Labels

Sunday, November 9, 2014

सात प्रदेशको विरोधमा काँग्रेसका मधेशी सभासद्ले बुझाए हस्ताक्षर




काठमाडौ कात्तिक २३ गते । काँग्रेस र एमालले ल्याएको सात प्रदेशको विरोध गर्दै काँग्रेस पार्टीका २४ जनासभासद्ले पार्टीका सभापति एवं प्रधानमन्त्री सुशिल कोइरालालाई हस्ताक्षर बुझाएका छन् । मधेशको भावना विपरित एमालेको लहैलहैमा आएर यो प्रस्ताव आएको भन्दै काँग्रेसका अधिकाँशसभासद्हरुले त्यसको विरोध गरिरहेका छन् ।



प्रधानमन्त्री निवासमा बुझाएको हस्ताक्षरमा सात प्रदेश भएको भने मधेशमा ३ प्रदेश र ८ प्रदेश भयो भने मधेशमा ४ प्रदेश हुनुपर्ने माग गरेको छ । सात प्रदेशको अवधारणालाई आफूहरुले कुनै पनि हालतमा नस्वीकार्ने भन्दै सभासद् अमरेशकुमार सिहले मधेशको जिल्लालाई कुनै अरु जिल्लामा कुनै पनि हालतमा मिसाउन नहुने बताए । जति पनि नदीनालाहरु तराई मधेशबाट बगेका छन् त्यसको स्वामित्व मधेश प्रदेशमा नै रहनुपर्ने बताउँदै उनले यो सात प्रदेशको प्रस्ताव कुनै पनि हालतमा पास हुँदैन, हामी हुन्न पनि दिनौं, सभासद् सिंहले भने, सात प्रदेशै रहने हो भने मधेशमा तीन प्रदेश हुनुपर्छ आठ प्रदेश बनायो भने मधेशमा ४ प्रदेश बनाउनु पर्ने हामीहरुको माग रहेको छ ।’
काँग्रेसमा ५५ जना सभासद् रहेकोमध्ये २४ जनाको हस्ताक्षर बुझाएको छ र बाँकी अन्य सभासद्हरुको हस्ताक्षर लिन पनि तयारी भइरहेको अर्का सभासद् तेजुलाल चौधरीले बताए । हामीले प्रस्ताव मात्र राखेका छौ, त्यसमा छलफल हुन बाँकी छ, यही पास हुन्छ भने छैन, यो परिमार्जन भएर पनि आउन सक्छ, अब हुने छलफलमा तपाईहरुलाई पनि बोलाइनेछ, प्रधानमन्त्री कोइरालाले काँग्रेसका मधेशी सभासद्लाई भनेको कुरालाई उद्धृत गर्दै सभासद् महेन्द्र यादवले भने, ‘आइन्दा मधेशी सभासद्सँग समेत छलफल गरेर निर्णय लिने प्रधानमन्त्रीबाट प्रतिद्धता आएको छ ।’

No comments:

Post a Comment