Labels

Monday, January 12, 2015

मधेश आन्दोलन र राजारामको मृत्यु (भिडियो सहित)




 मेरो एकवर्ष एक महिनाको एउटा छोरो छ जहिले पनि उनी विहान ४ बजे उठिसक्छ र चकचक गरेर घरमा सबैको निन्द्र भंग गर्छ त्यसपछि मेरो ६ वर्षीय अर्को छोरा पनि उठ्छ । र आज पनि त्यस्तै भयो । कान्छो छोरो उठेर मेरो टाउकोमा बसेपछि निन्द्र खुल्यो । म उठेर छोरालाई खेलाउँदै मोवाइल चलाउन थाले । आज मधेश र थरुहट बन्द छ भने मेरो मोवाइलमा रहेको मेरो सेडुलले संकेत गर्यो अनि मैले विगतको मधेश आन्दोलनलाई सम्झेर एउटा टुवीट गरे कि ‘मधेशमा रमेश महतोको आवश्यकता छ । राम कार्की र सियाराम ठाकुर तयार छन् ।’

२०६३ सालमा पनि यस्तै माहोल थियो । अन्तरिम सविधानको मस्यौदा तयार हुँदैथियो दलहरुको बीचमा गाँई गुँई चल्दै थियो । यता संसदभन्दा बाहिर रहको मधेशी जनअकिकार फोरम नेपाल आन्दोलनको तयारीमा लागेका थिए । अहिलेकै जस्तै राजधानी लगायत देशका विभिन्न ठाउँहरुमा सभासम्मेलन गाष्ठीहरु हुँर्दै थिए, गर्दै थिए । युवाहरु जोशमा आउँदै थिए । नेताहरु आन्दोलन गर्नुपर्छ भनि जोशिला भाषणहरु गर्दै थिए । अहिलेकै जस्तै सेम सिचुएशन थियो त्यो बेला । विहानै कता कता मलाई लाग्दै थियो आज मधेशमा केही हुन्छ किनभने मधेशको मुड ठिक छैन । आजैदेखि आन्दोलन शुरु होला कि जस्तो लागि रहेको थियो । मलाई यो बीचमा घर जान अति जरुरी छ तर यो बन्दको कारण अलि हिच्किचिए । यस्तै कुराहरु सोच्दै अरु ट्वीटहरु पनि गरे । मधेशी मोर्चाका नेतालाई व्यंग्य गरेर, ओलीलाई ब्यग्यं गरेर ।
गाउँबाट विदेश जानका लागि मेरो काका शैलेन्द्र (सेलो) यादव, गाउँले बलाराम यादव र सूर्य यादव आउनु भएको छ । मलाई हिजै फोन गरी घरबाट आमाले खेसारीको साग र अरु केही समान पठाउनु भएको भनि खबर गर्नु भएको थियो । तर, अफिसमा अबेला भएको कारणले म गौशाला जान सकिन । तर अफिसबाट ललिता (श्रीमती) बाट थाह पाए कि उहाँहरु आज विहान घर (कोठा) मै आउनुहुन्छ रे । नभन्दै सेलो काकाले मलाई फोन गर्नुभयो र म आउँदैछु कसरी आउनु भनि सोध्दा मैले आफ्नो कोठाको लोकेसन बताए । रिसिभ गर्न घट्टेकुलो चौकसम्म गए । १० बजे उहाँहरु तीनै जान मेरा कोठमा आउनु भयो । गाउँघरको समाचार सोध्दै कुराकानीमै व्यस्त भए । बीच बीचमा उहाँहरुले पनि मधेश बन्दको कुरा ल्याउनु भएको थियो तर मेरो ध्यान त्यता अपडेट गर्नेतिर गएनन् । म काकाहरुको स्वागतमा खानपिनको व्यवस्थामा लागेका थिए । छोराहरु घरमा टिभी हेर्न दिए पो कार्टुनबाहेक अरु छुनै दिदैन । खानपिन गरी उहाँहरुसँगै म पनि अफिसका लागि हिड्न लाग्दा २ बजेर ४ मिनेटमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष राजकिशोर यादवको फोन आयो । फोन रिसिभ गरेपछि उहाँले जनकपुरको घटना बुझ्नु भयो भनि सोध्नु भयो । मैले अँह, के भयो भनि जिज्ञसा राखे । प्रहरीको गोलीबाट एकजनाको मृत्यु भयो रे आन्दोलनको क्रममा । कहाँ कहाँ समाचारहरु हाल्न सकिन्छ हाल्नुस् भनि भन्नुभयो । आन्दोलनका आयोजक तथा एक जना नेताले भन्ने यही हो एकजना पत्रकारलाई । उहाँले आफ्नो धर्म र कर्तव्य दुवै पालन गर्नुभयो । 
