Labels

Tuesday, November 11, 2014

म मन्त्री बन्नका लागि सभासद् बनेको होइन

sarita yadav (1)
तपाई वर्तमान सविधानसभाका सबभन्दा कान्छी सभासद् हुनुहु्न्छ, सविधान निर्माणको प्रकृयालाई कसरी लिनु भएको छ, संविधान कसरी निर्माण भइरहेको छ ?
सविधान निर्माणका कार्य धेरै हदसम्म अगाडि बढेको छ । विगतको सविधानसभामा भएको सहमतिलाई आत्मसात गर्दै नयाँ विषय अर्थात् विवादीत विषयहरुमा सहमति जुटाउने काम भइरहेका छन् । प्रमुख दलहरु दिनरात त्यसैमा लागेको जस्तो देखिन्छ । हामी बाहिरबाट हेर्दा ठूला दलहरु विभिन्न छलफलमा जुटेको देखिन्छ । त्यसबाहेक अन्य समितिहरुमा पनि छलफलहरु जारी नै छन् ।
तपाई सविधानसभाको सदस्यबाहेक एउटा गृहणी पनि हुनुहुन्छ । घर र सविधानसभालाई कसरी समय दिन भ्याउनु भएको छ ?
यदी महिलालाई अवसर दिए भने चारैतिर भ्याउन सक्छ भने कुरा संविधानसभामा महिलाको उपस्थितिले देखाएको छ । सविधानसभामा रहेका प्रायः महिलाहरु गृहणी हुनुहु्न्छ । बालबच्चावाला हुनुहुन्छ । र, पनि उहाँहरुले घरका साथै सविधानसभालाई पनि समय दिन भ्याउनु भएको छ । पुरुषहरु पनि सविधानसभा छन् तर सविधानसभाबाहेक घरको अरु कुनै काम गर्दैनन् । सविधानसभाबाट घर गए भने घरमा टीभी खोलेर बस्छन् वा आफ्ना कार्यकर्ता अथवा कसैसँग गफिएर बस्छन् तर महिलाहरु सविधानसभाबाट घर गयो भने घरको काम, बालबच्चा, खानापकाउनुदेखि लिएर सबै काम गरेका हुन्छन् । र, म पनि त्यस्तै गर्छु । विहान ४–५ बजेसम्म उठिसकेका हुन्छु । उठेर नुहाई धुवाई गरी । भन्छामा गई चिया नस्ता पकाएर बच्चाहरुलाई खान दिन्छु । साथै खाना पकाएर बच्चालाई खुवाई स्कूल पठाउँछु अनि खाना खाएर सविधानसभाका लागि निस्किन्छु । सविधानसभामा नगएपनि विभिन्न समितिका बैठक तथा अन्य कार्यक्रमहरु भइरहेका हुन्छन् । त्यसमा सहभागी हुन्छु । तर एउटा कुरा सविधानसभा हुँदा पनि बालबच्चा तथा घरको चिन्ता हुन्छन् नै तर मलाई लाग्छ पुरुषलाई त्यस्तो हुँदैन होला । सविधान निर्माणभन्दा कम गाह्रो छैन परिवार निर्माण गर्नु ।

जिम्मेवारी अनुसारको खासै उमेर भएको छैन । तपाईको अहिले खेल्ने, डुल्ने, रमाउने उमेर तर यस्तो जिम्मेवारी पाउनु भएको छ । परिवार र श्रीमानबाट यो क्षेत्रमा कस्तो सहयोग पाउनु भएको छ ?
मैले आफ्नो घरपरिवारबाट सहयोग नपाएको भए म आज तपाईको सामुनेमा यसरी अन्तरवार्ता दिएर बस्दैन्थे होला । तपाईलाई हाँसीखुशी पार्टी कार्यालयमै श्रीमानको सामुने अन्तवार्ता दिइरहेको छु । त्यसबाट पनि बुझ्न सक्नु हुन्छ कि मलाई परिवारबाट कतिको सहयोग छ । परिवारकै सहयोगबाट म आज यस्तो सानै उमेरमा यहाँसम्म आइपुगेको छु । मेरो परिवार पनि राजनीतिक पृष्ठभूमिका भएका हुनाले मलाई यो क्षेत्रमा काम गर्न गाह्रो छैन । मेरो श्रीमान् सभासद् र मन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ त्यसले झन् मलाई सजिलो भएको छ । यसअघिको सविधानसभाको बेला म कुनै पदमा थिइँन तर धेरै कुराको अनुभव मैले गरेको छु र बुझेको छु । त्यसले गर्दा अहिलेको सविधानसभामा मलाई सजिलो बनाएको छ ।
तपाईको श्रीमान् पूर्व सभासद् र तपाई वर्तमान सभासद्, सविधानसभामा जानुअघि त्यस उठ्ने विषयहरुको बारेमा श्रीमानसँग छलफल हुन्छ कि हुँदैन ?
