Labels

Tuesday, January 28, 2014

सुशील कोइराला पक्का भएपछि माधवलाई भारतमा राजकीय सम्मान

काँग्रेसको संसदीय दलको नेतामा सभापति सुशील कोइराला तय हुने वित्तिकै प्रधानमन्त्रीको बाटो पनि खुलेको छ । यद्यपी भारतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाहेका थिए तर शुशील कोइराला प्रधानमन्त्री बन्ने पक्का भएपछि अब एमालेका नेता माधवकुमार नेपाललाई भारतले अघि सारेको छ । त्यसका लागि विशेष सम्मानका साथ भारतले फरवरी ५ तारिखका दिन आफ्नो देश बोलाएको छ ।
  नेपालको विभिन्न राजनीतिक घटनाक्रममा शुशीलले भारतलाई साथ नदिएको, सभासपति भएपछि भारतले भ्रमणको निमन्त्रणा दिँदा
अस्विकार गरेको,  अख्तियार प्रमुख नियुक्तिको विरोध गर्नुलगायतको घटनाले गर्दा भारतले कोइरालाई मन पराउँदैनथे । त्यही कारणले भारतको लिस्टमा कोइराला कहिले परेन । स्रोतले भने, पहिलो सविधानसभा ताका पनि भारतले कोइरालालाई प्रधानमन्त्री बनाउन खोजेका थिए तर उनले ठाडै इन्कार गरेका थिए । त्ययसकारणले काँग्रेस पार्टीभित्र विकल्पको रुपमा देउवालाई अगाडि बढाउँदै आएका थिए तर पार्टीका उपसभामुख रामचन्द्र पौडेलले धोका दिएपछि शुशील कोइराला संसदीय दलको नेताको पद हात पारे । स्रोतका अनुसार पौडेलले देउवालाई सकाउने प्रतिवद्धता भारतसमक्ष गरेका थिए । प्रतिवद्धताबाट मुख फेरेर कोइरालालाई सघाएका थिए । अब विकल्पको रुपमा माधवकुमार नेपाललाई भारत बोलाएको छ ।

No comments:

Post a Comment