Labels

Wednesday, January 1, 2014

फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिक विभाजनको संघारमा


गीतालाई सभासद बनाउन खोज्दा एक्लिए गच्छदार
काठमाडौ । मधेशवादी दलहरुले बुझाएको समानुपातिक सभासद्को नामप्रति पार्टीभित्र विवाद झाँगिदै गइरहेको छ । पार्टीका अध्यक्षहरुले समानुपातिको नाम बुझाउँदा मनोमानी गरेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले अध्यक्षको विरुद्धमा कडा कदम उठाउने तयारी गरिरहेका छन् ।
मधेशका ठुलो दल भनिने मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी विभाजनको कगारमा पुगेको छ । यसको नेतृत्व सो पार्टीका उपाध्यक्ष रामेश्वरराय यादवले गर्दैछन् । बुधवार नै उपाध्यक्ष यादवको नेतृत्वमा पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई भेटेर समानुपातिक सभासद्को नाममा संशोधन गरिएन भने कडा कदम उठाउने चेतावनी दिएको छ । गच्छदारसँग भेट्न उपाध्यक्ष रामेश्वर राय यादवका साथै महासचिव जितेन्द्र देव, उपाध्यक्ष दानबहादुर चौधरी, गोविन्द चौधरी, नसिर सिद्धिकी र सचिव रविन्द्र ठाकुर, भविन्द्र खत्वेलगायत केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।
फोरम लोकतान्त्रिकका पदाधिकारीद्वारा आयोगमा उजुरी

