अभारी छु । आज जुन ट्रमा सेन्टरको लोकार्पण भइरहेको छ एक प्रकारले यो जीवन रक्षाको अभियान हो । मानिसको जीवन बचाउने सबैभन्दा महत्वपूर्ण समय हो । अगर अन्तिम समयमे मानिसलाई उपयुक्त उपचारको सुविधा मिले र प्रोपर ट्रिटमेन्टको सहारा मिले मानिसको जीवन बचाउन सकिन्छ । नेपाल र भारतको मैत्री सम्बन्धको यो उत्तम उपहार हो यो र एक किसिमले जीवनको सौगात दिइरहेको छ । त्यस्तो उपहार जसले जीवनको सौगात दिइरहेको छ त्यो हामीलाई जडदेखिनै जोड्छ । हामीलाई जीवनसँग जोड्छ, हाम्रो अरमानसँग जोड्छ र हामीलाई अरमान पूरा गर्नका लागि प्रयास गर्ने शक्ति दिन्छ ।

यसकारण यो ट्रमा सेन्टर नेपाल र भारतका बीच एउटा जीवन्त सम्बन्धको उदाहरण बनिरहेको छ । अगाडि पनि यो ट्रमा सेन्टरको संरक्षण गर्नुपर्ने हुन्छ, प्राविधिक सहयोगको आवश्यकता हुन्छ, मानवीय संसाधनको विकासको आवश्यकता हुनसक्छ । भारत यो समयमा पनि यी कामहरुमा नेपालको साथमा रहनेछ । जुन जुन मद्दत चाहिन्छ भारत खुला दिलले यहाँको नागरिकको जीवन बचाउनका लागि सदा सर्वदा तपाईसँगै उभिएको छ र हाम्रो यो सौभाग्य हुन्छ, एक प्रकारले आफ्नोलाई सेवा गर्ने अवसर हो   यो । हामीकहाँ भनिन्छ कि ‘सेवा परमो धर्म’ शास्त्रले यो भनेको छ । मलाई गर्व छ कि ट्रमा सेन्टरको लोकार्पण गर्ने अवसर मिल्यो । भारत र नेपालको एउटा जीवन्त नाता, अटुट नाता र त्यसको जीवन्त उदाहरण ट्रमा सेन्टर हाम्रोसामु छ ।
पछिल्लोपटक आउँदा पनि मैले सार्वजनिक रुपमा भनेको थिएँ, जनकपुर, लुम्बिनी र मुक्तिनाथ जान पाइन, अर्काेपटक आउँदा जानेछु । यसपटक पनि मेरो इच्छा थियो कि सडकमार्गबाट जाउँ । सडकमार्गबाट जाने इच्छा यसकारण थियो कि म स्वयं अनुभव गर्न चाहेको थिएँ नेपालबाट आउने नागरिकलाई कस्तो अप्ठयारो र समस्या हुन्छ भनेर । भारतबाट नेपाल आउने नागरिकलाई कस्तो अप्ठयारो र समस्या हुन्छ । मैले स्वयं अनुभव बटुल्न चाहेको थिएँ र त्यसलाई ठीक गर्न चाहेको थिएँ । तर समय अभावका कारण त्यसलाई पूरा गर्न पाइन म विशेष रुपले जनकपुर, लुम्बिनी र मुक्तिनाथका नागरिकसमक्ष जुन कष्ट र निराशा भयो त्यस पीडालाई मैले राम्ररी बुझेको छु । तर पनि म विश्वास दिलाउन चाहन्छु निकट भविष्यमै जब मलाई अवसर मिल्छ म तपाईसामु आउनेछु । तपाईको मायालाई म टाढा भएर पनि अनुभव गरिहेको छु ।
यसैले त्यहाँका सबै नागरिक र नेपालका हरेक नागरिकलाई विश्वास दिलाउँछु । भारत, भारतीय नागरिक र भारतीय सरकारमाथि तपाईको पूरा अधिकार छ, भारतका प्रधानसेवकमाथि पनि प्रधान अधिकार छ । म पछिल्लोपटक आएको थिएँ, आज आएको छु सय दिनपनि भएको छैन । तर विश्वासको इञ्जिन कुनै काममा लागिहाल्छ काम कति तीव्रताले हुन्छ, कति राम्रो हुनसक्छ त्यसको मैले आज अनुभव गरिरहेको छु । आज नेपाल र भारतका