त्यसपछि सो कुरा आफ्नो काकाहरुलाई पनि सुनाए । मेरो मनमा अनेक कुराहरु खेल्न थाल्यो । कतिखेर सबै कुरा थाह पाउ जस्तो लाग्यो । उहाँहरुसँग निस्के । उहाँ सिहदरवार वरिपरी घुम्ने योजना बनाउनु भएको थियो मैले लोकेशन बताए । म सिहदरवारतिर लागे हनुमान थानमा पुरानो पत्रकार विमल ठाकुर र अधिवक्ता सुनिल रञ्जनसँग भेट भयो । मैले भने अब त मेधशमा आन्दोलन हुने भो त । उहाँहरुले पनि हो अब भोलीदखि आन्दोलन शुरु । अरु केही कुरा गरेर म सिहदरवार पसे । विज्ञान तथा प्रविधि मन्त्रालयमा आफ्नो बाइक पार्क गर्दै थिए कि रातोपाटीबाट साथी विधानले फोन गर्नुभयो । जनकपुरको घटनालाई लिएर । के के भयो भनेर बुझेर जानकारी गराउनु भन्नुभयो । मेरो पनि त्यही योजना थियो । मैले नागरिककर्मी सुरेश यादवलाई फोन गरे । उहाँले म पनि काठमाडौमै छु भन्नुभयो । त्यसपछि उहाँबाट जनकपुरका उज्यालो एफएममा काम गर्ने शैलेन्द्र महतोको नम्बर लिएर फोन गरे । महतोजीले दाजु म समाचार लेख्दै छु एकछिन पछि गर्दा हुँदैन, मैले करै गरेर भने, शैलेन्द्रजी मलाई यसो छोटोमा भन्दिए हुन्छ पहिला पनि यसरी सहयोग गर्ने महतोजीले छोटोमा घटना विवरण सुनाउनुभयो ।
धनुषाको भमरपुरा चौकमा बन्दको बेला ट्याक्टर आइरहेको अवस्थामा आन्दोलनकारीसँगै राजाराम झा पनि पुगेका थिए । ट्याक्टरलाई बाट छुटाउन प्रहरीले आन्दोलनकारीमाथि लाठी प्रहरी गरेको थियो । जथाभावी लाठी प्रहार गर्न थालेपछि त्यही राजाराम बेहोस भएर ढले । बहोस भएर ढलेका राजारामलाई प्रहरीले भ्यानमा राखि अस्पताल पुर्याएका थिए । अस्पताल पुगेपछि मृत घोषणा गरेको थियो (भिडियो हेर्न यहाँ क्लिक गर्नुस्) । प्रहरीले भन्छन् हर्ट एट्याक भएर लडेर मृत्यु भएको, आन्दोलनकारी भन्छन् प्रहरीले कुटेपछि बेहोस भएर लडि मेरेको । मैले भने महतोजी धन्यवाद मैले कुरा बुझि हाले । महतोजीको विवरण सुनेपछि म निष्कर्षमा पुगे कि झडपमा प्रहरीले आन्दोलनकारीलाई जथाभावी पिटेका होला कुनै त्यस्तै अंगमा चोट लागेका होला अनि बेहोस भएर मृत्यु भएको हुनसक्छ । 
महतोजीले मलाई बताएको सबै कुरा हुबहु विधानजीलाई टिपाई दिए । मन्त्रालयमा एकछिन् सहसचिव रामअधार साह सरलाई भेटेर । संसद सचिवालयतिर गए त्यहाँ तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग भेटभयो । उहाँलाई पनि मैले जनकपुर घटनाको बारेमा जिज्ञासा राखे । उहाँले पनि पुरै कन्फिडेन्टका साथ भन्नुभयो, राजाराम झालाई प्रहरीले हत्या गरेको हो । आन्दोलनको क्रममा प्रहरीले कुटीकुटी हत्या गरेको हो यसमा कुनै सन्देह छैन । ४ बजे ३० दलीय मोर्चाको बैठक बस्छ त्यसबारे थप निर्णय हुन्छ ।’ चार दल र संसदीय दलको बैठक चलिरहेको थियो म उतातिर गए तर जनकपुरको घटनालाई लिएर मेरो ध्यान मोर्चाको बैठकतिर नै थियो । संवाद समितिबाट बेलाबेलामा निस्किने सभासद्सँग त्यसभित्रको गतिविधिको बारेमा पनि सोध्थे जुन समाचार प्रयोजनको लागि थियो । 
सवाद समितिको बैठकको बारेमा रिपोर्टिगं गर्न उपस्थित भएका पत्रकारहरुको पनि कुरा सुने जनकपुर घटनालाई लिएर । कोही भन्दै थिए, मधेश फेरि जल्ने भयो । अब सविधान बन्दैन । सविधान बनेन भने यसको दोष मधेशवादी र माओवादीमाथि जानेछ । कोही भन्दैथिए । राजारामलाई कण्डकोषमा प्रहरीले हानेर मृत्यू भएको रे भन्दै हाँसेका पनि थिए । कोही भन्दै थिए आफै मरेकालाई इशु बनाएर अब मधेशवादी दलहरु आन्दोलन गर्ने भए रे आदि इतयादी कुराहरु गर्दै थिए पत्रकारहरु । साँझ ६ बजेतिर मोर्चाको बैठक सकियो । अध्यक्ष महेन्द्र यादवलाई फोन गरे । उहाँले रामराजालाई सहिद घोषणा गर्नुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने र ३० गते मधेश र थरुहटलाई बन्द गर्ने निर्णय भएको सुनाउनुभयो । प्रहरीले भ्यानमा राखेर अस्पताल लैजाने क्रममा प्रहरीले भ्यानभित्रै कुटीकुटी मारेको पनि मोर्चाले ठहर गरेको पनि उहाँले सुनाउनुभयो । एकछिनपछि त विज्ञप्ति नै हात लाग्यो । त्यसमा पनि त्यही कुराहरु उल्लेख थियो । 
म ६.३० बजेतिर अफिस (गोरखापत्र) फर्के । फेसबुक खोलेर हेर्छु छ सिरहामा पूर्व मन्त्री एवं मधेशी जनअधिकार फोरम नेपालका नेता राजलाल यादवलाई पनि प्रहरीले दमन गरेको कुटपिट गरेको समाचार थाह पाए । त्यसपछि फोरम नेपालले जारी गरेको विज्ञप्ति नै प्राप्त गरे । त्यसमा मधेस बन्दका क्रममा जनकपुरमा जनकपुर नगरपालिका वडा नं ४, धनुषाका २५ वर्षिय युवा राजाराम झाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, घटनाको छानविन, मृतकलाई क्षतिपूर्ति तथा शहीद घोषणा र दोषिमाथि तत्काल कारवाहीका लागि सरकारसंग जोडदार माग गर्दछौं ।
आजै मधेश बन्दको क्रममा प्रहरीको लाठीचार्जले सिरहाको लहानमा फोरम नेपालका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजलाल यादवसहित दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता सख्त घाइते भएका छन् ।
यसैगरी, हिजो साँझ बाराको कलैयामा निकालिएको शान्तिपूर्ण मसाल जुलूसमा प्रहरी लाठीचार्जले फोरम नेपालका पूर्वसभासद् प्रमोद गुप्तालगायत दर्जनौं नेता एवं कार्यकर्ता गम्भीर घाइते भएका छन् । यसरी प्रहरीको दमनपूर्ण कार्यको घोर भत्र्सना गर्दै यस्ता निन्दनीय कार्य तत्काल रोक्न पनि सरकारसंग जोडदार माग गर्दछौं भनि उल्लेख गरेको छ ।

No comments:

Post a Comment