अध्यक्ष गच्छदारको मनोमानीको विरुद्धमा कैलाली क्षेत्र ३ बाट प्रत्यक्षमा चुनाव जितेका पार्टीका प्रवक्ता रामजनम चौधरी, केन्द्रीय सदस्यहरु मंगलप्रसाद थारु, मानबहादुर चौधरी र सरिफ अहमदले आफ्नो पदबाट राजिनामा दिइसकेका छन् । चुनावमा नारायणीभन्दा पश्चिमले पार्टीको इज्जत जोगाई दिएको हो तर सोही क्षेत्रलाई अपमान गरेको कारण पदबाट राजिनामा दिएको नेता चौधरीले बताए । यदि १० मध्ये ५ हामीलाई दिएन भने म सभासद् पदबाट पनि राजिनामा दिन्छु, चौधरीले भने ।
स्रोतका अनुसार पार्टी कार्यालयमा भएको भेटघाटमा यो पार्टी मधेशीको हो कि थारुको, यसरीव मनोमानी गर्न पाइन्छ । जजसलाई समानुपातिकमा ल्याउनु भएको छ त्यसले पार्टी चलाउने हो कि हामीले चलाउने हो । हाम्रो कुनै मूल्यांकन छ कि छैन । कुन व्यपारीसँग कति कति रकम लिनु भएको छ त्यसको जानकारी पनि चाहियोलगायतका कुराहरु पार्टी अध्यक्ष गच्छदारसमक्ष राखिएको थियो । छलफलमा सहभागि एक नेताका अनुसार अध्यक्ष गच्छदारले सबै त संशोधन गर्न सकिदैन तर एक दुईजनाको नाम संशोधन गर्न सकिन्छ भनि असन्तुष्ट नेताहरुलाई आश्वासन दिएका थिए ।रामश्वर यादवलाई यहाँ सुन्नुस त
तर ३ बजेसम्म अध्यक्ष गच्छदारबाट संशोधनको प्रस्ताव आउँला भनि प्रतिक्षा गरेर बसे तर कुनै प्रस्ताव नआएपछि बाध्य भएर बहुमत हस्ताक्षर गरेर निर्वाचन आयोगमा संशोधनको माग गर्दै निवेदन दर्ता गराएको छ । पार्टीका अध्यक्ष गच्छदारले मनोमानी ढंगबाट समानुपाति सभासद्को नाम सिफारिश गरेको छ यसमा आफूहरुको कुनै सहमति नरहेकाले आवश्यक छानविन गरी नाम संशोधन गर्न माग गरेको पार्टीका उपाध्यक्ष यादवले बताए ।
पार्टीका अध्यक्ष गच्छदारले योगेन्द्र चौधरी, सुमित्रा थरुनी, कल्पना चौधरी, दिनबन्धु आर्याल, पवनकुमार शारडा, आशा चतुर्वेदी, रमणी राम, डा.बाबुराम पोख्रेल, डा.सुवोध पोखरेल र गीता क्षेत्रीलाई समानुपाति सभासद्मा सिफारिश गरेका छन् । यसमा दुईजना मात्र मधेशी रहेका छन् भने तीनजना थारु र चारजाना पहाडि समुदाय तथा एकजना मारवाडि गरी १० जनाको नाम पठाएको छन् । यसमध्ये गीता राणा, डा.बाबुराम पोखरेल, सुवोध पोखरेल र पवनकुमार शारदाबाट रकम लिएर सभासद् बनाएको नेताहरुको आरोप छ ।
एक नेताले भने, अध्यक्ष गच्छदारले पठाएको नाममध्ये कुनैपनि नाम संशोधन नगर्ने पक्षमा देखिएको छन् । यता संशोधन नगरिए पार्टीमा विद्रोह गरी अध्यक्षमाथि नै आविश्वासको प्रस्ताव ल्याउने र नयाँ ढंगबाट अगाडि बढ्ने मनस्थितिमा पुगेका छन् रामेश्वरराय यादवहरु । अध्यक्ष गच्छदार ती पदाधिकारीहरुमध्येलाई छुट्टा छुट्टै भेट्ने प्रयासमा लागेका छन् तर उनीहरुले एक्ला एक्लै अध्यक्ष गच्छदारलाई नभेट्ने सहमति गरेको छ ।
त्यसैगरि फोरम लोकतान्त्रिक पार्टीका युवा विद्यार्थीहरुले पार्टी कार्यालयको चारैतिर कालो झण्डा झुण्डाएर विरोध जनाएका छन् । कालो झण्डा झुण्डाउँदा पार्टीका कर्मचारी र विद्यार्थीबीच झडप पनि भएको थियो । तर झुण्डमा गएका विद्यार्थीका सामुने दुईचारजना कर्मचारीको केही चलेन । विद्यार्थीका अध्यक्ष कपलेश्वर यादवले पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले मनोमानी ढंगबाट समानुपातिक सभासद्को नाम चयन गरेको प्रति घोर आपत्ति रहेको बताउँदै त्यसलाई तत्कालै संशोधन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।
  पार्टीको भित्रको विवादलाई समाधान नगरेको कारण निर्वाचन आयोगले तोकिएका म्याद पुस १५ गते समानुपातिको नामावली बुझाउन नसकिएका मधेशी जनअधिकार फोरम नेपाल बुधवार पनि दिनभरि छलफल गरेर बिताएको छ । समानुपातिकका लागि तोकिएको मापदण्ड अनुसार मिलाउन पार्टीभित्र छलफल भइरहेकाले ढिलाई भएको पार्टीका कोषाध्यक्ष रेणु यादवले बताए ।
उहाँले यसलाई विवाद भन्न मिल्दैन, अरु पार्टी जस्तो विवादस्पद जे पायौ त्यही निर्णय गर्दैनौ जो पछि विवाद होस् । लोकतान्त्रिक निर्णय तथा सबैलाई चित्त बुझ्ने खालको निर्णय गर्नका लागि अलि समय लागेको बताए । सबै प्रकृया मिलाएर विहिवारसम्ममा समानुपातिक नाम बुझाउने उहाँले बताए । फोरम नेपालले समानुपातिकमा ८ जना सभासद् प्राप्त गरेको छ । सबैले आआफ्नैतर्फ तानेका कारण विवाद नसुल्झेको एक नेताले बताए । समानुपातिक सभासद् चयनका लागि गठन भएको संसदीय बोर्डमा समानुपातिकमा उम्मेदवारीहरु नै निर्णयकर्ता भएकारण कारण विवादको किनारा नलागेको स्रोतको दावी छ । बोर्डमा उम्मेदवार वरिष्ठ नेता भरतविमल यादव, महासचिव रामसहाय यादव, सचिव रत्नेश्वर कायस्थ र उपाध्यक्ष लालबाबु राउत रहेका छन् । सबैलाई आआफ्नै बारे दावी छन् ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आफ्नै श्रीमती सरिता यादवको नाम समानुपातिकमा पठाएपछि सो पार्टीका केन्द्रीय सदस्यहरुले अध्यक्षमाथि अश्विासको प्रस्ताव लग्ने तयारी गरिरहेका छन् । पार्टीका वरिष्ठ नेता राजलाल यादवले अध्यक्ष राजकिशोर यादव पार्टीभित्र मनोमानी गरेको हो, त्यस विषयमा साथीहरुको बीचमा छलफल भइरहेको बताउनुभयो । अब यस हिसाबले पार्टी चल्दैन, उहाँले भन्नुभयो, हेर्नु होला अब त्यो पार्टीमा कोही पनि बस्दैन हुँदा हुँदै श्रीमान श्रीमती मात्र बाँकी रहनेछ ।’

सिरहाको लहानमा केन्द्रीय समितिको बैठकमा समानुपातिकमा पार्टीका कुनै क्याडरलाई नै समानुपातिक सभासद्मा पठाउने भनि निर्णय भयो र व्यक्ति रोजने जिम्मा अध्यक्षलाई दियो र निर्णयमा हस्ताक्षर पनि गराइयो त्यही हस्ताक्षरको फाइदा उठाएर पार्टीको कुनै क्याडर त होइन राजनीतिकको ज्ञान नै नभएका आफ्नो श्रीमतीको नाममा निर्वाचन आयोगमा पठाए ।
यसैबीच तराई मधेश लोकतान्त्रिक पार्टी र संघीय सद्भावना पार्टीभित्र पनि विवाद देखिएको छ । केन्द्रमा हालसम्म औपचारिक रुपमा कसैले नबोलेपनि जिल्लाहरुमा विरोधका कार्यक्रमहरु भएका छन् । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफ्नै श्रीमती डिम्पल झालाई समानुपातिक सभासद् बनाएकोमा रौतहट जिल्ला कार्य समितिले विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका छन् । अध्यक्ष झा रौतहटको क्षेत्र नं. १ बाट पराजित भएका हुन् । तमलोपा पार्टीको रुपेन्देही कार्य समितिले अध्यक्ष महन्थ ठाकुरको पुतला जलाएको छ ।


No comments:

Post a Comment