Labels

Monday, December 9, 2013

गच्छदारले भने, मोर्चाबन्दी तथा गठबन्धनले देशमा द्धन्द हुन्छ


सुरेशकुमार यादव
काठमाडौ मंसिर २४ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सविधानसभाबाट नै हरेक समस्याको समाधान गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई आग्रह गर्नुभएको छ ।
दोस्रो सविधानसभाको चुनावमा धाँधली भएको भन्दै एमाओवादीले छानविन नभएसम्म सविधानसभामा भाग नलिने तथा समानुपातिकको नाम समेत नपठाउने अडान गलत रहेको बताउँदै अध्यक्ष गच्छदारले सविधानसभाबाट नै निर्वाचनमा भएको धाँधलीबारे छानविन गरी त्यसलाई समाधान गर्ने बाटोतिर लाग्न सुझाव दिनुभयो ।
दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्न सोमवार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सविधानसभा चुनावमा धाँधली भएको कुरा आफ्नो पार्टीले पनि भरिहेको र त्यसका लागि उच्च स्तरीय छानविन आयोग गठन गरी छानविनको माग समेत गरेको हो तर सविधानसभा अवरुद्ध गरेर होइन त्यहाँ बहस र छलफल चलाएर समाधान गर्ने बताउनुभयो ।
बल्ल बल्ल भएको चुनावबाट गठन हुने सविधानसभालाई नै बहिष्कार गर्ने हो भने देशमा झन द्धन्द बढ्ने भएकाले सहमति र सहकार्यबाट सबै कुराको समाधानतिर दलहरु लाग्नु पर्ने उहाँको धारणा थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक समेत रहि सक्नु भएका अध्यक्ष गच्छदारले सहमति र सहकार्यको आवश्यकत रहेको यस अवस्थामा गबन्धन, गुटबन्दी र मोर्चाबन्दीले समस्या झन बल्झिने भएकाले आफ्नो दल कुनै गठबन्धन वा मोर्चाबन्दीमा नजाने पनि स्पष्ट पार्दै देशमा अहिले दुई गुट काँग्रेस र एमाले भने अर्को एमाओवादी र मधेशवादी दलको देखिएको छ त्यसमध्ये आफू कुनै गुटमा नजाने स्पष्ट पर्नुभयो । 
उहाँले देशमा देखिएको दुई शक्तिबीचको द्धन्दलाई मध्यस्थता गरी समाधान गर्ने भूमिका आफ्नो पार्टी खेल्ने बताउँदै मधेशवादी दललाई पनि कुनैप्रकारको मोर्चाबन्दीमा नलाग्न आग्रह गरिने बताउनुभयो । आफ्नो पार्टीबाट अलग भएका शरत्सिह भण्डारीको पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टीसँग एकता नभएर खास एजेण्डा र मुद्दामा सहकार्य मात्र हुने उहाँले स्पष्ट समेत पार्नुभयो ।
सरकारमा जाने नजाने बारे पत्रकारले राखेको जिज्ञासामा उहाँले सरकारमा जाने नजाने विषयमा पार्टीले कुनैपनि निर्णय नगरेको बताउँदै आफ्नो पार्टीको पहिलो प्राथमिकता सविधान त्यसपछि मात्र सरकारले रहेको स्पष्ट पार्नुभयो । उहाँले सविधान निर्माणको सुनिश्चितता नभएसम्म सरकारको बारेमा सोच्न समेत नसकिने दावी गर्दै सविधान निर्माणका सुनिश्चितता भएपछि सहमतिको सरकार निर्माण हुने अवस्था आयो भने मात्र त्यसको बारेमा सोच्ने धारणा राख्नुभयो । सविधानसभाबाट सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान नगरे आफ्नो पार्टीले कठोर निर्णय लिने समेत चेतावनी दिनुभयो ।

No comments:

Post a Comment