Labels

Tuesday, January 20, 2015

मधेशी मोर्चाको अडानले सविधानसभामा भयो यस्तो ताण्डव



  • सुरेशकुमार यादव\\


माघ ६ गते । सोमवार विहान ८ वजे नै शिर्षदलका नेताहरुको बैठक सविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने कुराको जानकारी आइतावर साँझ नै पाएका थिए । र, त्यही अनुसार आफ्नो सेडुल बनाए । विहान ८ बजे सविधानसभा भवन पुग्नुपर्छ भनि ललिता (श्रीमती) लाई छोराहरु जिम्मा लगाएर म विहानै ६ बजे ओछ्यान छाडेर नित्यकर्म सिध्याई खाना पकाउन थाले । आठ बजेसम्ममा खाना पाकेसकेको थियो खाना खाएर सविधानसभा जान हतार पनि थियो । तर केटाकेटीको घर भएका कारणले यता उती गर्दै खानपिन गर्दै ९.४५ बज्यो । हतार हतार लुगा लगाएर सविधानसभा भवन पुगे । आज दलहरुको बीचमा सहमति हुन्छ । सविधानसभा प्रकृयामा जान्छ भन्ने कुराको जानकारी विभिन्न स्रोतबाट म कहाँ आइपुगेको थियो र विहानदेखि अनलाइन तथा रेडियो टीभीहरुले त्यही फुकी रहेका थिए ।


