Labels

Tuesday, January 7, 2014

मैथिली कला सँस्कृतिको जगेर्नामा सञ्चारको भूमिका

सुरेशकुमार यादव
काठमाडौ पुस २१ ग्ते । उपराष्ट्रपति परमानन्द झाले मैथिली कला–संस्कृति तथा चलचित्रको उत्थान तथा विकासका लागि प्रचारप्रसार हुनुपर्ने बताउनु भएको छ । त्यसका लागि मिडियाको मुख्य भूमिका रहेको बताउँदै उहाँले प्रचार प्रसारको अभावमा मैथिली सँस्कृति लोप हुँदै गएको धारणा राख्नु भयो ।

मैथिली सिने संसारको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति झाले मैथिली कला सँस्कृति मात्र होइन कि नेपालकै मौलिक कला सँस्कृति लोप हुँदै गइरहेकाले त्यसलाई जगेर्ना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
देशको कला, सँस्कृति नै त्यसको पहिचान हो र त्यो लोप हुनु भनेको पहिचान लोप हुनु हो, उहाँले भन्नुभयो, सञ्चारको युगामा यो कुरालाई बुझ्न सकिएन भने लोकसँस्कृतिलाई बचाउन सकिदैन त्यसैले राज्यले यसको जगेर्ना गर्न ध्यान त दिनैपर्छ तर त्यसका लागि सञ्चारले विशेष भूीमका खेल्नुपर्छ ।’ उहाँले यस क्षेत्रलाई जोगाउनका लागि आफूले खेल्नुपर्ने हरेक भूमिका खेल्ने समेत प्रतिवद्धता जनाउनु भयो ।
गायक तथा सङ्गीतकार गुरुदेव कामतले मैथिली चलचित्रका लागि लगानीकर्ता भएपनि स्तरीय फिल्मको अभावले दर्शकमाझ स्थान लिन नपाएको गुनासो गर्दै यसका लागि तालिम केन्द्रको स्थापना हुनुपर्ने कुरामा जोड दिनुभयो । मैथिली सिनो संसारका सम्पादक कमल मण्डलका अध्यक्षतामा भएको कार्यक्रममा डा गङ्गाप्रसाद अकेला, गायक रामा मण्डल, प्राज्ञ रामभरोष कापडीलगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।

No comments:

Post a Comment