बीच छिमेकीको, विश्वासको एउटा अत्यधिक ठूलो हौर्सपावरको इञ्जिन लागिसकेको छ । विश्वासको इञ्जिन लागिसकेको छ । यसैकारण सय दिनभित्र जुनप्रकारले नेपाल र भारतले एकपछि अर्काे निर्णय ग¥यो, काम शुरु ग¥यो । २५÷३० वर्षदेखि रोकिएको काम अगाडि बढेको छ । हामीकहाँ एउटा भनाइ छ कि एक हातले ताली बज्दैन । यो सम्भव यसकारण भयो कि नेपाल सरकार, नेपालका सबै राजनीतिक दल, नेपालका प्रशासनिक अधिकारी सबैले मिलेर अगाडि बढने शुरुवात गरे, अगाडि बढाए र सानोतिनो अवरुद्ध आए पनि त्यसलाई बुद्धिमतापूर्वक निराकरण गर्दै ठोस रुप दिने काम गरे । त्यसकाराण म आदरणीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार, सबै राजनीतिक दल, प्रशासनिक अधिकारीलाई भारतका तर्फबाट हृदयदेखि नै हार्दिक अभिनन्दन गर्दछु । यदि उहाँहरुले यो काम नगरेको भए आज सय दिनको भित्र २५÷३० वर्षदेखि रोकिएको काम आज पूरा हुने थिएन । आज म सन्तोषको अनुभूति गरिरहेको छु ।
मेरो पहिलो र दोस्रो भेटघाटको बीचमा तीव्र गतिले एकपछि अर्काे काम भएको छ । त्यो निर्णयले नेपाललाई जीवन्त ताकत दिनेछ । भारतलाई पनि ठूलो सन्तोष दिनेछ । हाम्रो लागि नेपालको खुशी, नेपालको आनन्द हाम्रो मुस्कुराउटको कारण बन्ने गर्छ । यदि नेपाल खुशी छैन भने भारत मुस्कुराउन सक्दैन । यसैले हाम्रो लागि नेपालको खुशी सन्तोष गर्ने अवसर हो । सन्तोषको अवसर हामीलाई प्राप्त भएको छ, यसकारण नेपालका सम्बन्धित सबैलाई हृदयदेखि आभार व्यक्त गर्दछु । खासगरी हाइड्रोपावर कति समयदेखि लटकेको थियो, कति विवाद चलिरहेको थियो । आशङ्काको बादल हरबखत छाइरहेको थियो । यहाँका सबै राजनीतिक दलले जुन प्रकारले दु्रतस्थितिको परिचय गराउनुभयो, त्यसको परिणामस्वरुप यातायातसम्बन्धी सम्झौता, माथिल्लो कर्णाली, पञ्चेश्वर विकास, नौसय मेगावाट क्षमताको अरुण तेस्रो परियोजना अर्थात् एक पछि एक । शायद दश वर्षमा एउटा काम भएको भए पनि आनन्द आउथ्यो, तर यहाँ त सयदिनमै यति बढी काम अगाडि बढिरहेको छ । के तपाई कल्पना गर्नसक्नुहुन्छ, दुई देश मिलेर के नै गर्नसक्दैनन । यस्तै मैले भनेको थिए ट्रान्समिशन लाइनको विषयमा, मैले चाहेको थिएँ नेपाललाई चाहिने जति बिजुली मिल्नुपर्छ । ट्रान्समिशन लाइन बनाउने अत्यन्त कम समयमा पूरा भइहाल्छ । थप १२५ मेगावाट बिजुली यहाँ आउन शुरु भइहाल्छ । यतिमात्र होइन, एउटा नयाँ लाइन बनिरहेको छ जसको क्षमता एक हजार मेगावाटको छ । अब नेपाल झिलिमिल्ली हुनेछ । यो मेरो पूरा विश्वास छ ।