सबै विषयमा त हुँदैन तर कुनै कुनै विषयमा सरसल्लाह भइरहेका हुन्छन् । मैले सोधेपछि उहाँले जानकारीहरु दिनुहुन्छ । कहिले काही कुनै विषयहरुमा पार्टीको बैठकमा नै छलफल भइरहेको हुन्छ र पार्टीले दिएको निर्देशन अनुसार नै सविधानसभामा प्रस्तुत हुन्छु ।
अहिलेसम्म के कस्ता विषयमा छलफल भएको छ केही सम्झिनु हुन्छ ?
ठ्याकै यही विषय हो भन्ने छैन । तर, छलफल हुन्छ ।
तपाईको श्रीमान् भाग्यमानी हो रे भनिन्छ । सभासद् हुँदै पावरफुल मन्त्री पनि हुनुभयो । अहिले त झन् भाग्यमानी आफू हारेपनि श्रीमतीलाई सभासद् बनाएको पनि भन्नेहरु छन् यसमा के भन्नुहुन्छ ?
यो कुरा गलत हो कि श्रीमानले श्रीमतीलाई सभासद् बनाएको । मलाई मेरो श्रीमान होइन, मेरा पार्टीका अध्यक्षले मलाई सभासद् बनाएको हो । पार्टीको निर्णयबाट म सभासद् बनेको हुँ । श्रीमानले श्रीमतीलाई सभासद् बनाएको गलत कुरा हो । के कसैको श्रीमती बन्नु गलत कुरा हो र ? मेरो श्रीमान मेरो पार्टीका अध्यक्ष हुनु गलत कुरा हो र ? होइन नि । म सभासद् बन्ने लायकको थिए सभासद् भए । म भाग्यभन्दा पनि कर्तव्यमा विश्वास गर्छु । मेरो श्रीमान पार्टीका लागि र जनताका लागि अवश्य केही गर्नु भएको होला त्यसैले सभासद् पनि बन्नुभयो र मन्त्री पनि । आज एउटा पार्टीको अध्यक्ष हुनुहुन्छ यसमा म भाग्यलाई मान्दिन ।
तपाई पनि श्रीमानभन्दा कम भाग्यमानी होइन, यस्तो कम उमेरमै सभासद् बन्नुभयो अब मन्त्री कहिले बन्नुहुन्छ त ?
म मन्त्री बन्नका लागि सभासद् बनेको होइन । मेरो काम संविधान बनाउने हो । मधेशको अधिकार दिलाउने हो । मन्त्री त पछि पछि पनि बन्न सकिन्छ तर यो सविधासभाबाट पछि पनि सविधान निर्माण गर्न सकिदैन । म मन्त्री बनेर सविधान निर्माण गर्ने अवसरबाट बन्चित हुन चाहन्न । मेरो बाजेपूर्खाहरुले जे दुख यो देशमा भोग्नु भयो । विभेदको शिकार भए त्यो अब आउने सन्ततिले भोग्न नपाउन भनि संघीय सविधान निर्माण हुनुपर्छ र मेरो ध्यान पनि उतैतिर छ । मन्त्री सन्त्रीको खेलमा म जाँदिन ।
अवसर पाउनु भयो भने मन्त्री त बन्नु हुन्छ होला नि ?
मैले पहिला पनि भने नि मेरो उद्देश्य मन्त्री बन्ने होइन, संविधान निर्माण गर्नु हो । मन्त्री बन्ने अवसर आयो भने सायद म त्यसलाई स्वीकार गर्दिन ।
राजनीतिमा लाग्छु भनेर कहिले सोँच्नु भएको थियो ?
राजनीतिक पृष्ठभूमिका मेरो परिवार भएका हुनाले राजनीतिक गर्छु जस्तो लागेको थियो । एक दिन न एक दिन राजनीतिमा आउँछु भनि सोच त आएको थियो तर यति छिटो आउँछु यति सानै उमेरमा यस्तो ठुलो जिम्मेवारी पाउँछु जस्तो लागेको थिएन । तर, पाए । यसलाई मेरो क्षमताले भ्याएसम्म पुरा गर्छु र अगाडि बढाउँछु । यस्ता धेरै कुरा हुन्छन् जो विना सोचेर नै आउँछन् । नसोचेका कुराहरु कहिले काही जीवनमा घट्छ र त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ । मेरो जीवनमा पनि यो अवसरमा आएको छ । सबैको सहयोगबाट यसलाई पुरा गर्छु ।
सविधानसभामा जतिपनि सभासद्हरु छन् ती सबै तपाईभन्दा पाका छन् । उमेरले गर्दा कहिले समस्या भएको वा उप्ठ्यारो महसुस भएको छ ?