सविधानसभा परिसरमा पुग्दा पत्रकार साथीहरु घाममा बसेर गफि रहेका थिए । साथीहरुसँग यसो बुझे के के भइरहेका छन् । जानकारी पाए भित्र चार दलको बैठक बसिरहेका छन् । केही कुरा बाहिर आएको छैन । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको बीचमा कुराकानी भएको थियो कुरा त बाहिर आएको छैन तर कुराकानी एकदमै सकारात्मक भएको जानकारी स्रोतहरुबाट पाए । भित्र बैठक चलिरहँदा नेताहरुको क्रम पनि आउने जारी नै थियो । तर त्यो दिन मैले अच्चम के पाए भने अरु दिनको तुलनामा नेताहरुको मुहारमा खुशी देखिएको थियो । सञ्चारमन्त्री मिनेन्द्र रिजाल, भौतिक योजना मन्त्री मिनेन्द्र रिजाल, शिक्षा मन्त्री चित्र लेखा यादव, एमाओवादीका नेता गिरीराज मणी पोखरेल, फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र यादव, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरु भित्र पस्दै थिए । सबैको अनुहारमा खुशी देखेका थिए ।
११ बजेतिर अर्थ मन्त्री डा.रामशरण महता बाहिर निस्के त्यो पनि हाँस्दै । उनले त सबै कुरा मिलिसक्यो संघीयतामा अलि अलि कुरा बाँकी छ । त्यो पनि मिल्ला । सविधानसभाको बैठक एक बजे बस्नु अघि सबैकुरामा सहमति हुन्छ र तपाईहरु कहाँ जानकारी आउँछ सहमतिकोको ड्राफ तपाईहरुको हातमा आइपुग्छ चिन्ता नलिनु आज सहमति हुन्छ । साह्रै खुशी र कन्फिडेन्टका साथ भनेका कुरा हामी पनि रिर्पोटिगं गरियौ । पत्रकार साथीहरु पनि खुशी थियो । ल अब हामी यसरी अबेला अबेला धाइ रहनु पर्दैन आज सहमति हुने भयो भन्दै साथीहरु खुशी थिए । कसैले एफएमलाई न्यूज टिपाउँदै थिए भने कसैले टीभी त कसैले अनलाईनलाई समाचार टिपाउँदै थिए । त्यसबीचमा काँग्रेसका तरुण दलले पनि सुवास नेम्वागंलाई बुझाएको ज्ञापनपत्र पनि हाम्रो हातमा आयो । त्यो ज्ञापनपत्रले पनि समयमा सविधान जारी गर्न दवाव दिएको थियो । एकछिन पछि हाँस्दै एमालेका नेता माधवकुमार नेपाल पनि बाहिर निस्के । उनले पनि निकै उत्सुकता र उर्जाका साथ भने, आज सहमति हुन्छ, तोकिएको समयमा सविधान बन्छ । चार दलको बैठक सिध्यो एमाओवादी र मधेशी मोर्चाको बैठक बसिरहेको छ । त्यसको लगतै एमालेका उपाध्यक्ष विद्या भण्डारी पनि निस्किन उनले पनि आज दलहरुको बीचमा निकै सकारात्मक कुराहरु भएको छ सहमति हुन्छ सविधानसभा प्रकृयामा जान्छ भनिन् । त्यही अनुसारको समाचारहरु मेडियामा गइरहेको थियो । सविधानसभा परिसर मात्र होइन कि समाचार थाह पाएर जनता पनि उत्साहित थियो । यस्तो सकारात्मक कुरा आउन थालेपछि अब बन्द फिर्ता हुन्छ कि भनि पनि चर्चा हुन थाल्यो । कुनै कुनै मिडियाले त बन्द फिर्ता हुने कुरा सम्म पनि गर्यो ।
उता प्रज्ञा भवनमा एमालेको कार्यकर्ता भेला पनि थियो त्यसलाई सम्बोधन गर्न एमालेका नेताहरु एक एक गरी निस्के । तर मेरो मनमा एउटा कुरा खेल्न थाल्यो । अहिले जति पनि नेताहरु आए सबै सत्ता पक्षका थिए । उनीहरु सहमति भयो भनिरहेका छन् तर विपक्षिको कुनै कुरा आइरहेको छैन केही गडवडी छ कि क्या हो भनि विपक्षिको कुरा लिने दावमा लागे । कोही पनि बाहिर निस्किदैन । मैले सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णलाई फोन गरे । सर, के हो कुरा यता बाहिर त सबै कुरा मिलिसक्यो भनि चर्चा भयो नि सोध्दा उनले एक छिनमा गर्नुस् बैठक जारी छ । मैले आधा घण्टापछि उनलाई होइन फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीलाई फोन गरे । उनलाई पनि मैले त्यही कुरा सोधे । उनले कुनै कुरामा सहमति भएको छैन सबै कुरा जस्तोको त्यस्तै रहेका प्रतिकृया दिए । त्यसपछि मैले भने, ६ प्रदेशमा कुरा मिल्यो नि भनि कुरा आयो के हो सोध्दा उनले, ६ प्रदेशको प्रस्ताव आएको हो हामी त्यसमा सकारात्मक छौ तर ती प्रदेशबाट पाँच जिल्ला टुक्राउनु हुँदैन भने पक्षमा हामी छौ । उनीहरु संघीयतालाई छाडेर न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपलाई मस्यौदा समितिमा पठाउ भनिरहेको छ हामीले संघीयतामा सहमति नभएसम्म तीनटालाई मात्र पठाउन मिल्दैनौ भनेका छौ । हामी शासकीय स्वरुपमा पनि लचिलो भएका छौ तैपनि काँग्रेस एमाले संघीयताप्रति लचिलो भइरहेको छैन । त्यसैले कुनै कुरामा सहमति भएको छैन भनि प्रतिकृया दिएपछि मैले सोही अनुसारको समाचार रिर्पोर्ट गरे ।
