Labels

Tuesday, November 11, 2014

तमलोपा र फोरम गणतान्त्रिक सरकारमा जाने

काठमांडू/तराई मधेश लोकतान्त्रिक पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीलाई सरकारमा ल्याउने पहल भइरहेको जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले सार्क शिखर सम्मेलनअघि नै एमाओवादी नेतृत्वको २२ दलीय मोर्चामा आबद्ध रहेका तमलोपा र मोर्चा बाहिर रहेका फोरम गणतान्त्रिकलाई पहिलो चरणमा सरकारमा ल्याउने तयारी भइरहेको छ ।

तर फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादवले यसलाई मधेशी मुद्दालाई कमजोर गर्ने रणनीतिको रुपमा लिएका छन् । मधेशखबरसँग कुरा गर्दै भने, सत्तापक्षले मधेशीलाई सरकारमा ल्याउने कुरा हल्ला फिजाएर मधेशी एकतालाई कमजोर गर्न खोजिएको दावी गरे । काँगेस नेताहरुसँगको भेटमा आफूलाई सरकारमा आउन भनिएको हो तर आफूले पुरै इन्कार गरेको र यो सरकारमा चलाउने बेला नभएर सविधान निर्माण गर्ने अवसर भएकाले सरकारमा जाने कुनै प्रश्न नै आउँदैन भनि आफूले जवाफ दिएको अध्यक्ष यादवले बताए ।
दुई तिहाइ सभासद्को समर्थनमा संविधानका महत्त्वपूर्ण अन्तरवस्तुमा साझा प्रस्ताव अघि सारेका कांग्रेस(एमालेले मधेस केन्द्रित दल पनि यो प्रस्तावका पक्षमा रहेको सन्देश प्रवाह गर्न यस्तो प्रयास थालेको स्रोतके दावी छ । २२ दलीय मोर्चा साझा प्रस्तावको विपक्षमा रहेकाले त्यसलाई कमजोर गराएर सरकारलाई थप बलियो भएको देखाउन पनि मधेस केन्द्रित दललाई सत्तामा ल्याउन खोजिएको हो ।
तमलोपाका वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीले पनि यो मधेशी एकतालाई कमजोर पार्ने दुष्पर्चार रहेको दावी गर्दै काँग्रेस वा एमालेसँग त्यसप्रकारको कुनै कुराकानी र छलफल नभएको प्रतिकृया दिए । सविधान निर्माणको बेलामा आफ्नो पार्टी सरकारमा जाने कुनै सोच समेत नबनाएको बताउँदै उनले संघीय गणतान्त्रिक मोर्चालाई फुटाउन यस्तो रणनीति अपनाएको दावी गरे ।
संविधानसभामा तमलोपा मधेस केन्द्रित दलमा दोस्रो ठूलो दल हो। सत्तासीन गठवन्धनका दलहरू संविधान निर्माणमा मधेसी दलको समेत साथ लिन उनीहरूलाई सरकारमा ल्याउन मन्जुर भएका हुन्। संविधानसभामा ११ सभासद् भएको तराईमधेस लोकतान्त्रिक पार्टी र एक सभासद् भएको मधेसी जनअधिकार फोरम गणतान्त्रिकलाई पहिलो चरणमा सरकारमा सहभागी गराउन कांग्रेस(एमालेका नेता छलफलमा छन् ।
प्रधानमन्त्री निकट स्रोतअनुसार कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै २२ दलीय गठबन्धनका दुई दल सरकारमा सहभागी हुनेछन् । उच्च स्रोतका अनुसार तमलोपालाई वातावरण वा सहकारी र फोरम गणतान्त्रिकलाई तिनै एक मन्त्रालयको राज्यमन्त्री दिने गरी कांग्रेस(एमालेले प्रस्ताव गरेका छन्। विपक्षमा रहेका दलहरूलाई सरकारमा तान्न प्रधानमन्त्रीले शान्ति तथा पुनर्निर्माण, रक्षा, सहकारी र वातावरण मन्त्रालय आफैंसँग राखेका छन्। स्रोतका अनुसार तमलोपाले सरकारमा सहभागी हुने विषयमा औपचारिक निर्णय गर्न केही दिन समय मागेको छ ।
madheshkhabr

No comments:

Post a Comment