Labels

Monday, January 20, 2014

नेताजी तपाई आफ्नो काम गर्नुस् पत्रकारलाई आफ्नो काम गर्न दिनुस्, भन्नु यति हो

लगभग १० वर्षदेखि मुलधारको पत्रकारीतमा मधेशका लागि मैले निरन्तर कलम चलाउँदै आइरहेको छु । जहिले पनि मधेशकै लागि लेखे विभिन्न साप्ताहिक, मासिक, पाक्षिक तथा दैनिक पत्रिकाहरुमा । सामाचारको मामलामा कसैसँग कहिले सम्झौता गरिन । तर, यस अवधिमा थुप्रै मधेशी नेताहरुलाई नजिकबाट चिन्ने मौका पाए । आफ्नो स्वार्थ पुरा हुने अवस्था छ भने जुनसुकै सुचना फोन गरेर वा घरमै बेलाएर दिन्थे । जहाँ आफ्ना अनुकुल छैन, त्यहाँ सुचना दिनु कहाँ हो कहाँ उल्टै आदर्शवादी कुरा सुनाएर पठाउँथे । यहाँ कसैको नाम उल्लेख गर्नु सान्दर्भिक ठानिन किनभने यो पनि पत्रकारीताको धर्मभित्र पर्छ । 

    म अहिले थुप्रै नेतालाई सम्झिन चाहन्छु जो मन्त्री बन्न नपाएको झोकमा आफ्नै पार्टीको भित्री कुराहरु दिएर सामाचार छाप्न लगाएका थिए । पार्टीको कुनै पद नदिँदा, पार्टीभित्र अवसर नदिँदालगायतको अवस्थामा बोलाई बोलाई सुचना दिने काम यिनी नेताहरुले गरेका छन् । यहाँसम्म कि यो लेख्नु यो नलेख्नु भनि निर्देशनात्मक शैलीमा दिन्थे । समाचार दिन्छु तर मेरो नाम आउनु हुँदैन पनि भन्थे । र, स्रोत पत्रकारको सबभन्दा ठुलो सम्पत्ति हो । र मैले लेख्ने समाचारमा आजसम्म कहिले पनि स्रोतलाई अप्ठ्यारो पार्ने काम गरिन् । आउने दिनमा गर्दिन पनि तर आज त्यही नेताहरु मेरो सामुने ठुलो बन्न चाहेका छन् ।
    आज यी कुराहरु किन लेख्दैछु भने केही दिनदेखि मधेशका केही नेताहरु मेरो समाचारलाई लिएर निकै आलोचनात्मक ढंगबाट टिप्पणीहरु गरिरहेका छन् । तीन दलको एकीकरण प्रकृयाको बारेमा मैले जसरी समाचार लेखे त्यो एउटा पत्रकारको धर्म पनि हो र त्यही धर्म मैले निर्वाह गरे । मैले लेखेको सामाचारले एकीकरण प्रकृया अवरुद्ध होला जस्तो मलाई लाग्दैन ।  म पनि मधेशमा एकीकरण होस् भनि चाहन्छु, र मेरो सकारात्मक सहयोग पनि छ । मधेशी तीन दलको बैठकमा कुन पार्टीबाट एकीकरणका लागि कस्तो धारणा आयो त्यो समाचारको रुपमा सम्प्रेशन गरे । गत शनिवार बसेको तीन दलको बैठकमा केन्द्रीय समिति कति सदस्यीय हुनुपर्छ र त्यसका लागि कुन दलले के कति प्रस्ताव गरे त्यति मात्र आफ्नो ब्लगमा के लेखेका थिए । नेताहरुको निन्द हराम भयो । बैठकमा अरु के के खिचरी पाक्छ, कसको बारेमा के टिक्का टिप्पणी गर्छ सबै सुचना मसँग सुरक्षित छ यदि सबै हुबहु राख्यो भने के हालत हुन्छ ती नेताहरुको । केन्द्रीय समिति कति सदस्यको हुनुपर्छ भनि फोरम नेपालले गरेको प्रस्ताव, तमलोपा र सद्भावनाले गरेको प्रस्ताव बाहिर ल्याई दिए त के गल्ति गरे । यो सुचना त समान्य सुचना हो जस्तो लाग्छ तर त्यति पनि पचेन उनीहरुलाई र टिक्का टिप्पणी गर्न थाले । यहाँ क्लिक गर्नुस् मधेशमा हुन लागेको एकीकरण पार्टीमा कति सदस्य राख्ने जान्नलाई त यो पढ्नैपर्छ
    आज (सोमवार) पनि बैठक थियो । आजको बैठकमा एकीकृत पार्टीको अवधारणापत्रको बारेमा छलफल भयो । त्यहाँ स्वायत्त मधेश प्रदेशबारेमा सहमति भएपनि शासकीय स्वरुपको बारेमा कुरा मिलेन ।
उपेन्द्र यादवको फोरम नेपाल राष्ट्रपतीय प्रणालीकै अडानमा रहे भने सद्भावना पार्टी र तमलोपा प्रधानमन्त्रीय प्रणालीमा अडिग रहे । यसलाई अर्को बैठकबाट टुगों लगाउने कुरा भएको छ । यसबाहेक अरु थुप्रै कुराहरु त्यहाँ भएका छन् यहाँ उल्लेख गरियो भने हल्ली खल्ली हुन्छ । जनताले सुचना कति पचाउँछन कति पचाउन सक्दैनन् त्यो कुराको ज्ञात पत्रकारलाई अवश्य हुन्छ । नेताजीहरु चिन्ता नलिनुस् । यदि तपाईहरु इमान्दारीपूर्वक एकीकरणमा लाग्नु भएको छ भने यस्ता झिना मसिना सामाचारबाट नतिर्सिनुस् । पत्रकारलाई आफ्नो काम गर्न दिनुस् तपाई आफ्नो काम गर्नुस् भन्न खोजिएको यति हो ।

1 comment:

  1. Very good Suresh Jee. you are doing excellent job...Keep it up and thanking you your important information...

    ReplyDelete