मैले पछिल्लोपटक भनेको थिएँ, एक दिन एक मिलियन डलर अर्थात् दशहजार करोड जसको नेपाली रुपियाँ हुन्छ कम ब्याज र लामो समयका लागि म दिन्छु, आज हामी भेटिरहेका छौ र त्यसको अन्तिम सम्झौता भइहाल्छ । आज यो पनि काम पूरा भइहाल्छ । हामी एउटा सवारीसाधनसम्बन्धी सम्झौता गरिरहेका छौ । मैले ठान्छु नेपाल र भारतलाई जोडनका लागि यो उत्तम व्यवस्था हुन लागिरहेको  छ । त्यसैअन्तर्गत काठमाडाँैदेखि दिल्ली नियमित सेवा गर्ने सौभाग्य मिलिरहेको छ । यो दिल्ली काठमाडाँै नियमित सेवाले यहाँको सामान्य नागरिकको जीवनमा कति आर्थिक सहयोग गर्नेछ, कतिको सुविधानजनक हुन्छ त्यसको तपाई अनुमान लगाउन सक्नुहुन्छ । नेपाल र भारतका बीच पर्यटनको दृष्टिले चल्ने बसमा यात्रुले जो फाइदा उठाउँछन, अन्तर्राष्ट्रिय यात्रु पनि प्राकृतिक सौन्दर्यताको फाइदा उठाउन बसबाट यात्रा गर्न मन पराउँछन् । हामी चाहन्छौ कि नेपालको पर्यटन पनि बढोस् । तर पर्यटन बढछ भने त्यसका लागि सुविधा पनि चाहिन्छ । त्यसको महत्वपूर्ण सुविधा हुन्छ कनेक्टिभिटीको । मैले अधिकारीहरुलाई भनेको छु के हामीले दिल्ली काठमााडँौ बसमा वाइफाई सुविधा लगाउनसक्छौ । किनभने जब यात्रु बसले गइरहेको अवस्थामा दुनियासँग सम्पर्क गरिरहेको हुन्छ । अधिकारीहरुले प्रयास गर्ने भनेका छन् । हेरौ कतिसम्म सम्भव हुन्छ यदि सम्भव हुने भए यो काम पनि हुनेछ । म चाहन्छु व्यवस्था होस् र त्यो व्यवस्था सुविधाजनक तथा आधुनिक होस् । मैले एक चिन्ता पनि व्यक्त गरेको थिएँ । भारतमा नेपालका नागरिक अत्यधिक सङख्यामा छन् । नेपाल र भारतको नातासम्बन्ध पनि धेरै छन् । व्यापारीसम्बन्ध पनि धेरै छ । यहाँको फोनकाँल धेरै महगो छ । मैले भनेको थिएँ अमेरिका कुरा गर्न सस्तो छ तर नेपाल कुरा गर्न महँगो छ । मैले भनेको थिएँ यो सस्तो हुनुपर्छ । फर्केर जाँदा मैले भने यो के गरिरहेको छौ, के यसलाई समाधान गर्न सकिन्न । तर बुझ्दा धेरै आश्चर्य लाग्यो । मैले त्यसमा ३५ प्रतिशत कम गर्ने फैसला गरिहाले । म चाहन्छु कि नेपालको टेलिफोन सेवाले पनि केही कम गरुन् ताकि नेपाली नागरिकलाई र नेपालसँग जोडिएको सम्बन्धमा फाइदा होस्, टेविफोनको खर्च केही कम होस् । मैले गर्नसक्ने मैले गरेको छु र यहाँ पनि केही हुनुपर्छ । भौतिक संरचनाको विषयमा खासगरी पछिल्लोपटक रोहमार्गबाट आउँने विषयमा केही कुरा उठेको थियो । मैले त्यसलाई तीव्र गतिले काम बढाएको छु ।
पुराना सम्झौतामा केही समस्याहरु छन् त्यसलाई रद्द गर्न भनेको छु । मै मान्छु आउँदो छ महिनाभित्र ती सबैमा तपाईले प्रगति देख्नुहुनेछ । अरु एउटा कुरा छ नेपाल र भारतको सम्बन्धमा । भारतमा काम गरेर नेपाल आउने वा भारतीय पर्यटक नेपाल आउँदा समस्या थियो । पाँचसय र हजार रुपियाँ नोट प्रतिबन्धित थियो । मैले नेपाल सरकारलाई अनुरोध गरेको थिए र हामी दुवैले मिलेर यो निर्णय लिएका छौ कि भारतीय पाँचसय र हजारको नोट २५ हजारको परिधिमा हामीले ल्याउनसक्छौ । जसका कारण भारतमा काम गर्ने नेपाली मजदुर घर फर्कदा आफूसँग पैसा ल्याउन सुविधा