Labels

Wednesday, January 1, 2014

हाइव्रिड बीउ बनाउन नेपालीलाई नै प्रोत्सहन गर्नुपर्ने

  • सुरेशकुमार यादव

काठमाडौं, पुस १७ गते । मोनसान्टो कम्पनीले उत्पादन गरेको जिएमओ जातको बीउ नेपालमा भित्रिएका चर्चा चलिरहेको बेला हाइब्रीड जातका बीउ पनि विदेशबाट आयात गर्न नहुने माग उठ्न थालेको छ ।
सरकारको लापरवाहीको कारण हाइव्रिडको नाममा जिएमआ जातको बीउ आयात हुने संभावना भएकाले हाइब्रिड बीउकाृ नाममा वर्षेनी अर्वौ रुपैयाँं विदेशिने हुनाले त्यसलाई रोक्न नेपालमै सो जातको बीउ उत्पादन गर्नुपर्ने माग उठेको छ । 

युवा किसान संघ नेपालले बुधवार पत्रकार सम्मलेन गरी  कुनै पनि विदेशी कम्पनीको बीउ नेपाल भित्रिन नदिएर स्वदेशमै बीउ उत्पादन गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाव दिएको छ । संघका अध्यक्ष बाबुराम थापाले हाईब्रिड बीउको नाममा जिएमओ बीउ भित्र्याई रहेको आरोप लगाउनुभयो ।
बहुराष्ट्रिय कम्पनीबाट आयात हुने विभिन्न प्रकारका बीउका कारण स्थानीय जातका बीउहरु मासिने तथा लोप हुने खतरा भएकाले आयात तथा बिक्रि बितरणमा रोक लगाउनुपर्ने माग संघल गरेको छ । सरकारले बाहिरबाट आउने सबै प्रकारका बीउको आयात तत्कालै रोक्नुपर्छ, हाम्रै स्थानीय जातको बीउलाई प्रोत्साहन गरेर नेपाली किसानले दाना नलागेर वर्षेनी भोग्ने समस्याबाट निकास दिनुपर्छ, संघका अध्यक्ष थापाल भन्नुभयो ।
 बीउ आयात गर्न गरिने परीक्षणलाई कडाई गर्नुपर्ने माग गर्दै उनले एउटा बीउ आयात गर्न गरिने परीक्षण एक पटक मात्रै होइन, बरु जति पटक आयात हुन्छ, त्यति पटक परीक्षण गर्नुपर्ने सरकारसँंग माग गरेका छन् । महासचिव लेखराज गौतमले आनुवांशिक मकैको बीउको आयात तत्काल प्रतिवन्ध गर्नुपर्ने, माध्यमिक तहसम्म कृषि र प्राविधिक शिक्षाको व्यवस्था गर्नुपर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा कृषि प्राविधिक शिक्षालयको व्यवस्था गर्नुपर्ने र गाउँ विकास समिति स्तरीय कृषि तथा प्राविधिक सेवा केन्द्रको स्थापना गर्नुपर्नेलगात १० बुँदे माग सरकारसँग माग गरेको बताउनुभयो ।  
       

No comments:

Post a Comment