विल्कुलै लाग्दैन । मलाई कहिले त्यस्तो महसुस भएन । तर, यो पनि भन्दिन कि म धेरै जान्नेछु । म आफूलाई राजनीतिकको विद्यार्थी नै मान्छु । दिनदिनै केही नकेही सिखिरहेको हुन्छु । मेरा लागि त्यो एउटा पाठशाला पनि हो । सविधानसभामा म नयाँ हुँ जस्तो लाग्दैन । म पहिला पनि थिए जस्तो लाग्छ किनभने म आफ्नो श्रीमानसँग यस्ता कुराहरुको अनुभव गरिसकेको छु । मैले अनुभव गरेकै धेरै कुराहरु छन् । त्यसैले खासै कुनै अन्तर लाग्दैन । तर, तपाईले भनेको जस्तो मलाई म कम जानकार छु, म यति सानो उमेरमा किन सभासद् भए, जस्तो मलाई कहिले महसुश भएन ।
तपाई त यो संविधानसभाको सबैभन्दा सुन्दर र राम्री सभासद्को रुपमा पनि गिनिनु हुन्छ । कतिले सविधानसभाको मोडेलको रुपमा पनि तपाईलाई चर्चा गरिरहेका हुन्छन्, यसबारेमा के भन्नुहुन्छ ?
तपाईले यस्तो प्रश्न गर्नै नहुने तर गरि हाल्नु भयो केही छैन । तपाईले भने अनुसार त्यस्तो केही छैन । म जस्तो घरमा हुन्छु, त्यस्तै सविधानसभामा पनि हुन्छु । पुरै नर्मल । म जस्ता थुप्रै छन् सविधानसभामा । सुन्दर हुनु, राम्रो हुनु, गलत होइन । मलाई कहिले त्यस्तो फिल भएन तपाई जस्तो पत्रकारहरुले नै यस्तो कुराहरु बेलाबेलामा उठाउँछन् म पनि पत्रपत्रिका र मिडियाबाट सुन्छु मेरो बारेका टिक्का टिप्पणी तर त्यसमा म प्रतिकृया दिन्न चाहन्न ।
sarita yadav (2)
तपाई आफै भन्नु भो कि म श्रीमानसँग पहिलो सविधानसभाका धेरै कुराको अनुभव गरेको छु त्यसो भए भन्दिनुस् न कि पहिलो सविधानसभा र अहिलेको सविधानसभामा के अन्तर पाउनु भएको छ ?
पहिलो सविधानसभा र अहिलेको सविधानसभामा धेरै अन्तर छ । पहिलो सविधानसभामा जे जोश उमंग थियो त्यो अहिलेको सविधासभामा छैन । त्यो बेला मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलनबाट भर्खर भर्खर सबैजना आएका थिए केही गर्ने जोश उमंग सबैमा थिए तर अहिले त्यस्तो छैन । सबैमा आलस्य, कन्फ्युज छ । सविधान निर्माण हुन्छ कि हुँदैन सबैमा अन्योल छ । तर पहिलो सविधानसभा त्यस्तो थिएन । सविधान निर्माणका लागि धेरै कामहरु भएका थिए । दुई तीनवटा बाहेक सबै विषयमा सहमति भइसकेको थियो । संघीयतमा मात्र कुरा नमिलेर पहिलो सविधानसभा विघटन भएको थियो । अहिले पहिला सहमति भइसकेको विषयमा मात्र अल्झेका छन् नयाँ कुरामा बहस गर्ने, छलफल गर्ने कुनै मुद्दा नै छैन । अर्को कुरा पहिलो सविधानसभामा परिवर्तनकारी शक्तिहरुको बोलबाला थियो र अहिले यथास्थितिबादी शक्तिको बोलबाला छ ।
सविधानसभामा तपाईले के कस्ता विषयमा हालसम्म छलफलमा भाग लिनु भएको छ ?