पुग्नेछ । पर्यटकलाई पनि यसले सुविधान पुग्नेछ, यस विषयमा हामीले निर्णय गरिसकेका छौ । यस्तै मलाई एउटा निकै अनुभव छ । जव म गुजरातको मुख्यमन्त्री थिए मैले यसको महत्वपूर्ण अगुवाई गरेको थिएँ र भारतमा हामीले सबैभन्दा पहिले यो काम गरेका थियौ, त्यो हो माटो परीक्षण । हामीले प्रयास गरेका थियौ कि हरेक किसानको माटोपरीक्षण कार्ड बनोस् । हरेक किसानको जग्गामा के गुण छ के अवगुण छ के राम्रो छ के नराम्रो छ, जग्गा के लागि उपयुक्त छ केका लागि अनुपयुक्त छ, कुन औषधि उपयुक्त छ कुन अनुपयुक्त छ यी सबै माटो परीक्षणबाट सम्भव हुन्छ ।
यसबाट एक ऐकर जग्गामा पनि राम्रो आय गर्न सक्नुको साथसाथै फाल्तु औषधी लगायतका अनावश्यक खर्च पनि जोगिन्छ । यो व्यवस्था नेपालमा पनि होस् भनेर पछिल्लोपटक मैले नेपालका प्रधानमन्त्रीज्यूलाई भनेको थिए । तर मलाई के लाग्यो भने सुझाव मात्र दिएर जानु राम्रो होइन, मलाई केही गर्नुप¥यो । त्यसैले म आज माटो परीक्षण मोबाइल प्रयोगशाला नेपाललाई दिइरहेको छु । त्यसको प्राविधिक ज्ञान दिइरहेको छु । यसले ठुलो काम हुनेछ । मैले पछिल्लोपटक भनेको थिए नागरिक नागरिकबीच सम्बन्ध हुनुपर्छ । देश तब जोडिन्छ जब जनजन आपसमा जोडिन्छन् र जनजन तब जोडिन्छन् जब मन जोडिन्छ । मन र जन जोडिने प्रक्रिया केही व्यवस्थाअन्तर्गत हुन्छ । म चाहन्थे कि जनजनबीचको सम्बन्ध बढोस्, त्यसैले युवा आदानप्रदानको कुरा गरेको थिए । मलाई खुशी छ युवा आदानप्रदान कार्यक्रमका पहिलो समूह भारतमा छ । अहिले कलकत्ता विश्वविद्यालयको अवलोकन गरिरहेका छन् । अर्काे कुरा मैले गरेको थिए नेपाललाई ई–लाइब्रेरी दिन्छु । मलाई खुशी छ नेपाल सरकार र नेपालीका तर्फबाट ईलाइब्रेरी कस्तो चाहिन्छ भन्ने राम्रो सुझाव आएको छ । म मान्दछु मैले सिक्नेखालका सुझावहरु आएका छन् । ईलाइब्रेरीका जुन किसिमका अपेक्षा र सुझावहरु आएका छन् त्यसलाई आत्मसात गरेर चाँडै प्रारम्भ गरिनेछ । म मान्दछु कि समय बदलिसकेको छ । २१औ शताब्दी ज्ञानको शताब्दी हो र जो ज्ञानका उपासक छन्, उनका एक युग आउनेवाला छ । नेपाल र भारत यो भुखण्डको संस्कृति ज्ञानको उपासनाको संस्कृति रहेको छ । ई लाइब्रेरी ज्ञानवद्र्धक ठूलो माध्यम  बन्नेछ । यो युग यस्तो छ जति हाइवेज (राजमार्ग)को जरुरी छ उत्तिकै आइवेज (दुरदृष्टि)को जरुरी छ । आइवेज पनि चाहियो इन्फोरमेशनवेज (सूचनादृष्टि) पनि चाहियो । ईलाइब्रेरी आइवेजको काम गर्नेछ र नेपाल प्रवेश गर्ने राजमार्ग ठीक ग¥यौ भने त्यसले हाइवेजको काम गर्नेछ । भारत तपाईको हाइवेज र आइवेज दुवैको चिन्ता गर्छ । त्यसकामलाई हामी अगाडि बढाउनेछौ ।
