Labels

Saturday, November 8, 2014

प्रचण्डलाई खुट्टा नकमाउन मधेशवादी दलको आग्रह

काठमाडौं कात्तिक २२ गते । मधेशवादी दलका नेताहरुले एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई खुट्टा नकमाउन आग्रह गरेको छ । अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाले आज जनकपुरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्ने क्रममा मधेशी नेताहरुले सो आग्रह गरेका हुन् ।
विगतमा मधेशलाई पाँच प्रदेशमा विभाजन गर्न एमाओवादीले पनि साथ दिएको आरोप लगाउँदै यो सविधानसभामा एमाओवादीले खुट्टा कमाउन नहुने धारणा राखेका थिए । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले भने, प्रचण्डजी तपाई खुट्टा नकमाउनुस् हामी तपाईको साथमा छौं । काँग्रेस एमालले ल्याएको प्रस्तावलाई जसरी हामी संयुक्त रुपमा विरोध गरिरहेका छौ त्यसलाई निरन्तरता दिऔं भने प्रस्तावको बारेमा सोच्न बाध्य हुनेछ । यसबीचमा हामीमध्ये कसैले खुट्टा कमायो भने देशका लागि ठुलो पराजित सावित हुनेछ ।’

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि यसपालीको आन्दोलनलाई निरन्तरता दिन आग्रह गरे । काँग्रेसले ल्याएको सात प्रदेशको प्रस्तावलाई कुनै पनि हालतमा मान्दैनौ भन्दै अध्यक्ष यादवले  काँग्रेस र एमाले महेन्द्रीय पथमा हिडिसकेकाले सो ती दलको प्रस्ताव मधेशी जनतालाई मान्य नहुने बताए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको एकीकरण हुँदा मधेशमा रहेको जमिनको एकीकरण भयो तर त्यहाँको जनताको भावनालाई एकीकरण नभएको धारणा राखे ।
विगतदेखि नै मधेशी जनतामाथि विभेद हुँदै आएको बताउँदै अध्यक्ष महतोले काँग्रेस एमालेको अहंमलाई यो २२ दलीय मोर्चाले चकनाचुर गर्ने बताए । आन्दोलनले गति लिइरहेको यस अवस्थामा कसैले कुनै प्रलोभनमा खुट्टा कमाउन नहुने धारणा राख्दै उनले मधेशी, आदीवासी जनजातिहरु जगि सकेका छन् अब यसलाई कसले रोक्न नसक्ने बताए ।
मधेशवादी दलका नेताहरु बोलिसकेपछि अन्तिममा बोलेका अध्यक्ष प्रचण्डले भने, मलाई मधेश रोज्ने कि उच्च स्तरीय राजनीति संयन्त्र रोज्ने भन्दा मैले मधेश रोज्ने भन्ने मानिस अन्तिमसमयसम्म मधेशलाई छोड्ने छैन ।’ सिगों नेपालको भविष्य मधेशसँग जोडिएको हुनाले मधेशलाई छाडेर आफू कतै नजाने प्रचण्डले धारणा राखेका थिए । मधेशलाई स्वायत्त मधेश प्रदेश स्थापना गर्ने कुरा सविधानको धारा १३८ मा उल्लेख छन् तैपनि काँग्रेस र एमाले अनदेखि गरिरहेको आरोप उनले लगाए ।
मधेशी जनता तथा नेतालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, तपाईहरु ढुक्क रहनुस् अब म मधेश छाडेर कतै जान्न । अब यो देशको सञ्चालक मधेशी जनता हुनेछ मधेशी जनताले अधिकार नपाएसम्म आफू कतैपनि जाँदिन ।’ उनले विश्वले आफूहरुको आन्दोलनलाई समर्थन जनाएको बताउँदै आफूहरुको मागलाई भारत, चीन, अमेरिकालगायतका देशहरुले समर्थन गरेको धारणा राखे । बहुमतको आडमा काँग्रेस र एमालेले जनतालाई धोका दिन नपाउने बताउँदै काँग्रेसले आफ्नो प्रस्ताव फिर्ता नलिएसम्म संघर्ष जारी रहेने चेतावनी दिए ।
madheshkhabr

No comments:

Post a Comment