संविधानसभाका विभिन्न समितिमा भएको छलफलमा भाग लिएकै छु । म आफ्नो तर्फबाट धारणाहरु राखेकै छु तर यसपटक म सविधानसभाभन्दा बढी जिल्लातिर बढी ध्यान दिए त्यतातिर धेरै गए । सविधानसभाबाट मधेशी जनता के चाहन्छन् त्यो बुझ्ने प्रयासका लागि जिल्ला जिल्लामा गएर जनताको विचार बुझ्ने प्रयास गरेको छु ।
मधेशी दलको सभासद् हुनुहुन्छ पार्टीको केन्द्रीय सदस्य पनि । मधेशको राजनीतिकलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
पहिलाको भन्दा मधेशको राजनीतिक धेरै पेचिलो भएको छ । दलहरु एक आपसमा फुँटेर मधेशको मुद्दालाई कमजोर गरेको छ । आज मधेशवादी दलहरु यसरी कमजोर हुनुमा पनि टुटफुट नै हो । र, दुखको कुरा अहिले पनि मधेशवादी दलका नेताहरुले बुझ्न सकिरहेका छैनन् । मधेशको राजनीतिक चिन्ताजनक अवस्थामा छ । मैले बुझेको यति हो ।
तपाईको श्रीमान प्रत्यक्षबाट चुनाव हार्नुभयो, तपाई समानुपातिकबाट सभासद् हुनुभयो, श्रीमान सभासद् हुन सकेन म सभासद् भए यो कुराले तपाईलाई हिनताबोध हुँदैन ?
लोकतन्त्रमा त्यस्तो हुँदैन, महिला पुरुष सबै बराबर हुन् । राजनीतिक सबैका लागि बराबर हुन् । आफ्नो श्रीमानलाई श्रीमानको ठाउँबाट हेर्छु भने अर्को पोल्टिक्सको रुपमा हेर्छु । मलाई त्यस्तो हिनताबोध कहिले भएन । मेरो श्रीमान सभासद् होइन जस्तो लाग्दैन । पदमा मात्र हुनु हुन्न तर सविधाननिर्माणको प्रकृयामा हुनुहुन्छ । राजनीतिमा सक्रिय हुनुहुन्छ । कार्यक्रमहरुमा जानुहुन्छ । विभिन्न बैठकहरुमा जानु हुन्छ । तपाई पत्रकार हुनुहुन्छ, भोली तपाईको श्रीमती पत्रकार हुनुभयो भने के तपाईलाई हिनताबोध हुन्छ त ? हुँदैन नि त्यस्तै मलाई कुनै हिनतोबोध हुँदैन । म एउटा पार्टीको कार्यकर्ता हो र पार्टीले मलाई सविधानसभामा पठाएको हो ।
तपाईको श्रीमानलाई सभासद् बन्ने मौका मिल्यो भने तपाई सभासद् पद छाड्नु हुन्छ त ?
यो पार्टीको कुरा हो । पार्टीले मलाई निर्णय गरेर पठाएको छ । यदि पार्टीले निर्णय गरेर तिमीलाई हट्नुपर्छ भन्यो भने म खुशी खुशीले हट्छु । म पार्टीको निर्णयलाई शिरोधार्य गर्छु । मेरो ठाउँमा अरु कोही आएर मभन्दा राम्रो काम गर्यो भने झन् राम्रो । मलाई पनि पार्टीले केही सम्झेर नै यो पद सुम्पेको हो र म पनि पार्टीलाई विश्वासघात गरेको छैन । सभासद्बाट पाएको सबै रकम म पार्टीलाई बुझाई रहेको छु । पार्टीले दिएको जिम्मेवारी पुरा गरिरहेको छु भोली कुनै निर्णय गर्यो भने त्यो निर्णय स्वीकार गर्न तयार छु ।
पार्टीका अध्यक्ष राजकिशोर यादवसँग तपाईका सम्बन्ध कस्तो छ ?
(लामो हाँसो) कस्तो सम्बन्ध छ त्यो सबै तपाईलाई थाहै छ । उहाँ मेरो लागि दुईटा भूमिकामा हुनुहुन्छ । श्रीमान र अर्कोतिर पार्टीका अध्यक्ष पनि ।
पार्टीमा पनि श्रीमान जस्तै सम्बन्ध हुन्छ कि ?
श्रीमान्को भूमिकामा श्रीमान जस्तो सम्बन्ध हुन्छ भने पार्टीमा पार्टी अध्यक्षको जस्तो सम्बन्ध हुन्छ । पार्टी अध्यक्षको रुपमा हुँदा पार्टीको विषयमा कुरा हुन्छ भने श्रीमानको रुपमा घरायसी काम हुन्छ ।
तपाईको श्रीमान् पार्टीको हितविपरित कुनै काम गर्नुभयो भने त्यसलाई रोक्नु हुन्छ कि रोक्नु हुन्न ?
श्रीमानले होइन एउटा पार्टीको अध्यक्षले पार्टीको हित विपरित कुनै काम गर्नुभयो भने म एउटा केन्द्रीय सदस्यको नाताले त्यसलाई रोक्ने प्रयास गर्छु । त्यसमा स्टेप लिन्छु ।
ratopati

No comments:

Post a Comment