हाम्रो सुरक्षा सहयोग पनि एक विश्वासको वातावरण चाहिन्छ । सुरक्षा सहयोगको काम त्यसबखत हुन्छ जब दुवै देशबीच अटुट विश्वासको वातावरण हुन्छ, भरोसा हुन्छ । विश्वासको तानाबान यति मजबूत भएको छ कि जसका कारण रक्षाको क्षेत्रमा पनि भारत र नेपाल मिलेर काम गरिरहेका छन् । आज मेरो लागि खुशीको कुरा छ कि एक हेलिकाँप्टर जुन सेनाको काम आउँछ भारतका तर्फबाट नेपाललाई समर्पित गरिरहेको छु । मलाई विश्वास छ नेपाललाई एउटा राम्रो रक्षाकवच मिल्नेछ । एउटा नयाँ ताकत बन्नेछ । प्रहरी प्रतिष्ठान र उसको फाउण्डेशन स्टोरको पनि चिन्ता हामीले गर्नेछौ । अर्थात् अनगिन्ती चीज सय दिनको भित्र एकपछि अर्काे हुनु यो आपैmमा दुवै देशका सरकारका बीच विश्वासको ताकतले कति गति लिन्छ, कति परिणाम दिन्छ ।
मेरो सौभाग्य रहयो जब म पछिल्लोपटक आए तपाईको संविधानसभालाई सम्बोधन गर्ने अवसर मिलेको थियो । एक प्रकारले नेपालका सबै स्टेक होल्डर भन्नु वा नेपालका सबै मुख्य व्यक्तित्व सहितका विशाल समूहका सामुन्ने आएको थिए । त्यतिखेर मैले भनेको थिए कि नेपाल जतिसक्दो छिटो संविधान बनाउँछ उत्तिकै नेपालको भविष्यका लागि एक नयाँ ताकत बन्नेछ । नेपालको संविधान निर्माणमा जति विलम्ब हुन्छ, त्यो विलम्ब नेपालका लागि राम्रो हुँदैन । संविधान तपाई बनाउनुस् आफ्नो तरिकाले बनाउनुस् तपाईको निर्णय हुन्छ भारतको कुनै दखल हुनेछैन, हुनु पनि हुँदैन । तर तपाईको खुशी हामीलाई मुस्कुराहट दिन्छ । त्यसैले संविधान छिटो बन्नु एकदम जरुरी छ । मेरो यो पनि आग्रह थियो कि  संविधानभित्र एउटा यस्तो गुलदस्ता बनोस् नेपालका हरेक कुनामा बसोबास गर्ने व्यक्तिलाई मेरो पनि फुल त्यस गुलदस्तामा छ भन्ने लागोस् । मेरो पूmलको सुगन्ध त्यस गुलदस्तामा छ । कहिल्यै मधेशीलाई नलागोस् कि हामीलाई सोध्ने को छ र? कहिल्यै पहाडीलाई पनि नलागोस कि मलाई सोध्ने को छ र? माओवादीलाई पनि नलागोस् कि मलाई सोध्ने को छ र? यो संविधान यस्तो बन्नुप¥यो जसमा हरेकको आवाज होस् हरकेको सपना होस् हरेकको अरमान होस् हरेकको काम गर्ने अवसर होस् । त्यो काम नेपालको संविधानसभा बहुत राम्रो ढङ्गले अगाडि बढिरहेको छ, तर समय बहुत गइरहेको छ । यसकारण सार्वजनिक रुपमा नेपालका सबै राजनीतिक दलका नेतासँग आग्रह गर्दछु संविधानका निर्माण सहमतिबाट गरे फाइदा हुनेछ । सङख्याको बलमा संविधानको निर्माण कहिल्यै नेपालको भलो गर्दैन । सहमतिबाट संविधान बनोस् र अगाडि गएर संशोधन गर्न सकिन्छ । भारतको संविधानमा पनि कहिले कहिले संशोधन गरिएको छ । संशोधन दुई तिहाईले गर्छाै । एकपटक संविधान सहमतिबाट बनोस् र पछि बन्ने संसदलाई कुनै कुरा जोडने वा कम गर्ने लाग्छ भने दुई तिहाईले संशोधन गर्न सकिन्छ । तर पहिलो प्रारुपमा यदि सबैलाई अपनत्व लाग्दैन भने नेपालमा ठूलो कठिनाइ आउने छ । तपाईको एक मित्रदेशको नाताले तपाईलाई दुःख होस् कठिनाइ होस् समस्या होस् त्यो स्थिति हामी