Labels

Wednesday, January 1, 2014

चारप्रतिशत महिलाको मात्र भूस्वामित्व


  • सुरेशकुमार यादव

काठमाडौ पुस १६ गते । पछिल्लो राष्ट्रिय कृषिगणना अनुसार १९ प्रतिशत महिला कृषिमा प्रत्यक्ष रुपमा सहभागि रहेको देखाएका छन् । भूमिमा महिलाको स्वामित्व बढाउन सके कृषिमा महिलाको सहभागितालाई अझै बढाउन सकिने विज्ञहरुले बताएका छन् ।
नेपाल कृषि पत्रकार प्रतिष्ठानद्धारा आयोजित कृषिमा महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा कृषि क्षेत्रमा महिलाको बढ्दो सहभागिता कृषिको व्यवसायीकरणका लागि उत्साहजन भएपनि भूमिमा महिलाको स्वामित्वको अवस्था निरासाजनक रहेको सहभागि व्यक्तित्वहरुले बताएका छन् । सल्भ नेपालका अध्यक्ष नारायण जोशीले पुरुषहरु वैदेशिक रोजगारमा जाने क्रमले महिलाहरुलाई आफै व्यवसाय गर्न बााध्य बनाएपनि आफै स्वामित्वको भूमि नभएको कारण महिला कृषकमा निराशा देखिएको बताउनुभयो ।

देशको मुख्य आर्थिक उपार्जनको स्रोत कृषि भएको र यसमा जीडीपी कसरी बढाउन सकिन्छ भन्ने विषयमा बहस शुरु भएको छ । कृषि उत्पादनले ३५ प्रतिशतसम्म जीडीपीमा दिइरहेको योगदान र यसबाट लगभग २२ प्रतिशत जनताले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । कृषिमा महिलाहरूको सहभागिता र योगदानको कुरा गर्दा महिलाहरूको कृषि साधनमा स्वामित्वको कुरा उठाउनु स्वभाविक हो । जमिनमाथिको स्वामित्वको हिसाबले कुल कृषि भूमिको ४.४ प्रतिशतमा मात्र महिलाको स्वामित्व रहेको पाइएको छ । कृषिक्षेत्रको श्रमशक्तिमा महिलाहरूको अहम् भूमिका हुन्छ । धानको रोपाइँदेखि लिएर सबै किसिमका अन्न भित्र्याउने कार्यमा ग्रामीण भेगमा महिलाहरूकै बाहुल्यता रहेको पाइन्छ । एक तथ्यांकअनुसार कुल श्रमिक महिलामध्ये कृषिमा आबद्ध हुने महिला ८९ प्रतिशत छन् बाँकी ११ प्रतिशत गैरकृषिमा क्षेत्रमा कार्यरत छन् ।
सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रधानले कृषि क्षेत्रमा महिला सहभागिता बढाउनका लागि सबैभन्दा पहिले भूमिमा महिलाको अधिकार सुनिश्चित हुनपर्ने बताउनु भयो । चौतर्फी दवावपछि महिलाका नाममा जग्गा रजिष्ट्रलाई सरकारले प्रोत्साहित गरेको भएपनि कार्यान्वयन चुुनौतीपूर्ण रहेको उहाँले बताउनु भयो । कतिपय ठाउँमा श्रीमान् र श्रीमतिको सयुक्त लालपूर्जा बनाउने क्रम सुरु भएपनि अधिकाँस महिलाले यस अभियानमा आफ्नै परिवारबाट अवरोध खेप्नुपर्ने अवस्था छ ।
कार्यक्रममा ललितपुर जिल्ला भूमि अधिकार मञ्चकी अध्यक्ष तथा अगुवा कृषक महिला सुभद्रा बजगाँईले भूमिमा महिला स्वामित्वको अभियान चुनौतीपूर्ण रहेको बताउनुभयो । निरन्तरको प्रयासपछि आफ्नो र श्रीमान्को नाममा सयुक्त लालपूर्जा बनाउन सफल भएको पनि उहाँले सुनाउनु भयो । सल्भ नेपालको व्यवस्थापन र लुथरन विश्व फेडरेसन नेपालको सहयोगमा ललितपुर जिल्लाका भारदेउ, चौघरे, देवीचौर, घुसेलर भटट्ेडाडा गाउँ विकास समितिहरुमा गरिबी र लैगिक अन्यायविरुद्ध महिला सहकारी कार्यक्रम सञ्चालन भइरहेको छ । सोही कार्यक्रममार्फत स्थानीय महिलाहरु व्यवसायीरुपमा कृषि तथा पशुपालनमा लागेर आत्मनिर्भर बनेका छन् । उल्लेखित महिला सहकारीहरुमा हालसम्म १ एक २१ लाख २१ लाखभन्दा बढी निक्षेष रहेको पनि जनाएको छ ।
कृषिविज्ञ भोलामान सिंहका अनुसार आम्दानी मात्र होइन, खन्ने र गोडमेल गर्ने जमिनको स्वामित्व पनि उनीहरूसँग छैन । राष्ट्रिय जनगणना २०६८ अनुसार कुल परिवार सङ्ख्याको जम्मा २० प्रतिशत महिलासँग मात्र जमिनको स्वामित्व छ । स्वामित्व भएपनि जमिनको विषयमा आफैँ निर्णय गर्ने क्षमता राख्दैन ।’ पछिल्लो जनगणनाले महिला परिवारमूली रहेको परिवारको सख्याँ २६ प्रतिशतको हाराहारीमा रहेको देखाएको छ ।

No comments:

Post a Comment