Labels

Tuesday, January 28, 2014

कार्यदलले अध्यक्षलाई बुझाएको प्रतिवेदनमा के छ ?


सुरेशकुमार यादव
काठमाडौ माघ १४ गते । मधेशका तीन दलबीच हुन लागेको एकीकरणलाई मूतरुप दिनका लागि गठित कार्यदलले मंगलवार आफ्नो प्रतिवेदन बुझाएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच हुन लागेको एकीकरण प्रकृयाबार विस्तृत अध्ययन गरी कार्यदलले प्रतिवेदन बुझाएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी गराउनु भयो ।
सद्भावना पार्टी कार्यालयमा बसेको बैठकमा १५ सदस्यीय कार्यदलले बुझाएको ६ बुँदे प्रतिवेदनमा कुनै पनि विषयमा टुगों लगाएको छैन । पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, कार्यसमिति शासकीय स्वरुपलगायतको विषयमा टुगों नलगाईकन अध्यक्ष मण्डलीलाई प्रतिवेदन बुझाएको छ ।

तीनटै पार्टीको नामसँग मिल्ने शब्द राखि पार्टीको नाममा सद्भावना लोकतान्त्रिक फोरम, तराई मधेश सद्भावना फोरम र समाजवादी लोकतान्त्रिक पार्टी गरी तीनवटा नाम कार्यदलले सिफारिश गरेको छ । एकीकृत पार्टीका लागि हुने झण्डामा पनि कुरा मिलेको छैन प्रतिवेदनमा तीनटै पार्टीले आआफनै पार्टीको झण्डा यथावत् राखेको छ । फोरम नेपालको हरियो र रातोको बीचमा रहेका सेतो भागमा एउटा तारा भएको झण्डा रहेको छ भने सद्भावना पार्टीको पनि हरियो र रातोको बीचमा रहेको सेतो भागमा तीर रहेको झण्डा रहेको छ । त्यस्तै तमलोपाको हरियो रातोकोबीच जोडा गोरु भएको झण्डा रहेको छ ।
पार्टीको सांगठनिक संरचनामा दुईवटा मोडेल प्रस्तुत गरेका छन् । एउटा तीनैजनाको
 बराबर हैसियत हुने गरी अध्यक्ष मण्डल रहने छ भने अर्को एकजना अध्यक्ष र दुईजना कार्यकारी अध्यक्ष रहने मोडल प्रस्तुत गरेका छन् । चुनाव चिन्हमा फोरम नेपालको हातले समातिएको मसाल र सद्भावना पार्टीको तीर छाप गरी दुईटा चिन्ह प्रतिवेदनमा उल्लेख छन् । तमलोपाले भने आफ्नोतर्फबाट चुनाव चिन्हमा कुनै इच्छा देखाएको छैन् ।
शासकीय स्वरुपमा तमलोपा र सद्भावना पार्टीको प्रधानमन्त्रीय प्रणाली र फोरम नेपालको राष्ट्रपतीय प्रणाली यथावत् रहेको छ । तीनै दलको आआफ्नो अडान प्रतिवेदनमा समेटिएको छ । राज्य पुनः संरचनाको सम्बन्धमा तीनै दलको धारणा एउटै रहेको प्रतिवेदनमा समेटीएको छ । स्वायत्त मधेश प्रदेशसहित राज्यपुनःसंरचना उच्च स्तरीय आयोगले बुझाएको बहुमतीय प्रतिवेदन अनुसारको प्रदेश हुनुपर्ने तीन दलमा एकमत देखिएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदन तीनजना अध्यक्षले अध्ययन गरी सहमति भइसकेका विषयलाई यथावत् राखी सहमति हुन नसकेका विषयमा तीनजना अध्यक्षले टुगों लगाउने म्याण्डेट समेत कार्यदलले दिएको छ । प्रतिवेदनमाथि छलफल भएपछि माघको अन्तिम तथा फागुनको पहिलो हप्तातिर पार्टी एकीकरणको घोषणा गर्ने बैठकमा सहभागि एक नेताले बताउनुभयो ।

No comments:

Post a Comment