Labels

Friday, January 3, 2014

सविधानसभामा ८५ र २५ को चर्चा


काठमाडौ पुस १९ गते । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र पूर्वमन्त्रीका पत्नी सरिता यादवकै चर्चा यतिखेर बजारमा । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले ९९ जना नेतालाई छाडेर अफ्नै श्रीमती सरितालाई सभासद् बनाएको चर्चा सेलाउन नपाउँदै सविधानसभाका सबभन्दा कान्छी सभासद् उहाँ नै भयो भनि चर्चाले बजार लिएको छ ।
त्यस्तै संशोधित राजावादीले गणतन्त्रका सविधानसभालाई सभापतित्व गर्दैछन् भने कुराले पनि बजार लिएको छ । यी दुईको चर्चा हुनुको कारण सविधानसभामा सरिता सबभन्दा कान्छी हुनुभयो भने सूर्यबहादुर थापा सबभन्दा पाको र ज्येष्ठ हुनु भयो । सरिताको उमेर २५ रहेको छ भने सूर्यबहादुर थापाको उमेर ८५ ।
पहिलो सविधानसभा र समानुपाति सभासद्को नतिजा सार्वजनिक नहुँदासम्म सबभन्दा कान्छो सभासद्को रुपमा रहेका मधेशी जनअधिकार फोरम नेपालका अभिषेकप्रताप शाहलाई उछिनिदै सविधानसभाको सबभन्दा कान्छो सभासद् सरिता यादव हुनु भएको छ ।

निर्वाचन आयोगले विहिवार सार्वजनिक गरेको प्रत्यक्ष र समानुपातिक गरी पाँचसय ५७ सभासद्मध्ये मधेशी जनअधिकार फोरम गणतान्त्रिकका सरिता सबभन्दा कान्छो सभासद् हुनु भएको छ भने सूर्यबहादुर थापा सबभन्दा ज्येष्ठ । सभासद् बन्ने न्यूनतम उमेर हद नै २५ वर्ष रहेको छ भने सभासद् हुन नसक्ने अन्तिम उमेरको हद तोकेको छैन ।
सरिता यादव फोरम गणतान्त्रिकका अध्यक्ष एवं पूर्व सञ्चार मन्त्री राजकिशोर यादवका श्रीमती हुनुहुन्छ । पार्टीले समानुपातिकमा एउटा सीट पाएको थियो, त्यसमा अध्यक्ष यादवले आफ्नै श्रीमती सरिता यादवलाई पठाउँदा पार्टीभित्र विवाद पनि उत्पन्न भएको छ । पार्टीका नेताहरुले अध्यक्षमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको पनि बताइन्छ ।
कपिलवस्तु क्षेत्र नं. ५ बाट प्रत्यक्षमा जित्नु भएका यसअघिका कान्छो सभासद्को उमेर हाल ३१ वर्ष पुगेको छ । सरिता यादवबाहेक अन्य सभासद्हरु २८ र त्यसभन्दा भन्दा माथिकै रहेक छन् । पहिलो संविधानसभामा ज्येष्ठ सभासद्को रुपमा काँग्रेसका कुलबहादुर गुरुङ हुनुहुन्थ्यो जसले सविधानसभा बैठक सञ्चालन गर्ने मौका पनि पाउनु भएको थियो । अहिलेको उहाँको उमेर ७७ पुगेको छ र काँग्रसबाट समानुपातिक सभासद् पनि हुनुहुन्छ । अहिलेको सविधानसभा सञ्चालन गर्ने मौका ८५ वर्षीया सूर्यबहादुर थापाले पाउने भएको छ । यसअघि पनि सूर्यबहादुर थापा जितेको भए सविधानसभाको सभापतित्व ग्रहण गर्ने मौका उहाँले नै पाउनु हुन्थ्यो तर यसपाली उहाँ समानुपातिकबाट सभासद् बने पछि सो सौभग्य पाउनु भएको छ ।

 

No comments:

Post a Comment