Labels

Thursday, January 2, 2014

लामो छलफलपछि फोरममा को को हात पारे सभासद् ?


लामो बहस र छलफलपछि मधेशी जनअधिकार फोरम नेपालले आज अन्तिम दिन बल्ल समानुपातिकको नाम बुझाउन सकेको छ । १५ गते नै बुझाउनुपर्ने लिस्ट पार्टीभित्रको विवादका कारण तीन ढिलो गरी नाम बुझाएको हो । पार्टीका वरिष्ठ नेता भरत विमल यादव, महासचिव रामसहाय यादव, सचिव रत्नेश्वर कायस्थ र उपाध्यक्ष लालबाबु राउतबीच नै प्रतिस्पर्धा देखिएको कारण लिस्ट बुझाउनु ढिलो भएको बताइन्छ ।
यद्यपी आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रिपतिलाई बुझाउँदा बुझाउँदै फोरम नेपालको लिस्ट गएको हो ।
     विवादका कारण पहिलो बैठकबाट रत्नेश्वर कायस्थ र रामसहाय यादव असन्तुष्ट भएर बैठकमा जान छाडेका थिए । पदाधिकारीमध्ये पार्टीका उपाध्यक्ष लालबाबु राउतले समानुपातिक सभासद् बन्न सफल हुनु भएको छ । त्यस्तै एमाओवादीबाट फोरममा प्रवेश गर्नु भएका पूर्व सभासद् लक्ष्मीकुमारी चौधरी (सप्तरी), महिला फोरमकी केन्द्रीय सदस्य उषा यादव (सिरहा),केन्द्रीय सदस्य एवं अनुशासन समितिका सदस्य डा.शिवजी यादव, विदेश विभागका सदस्य छयाँ शर्र्मा (काठमाडौ), महिला फोरम रुपन्देहीका अध्यक्ष जन्नतुन निसा धुनिया र श्रवण अग्रवाल समानुपातिकमा सभासद्मा पर्नु भएको छ । अग्रवाल यसअघि पनि फोरम नेपालको समानुपातिक सभासद् हुनुहुन्थ्यो । धनाढ्य उपेन्द्र महतोका भाइ जो चुनाव अघि फोरम नेपालमा प्रवेश गरेका थिए वीरेन्द्र महतो पनि सभासद् बन्न सफल हुनुभयो । उहाँ सिरहाको क्ष्ोत्र नं. ५ बाट प्रत्यक्षमा चुनाव लड्ने घोषणा गर्नु भएको थियो तर प्रचण्ड त्यहाँबाट लड्ने भएपछि महतो ब्याक भएका थिए ।
फोरम नेपालले आफ्नो समानुपातिको लिस्ट बुझाई सकेपछि सोही पार्टीबाट प्रत्यक्षमा जित्नु भएका अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमा यस्तो लेख्नुभयो ।Proportionate Representative Electoral System adopted here in Nepal has only increased corruption and dissatisfaction amongst party leadership and honest party cadres, I am against this tainted system and will try my level best to abolish this unwanted system from Nepal.अभिषेशको फेसबुकमा जानका लागि
 


No comments:

Post a Comment