Labels

Wednesday, March 12, 2014

तीन दलको एकीकरणमा लुकामारी खेल


काठमाडौ फागुन २८ गते । मधेशका प्रमुख तीन मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच अहिले एकीकरणका लागि लुकामारी खेल भइरहेका छन् । फागुनको पहिलो साता यी तीन दलबीच हुने औपचारीक छलफलका लागि २५ गतेपछिका लागि बैठक तय भएको थियो तर आज तीन दिनभयो, तीन नेताको बीचमा लुकामारीको खेल भइरहेका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पर्खाईमा एकीकरण लम्बिएको छ मानौ उपेन्द्र यादवको पार्टी एकीकरणमा नगए एकीकरण नै हुँदैन । फागुन २६ गते बस्ने बैठकका लागि तमलोपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवलाई सम्पर्क गर्दा उनले आफू राजविराजमा भएको कारण बैठकमा आउन सम्भव हुँदैन भोली गरौन भने । फागुन २७ गते ठाकुरले उपेन्द्रलाई सम्पर्क गर्दा काठमाडौ आउँदैछु, पथलैया आइपुगेको छु, सबेरै आए भने आजै बसौला नभए भोली बसौला पनि जवाफ फर्काए । उपेन्द्र यादव २७ गते साँझ काठमाडौ आइसकेपछि २८ गतेका लागि बैठक तय भयो । २८ गते तमलोपाको कार्यालयमा महन्थ ठाकुर र राजेन्द्र महतो आईपुगे तर उपेन्द्र यादव अनुपस्थित भए अनुपस्थित भएपछि ठाकुरले फोन लगाएपछि उपेन्द्र यादवको फोन स्विच अफ पाएपछि दुवैजना जिल्ल खाए । निर्णायक बैठक बस्ने भनिएकोमा उपेन्द्र यादवको अनुपस्थिति बैठक हुन सकेन ।
त्यसपछि राजेन्द्र महतोले अब त अति भो, अब हामी नै अगाडि बढ्नुपर्छ, उपेन्द्रजीको कति प्रतिक्षा गर्ने भनेपछि महन्थ ठाकुरले पार्टी एकीकरणको प्रकृयामा छ, बैठक बस्नमा ढिलाई भएको मात्र हो, एकपटक उपेन्द्र यादवसँग कुरा नभएसम्म यसै अगाडि बढ्नु हुँदैन भनि महतोलाई सम्झाई बुझाई पठाएको तमलोपा स्रोतले जनाएको छ । त्यसपछि महन्थ ठाकुर गए आफ्नो छोरीको विदागरी गराउन उमाकान्त झाको घर र राजेन्द्र महतो गए आफ्नो पार्टीको कार्यसम्पादनको बैठकमा । स्रोतले भने, जबसम्म २६ जना मनोनित सभासद्को टुगों लाग्दैन तबसम्म एकीकरणको कुरा यस्तै हुन्छ ।

No comments:

Post a Comment