देख्न चाहदैनौ । फेरि एकपटक आज सार्वजनिक रुपमा जसरी जिन्दगी बचाउन ट्रमा सेन्टर काम आइरहेको छ त्यसैगरी नेपालको सपना साकार पार्नका लागि संविधान एक अवसर बनेर आइरहेको छ । म चाहन्छु संविधानको पवित्रता त्यसै पवित्र भावनाले मैले भनेको थिएँ ऋषि मन भए मात्र संविधान बनाउन सकिन्छ । संविधानसभा बसेका सबै व्यक्तिको ऋषि मन हुनु प¥यो । ऋषि मन लिएर संविधानको निर्माण हुनुपर्छ मैले भनेको थिए आज फेरि त्यही भन्न नेपालको धर्तीमा आएको छु । म विश्वाथको धर्तीमा काम गर्छु, पशुपतिनाथको धर्तीमा आएको छु मेरो पनि तपाईलाई प्रार्थना गर्ने हक बन्छ । म प्रार्थना गर्न आएको छु, म त्यही धर्तीमा आएको छु । मैले बोधगयाबाट एउटा वृक्ष लिएर आएको छु जसलाई हाम्रो राजदूतले लुम्बिनीमा रोप्नुहुनेछ । एक यस्तो सन्देश लिएर आएको छु जसले हामीलाई सांस्कृतिक प्राणशक्ति  दिने गर्छ । त्यस आधारमा पनि म सार्वजनिक रुपमा प्रार्थना गर्न चाहन्छु कि तपाई संविधान निर्माणमा विलम्ब नगर्नुस् । सहमतिबाटै बनाउने प्रयास गर्नुस् । सारा रास्ता नयाँ सङ्कटलाई जन्म दिन्छ । म अयोध्या र जनकपुरीको नाता जान्दछु । यसकारण पनि हामीलाई तपाईसँग प्रार्थना गर्ने हक छ कि तपाई सहमतिबाट संविधान निर्माण गर्नुस्, छिटो गर्नुस् र जनताको आशामा खरो उत्रनुस्  अनि हेर्नुस तपाईहरुको नेत्तृत्व नेपाललाई कहाँबाट कहाँ पु¥याउँछ । युग यो भूखण्डको भविष्य हो । एशियाको भविष्यको समय हो । नेपालले यो मौका चुक्नु हुँदैन । विश्वको एक ताकत बनेर नेपाल उभिनुपर्छ । लोकतान्त्रिक व्यवस्था नेपाललाई एक नयाँ ताकत दिनेछ । पहिचान दिनेछ  । विश्वले नेपाललाई स्वीकार गर्न थाल्नेछ यो स्थिति तपाईको हातमा छ । मौका तपाईको हातमा छ ३०÷४० दिनको समय बाँकी छ म विश्वास व्यक्त गर्छु कि यो कामलाई तपाईले अगाडि बढाउनुहुनेछ । फेरि एकपटक यो ट्रमा सेन्टर यहाँका कोही पनि पीडित व्यक्तिलाई बचाउन काम   आउनेछ । भारतवासीको धेरै सन्तोष हुनेछ । हाम्रो लागि एक प्रकारले सेवा परमो धर्मको काम भएको छ । मनको सन्तोषको साथ यो अवसरमा आउने मौका मिल्यो तपाईको धेरै धेरै आभारी छु । प्रधानमन्त्रीज्यूको धेरै धेरै आभारी छु । परिवारमा सङ्कटका बावजूद पनि जुन उमङ्ग र उत्साहका साथ सार्क सम्मेलनमा जुन प्रकारले अध्यक्षता गरिरहनुभएको छ पुरा नेपाल अभिनन्दन लायक छ । म एयरपोर्टमा उत्रनेवित्तिकै देखिरहेको छु कत्रो ृउमङ्ग छ उत्साह छ । तपाईले सार्क देशका सबै नेताको हृदय जित्नुभएको छ । तपाईलाई यो व्यवस्थाका लागि नेपालले जुन ताकत देखाएको छ, आफ्नोपन देखाएको छ यो शहर अभिनन्दनको लायक छ । प्रधानमन्त्रीज्यू र पूरा नेपालको हृदय देखिनै नमन गर्दछु । धेरै धेरै अभिनन्दन गर्दछु । धन्यवाद ।




No comments:

Post a Comment