त्यसपछि आफ्नो पार्टी कार्यालयमा रहेको कार्यक्रममा सहभागि हुन निस्के, उनीसँग प्रतिकृया लिँदा सहमतिको प्रयास जारी छ र आज केही नकेही टुगों लाग्नुपर्ने छोटो प्रतिकृया दिँदै हिडे । तर अच्चम फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारलाई पत्रकारले घेरे बोल्न लगाउँदा पनि केही नबोलिकन आफ्नो गाडी तिर लम्केर उनी गए । यहाँ नाम उल्लेख नगरौं मेरो स्रोतले भने, चार दलको बीचमा कुरा मिलेको कुरा सही हो । शासकीय स्वरुपमा असहमति र न्याय प्रणाली र निर्वाचण प्रणालीमा सहमति भएको थियो । एमाओवादीले शासकीय स्वरुपमा पूर्ण सहमत नहुने तैपनि हामी लचिलो हुन तयार छौ भनेपछि यी तीन विषयमा कुरा मिलेको थियो । बैठकमा सहभागि विजयकुमार गच्छदारले पनि त्यो कुरा स्वीकार गरेको थियो । सविधान ८ गते घोषणा गर्न सकिदैन सात दिनको म्याद थप्ने र त्यही बीचमा ३ दिनको समय संवाद समितिलाई दिने र संघीयतामा सहमति गरेर सातौ दिनमा सविधान जारी गर्ने सहमति भएको थियो । एमाओवादीको मोर्चाले पनि ६ प्रदेश मानि सकेको थियो । अलि थोरै विवाद सीमाकन र नामाकंनको थियो त्यो एउटै बैठकबाट समाधान गर्न सकिन्छ ।
चार दलको बैठकमा सबैको कुराको सहमति भएपछि एमाओवादीका अध्यक्ष प्रचण्डले एकचोटी मोर्चाका साथीहरुसँग सल्लाह गरौ भनि अर्को कक्षमा बैठक बोलायो त्यसमा मधेशी मोर्चाका अन्य नेताहरुको पनि सहभागि थियो उपेन्द्र यादव बाहेक । सो बैठकमा काँग्रेस र एमालेसँग भएको छलफल बारे अध्यक्ष प्रचण्डले कुरा राखे । तर, त्यो कुराप्रति मधेशी मोर्चाका अन्य नेताहरुको असहमति रह्यो । बैठकमा सहभागि स्रोतले रामजनम चौधरी, लक्ष्मण लाल कर्ण, जितेन्द्र देव, लालबाबु राउतलगायतका नेताहरुले त्यसमा असहमति जनाए । यो कुनै पनि हालतमा हुन सक्दैन । शासकीय स्वरुप पनि छोड्ने र संघीयताको पनि टुगों नलगाउने गरी सहमतिहरु मस्यौदा समितिमा गयो भने पछि कुनै कुरामा वार्ता हुँदैन । काँग्रेस र एमाले जवर्जस्ती अगाडी बढ्छ भन्दै मोर्चाका नेताहरु असहमति जनाएका थिए ।
मधेशी मोर्चासँग कुरा नमिल्दा अध्यक्ष प्रचण्डले काँग्रेस एमालेलाई संघीयताको विषयमा पनि टुगों लगाउ अनि मात्र मस्यौदा समितिमा पठाउन सकिन्छ भने पछि कुरा विग्रेको हो ।
त्यसपछि सभामुख सुवास नेम्वागंले पटक पटक सहमति जुटाउन प्रयास गरे । तर कुनै उपाय लागेन । कार्यव्यवस्था समितिको बैठक बसाएर पनि सहमतिको प्रयास गरे त्यहाँ पनि केही लागेन । असहमतिका विषयमा प्रश्नावली तयार गर्ने समिति बनाउने निर्णय गर्दै सविधानसभाको प्रकृयालाई अगाडि बढाउन नेम्वागं अघि बढे । त्यहाँ एमाओवादीलगायत अन्य विपक्षि दलका नेताहरुले हतार नगर्न नेम्वगंलाई सम्झाएका थिए । यत्रो दिन भयो एक दुई दिन समय दिएर सहमतिमा जाउँ भन्दा नेम्वागंले मानेन र जवर्जस्ती मध्यरातमा सविधानसभाको बैठक शुरु गर्यो । बैठकमा डा.बाबुराम भट्टराईले सविधानसभालाई जवर्जस्ती प्रकृयामा लान खोजेकाले कौरव र पाण्डवको युद्ध हुन्छ भनेका थिए । त्यति मात्र होइन कि काँग्रेस र एमालेले जवर्जस्ती सविधानसभालाई प्रकृयामा लान खोजे प्रतिकार हुने चेतावनीहरु आइरहेका थिए तैपनि सम्बन्धित पक्षबाट कुनै सतर्कता अपनाइएन र यस्तो क्षति भयो ।
   

No comments:

Post a Comment