Labels

Saturday, December 14, 2013

सद्भावना किन भए लचिलो ? (विज्ञप्तिसहित)


काठमाडौ मंसिर २९ गते । सद्भावना पार्टीले सविधानसभाको चुनावमा भएको धाँधली बारे छानविन नभएसम्म समानुपातिकको नामावली नपठाउने अडानमा लचिलो भएको छ ।

पाँच दिनसम्म चलेको केन्द्रीय समितिको निर्णयहरु शनिवार सार्वजनिक गर्दै सद्भावना पार्टीले त्यस्तो लचकता देखाएको हो । एमाओवादी नेतृत्वको गठबन्धनले गरेको निर्णय अनुसार निर्वाचनमा भएको धाँधलीको छानविन गर्न उच्च स्तरीय छानविन आयोग गठन नभएसम्म निर्वाचन आयोगमा समानुपातिको नामावली नपठाउने पार्टील अडान लिएको थियो । तर, पार्टीमा यस विषयमा छलफल र बहस हुँदा छानविनका लागि आयोग गठन गर्नुपर्ने नभए संसदबाट नै संसदीय छानविन समितिले छानविन गर्ने प्रतिवद्धता जाहेर गर्नुपर्ने माग गरेको छ ।

उपाध्यक्ष संजय साहले सविधानसभा बहिष्कार गर्ने राखेको प्रस्ताव पार्टीले सिधै अस्विकार गरी सदन र सडकलाई संघर्षको मोर्चा बनाउने समेत निर्णय गरेको छ । त्यति मात्र होइन कि सविधानसभामा भाग लिने निर्णय समेत गरेको छ । केन्द्रिय समितिको विहिवारको बैठकमा नेता साहले सविधानसभा बहिष्कार गरेर सडक आन्दोलनमा जानुपर्ने प्रस्ताव बैठकमा लग्नु भएको थियो ।

उपाध्यक्ष साहले सविधानसभाको जुन संरचना बन्दैछ, त्यसबाट मधेशीले कुनै अधिकार नपाउने भएकाले अहिलेदेखि बहिष्कार गरी सडक आन्दोलनमा जानुपर्ने प्रस्तावको विरुद्धमा अधिकाँश केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेपछि उहाँ अल्पमतमा पर्नु भएको हो ।

पार्टीका महासचिव मनिष सुमनका अनुसार बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले बरु सरकारमा नजानु प्रतिपक्षमा बस्नु तर जनताले जेजति जनादेश दिएको छ त्यसको कदर गर्दै सदनमा गएर संघर्ष गर्न सुझाव दिएको छ । सोही सुझावको आधारमा पार्टीले सदन र सडकलाई प्रयोग गरी मधेशको पक्षमा संघर्ष गर्ने निर्णय गरेको नेता सुमनले बताउनुभयो ।

नेता सुमनले निर्वाचन आयोग आफुले जारी गरेको आचार संहिताको अनुगमन गरी प्रभावकारी रुपबाट पालन गराउनुपर्नेमा सो नगर्दा स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन नहुन नसकेको आफ्नो पार्टीले ठहर गर्दै अझ बुथ कब्जा मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटीका ल्याउँदा गरेको शंकास्पद र धाँधलीपूर्ण कार्यले गर्दा निर्वाचनमा धाँधली भएको दावी गर्नुभएको छ ।

उहाँले मतगणना पूर्व निर्वाचन आयोगले कानून विपरित जारी गरेको १० बुँदे निर्देशनले गर्दा सिल टुटेको मतपेटिकाकोे गणना हुनु, घटीबढी मतपत्र भए पनि त्यसको गणना गर्नु जस्तो नियोजित निर्देशनले गर्दा यथास्थितीवादीको पक्षमा निर्वाचन परिणाम घोषणा गरेको आराप लगाउनु भएको छ । बैठकले चुनावमा धाँधली भएको ठहर गर्दै धाँधली भएपनि सविधानसभामा भाग लिने निर्णय गरेको छ । यद्यपी चुनावमा भएको धाँधलीबारे छानविन गर्न उच्चस्तरीय आयोग गठन हुनेपर्ने जोडदार रुपमा माग गरेको छ ।

केन्द्रिय समितिको बैठकले सविधानसभा चुनावको समिक्षा गर्दै त्यसको प्रतिवेदन पुसमसान्तभित्र पेश गर्न पार्टीको जिल्ला, गाउँ, क्षेत्रलाई निर्देशन दिएको छ । साथै चुनावमा प्रत्यक्ष उम्मेदवारी दिनु भएका नेताहरुलाई पनि चुनावी समिक्षा तथा अनुभव पेस गर्न केन्द्रीय समितिले निर्देशन दिएको छ ।

प्रेष विज्ञप्ती ।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष श्री राजेन्द्र महतो ज्यूको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय काठमाण्डौमा मिति २०७० मंसिर २४ गते देखी २०७० मंसिर २८ गते सम्म सम्पन्न पार्टी राष्ट्रिय कार्य समितिको बैठक द्वारा निम्नानुसार निर्णयहरु गरियो ।
निर्णय ः 

सद्भावना पार्टी २२ वर्ष देखी संघियता सहित मधेशी र जनजाति माथी भएको शोषण उत्पीडन को लागि संघर्षरत रही आएकोमा प्रथम संविधानसभा मा पहिचान सहितको संघियता तथा मधेशी, आदिवासी जनजाति, दलित, मुस्लीम र महिलाको अधिकारको लागि संघर्षरत रही आएको थियो तर यथास्थितीवादी शक्तिहरुको कुत्सीत भावनाले गर्दा संघियतामा विवाद भई संविधान निर्माण हुन सकेन र संविधान सभाको अवसान भयो । अन्तरिम संविधान २०६३ को भावना र मर्म तथा एतेहासिक जन आन्दोलन, 
मधेश आन्दोलन, जनजाति आन्दोलन, मुस्लीम आन्दोलन, थरुहट आन्दोलन सहितको जनभावना पुरा हुन सकेन । 
पार्टीले उल्लेखित आन्दोलन सहितको जनभावना अनुसार संविधान सभावाटै संविधान निर्माणको पक्षमा आवाज उठाई रहदा दोस्रो संविधान सभाको निर्वाचन २०७० साल मंसीर ४ गतेको दिन सम्पन्न भयो । त्यस निर्वाचनमा निर्वाचन आयोगले आफुले जारी गरेको आचार संहिताको अनुगमन गरी प्रभावकारी रुपवाट पालन गराउनुपर्नेमा सो नगर्दा स्वच्छ, निश्पक्ष, धाँधली रहित निर्वाचन हुन सकेन । अझ बुथ कब्जा मतदान केन्द्रबाट मतगणना स्थल सम्म मतपेटिका ल्याउदा गरेको संकास्पद र धाँधलीपूर्ण कार्यले गर्दा निर्वाचनमा धाधली भएको देखियो । मतगणना पूर्व निर्वाचन आयोगले कानून विपरित जारी गरेको १० बुँदे निर्देशनले गर्दा सिल टुटेको मतपेटिकाकोे गणना हुनु, घटीबढी मतप
त्र भए पनि त्यसको गणना गर्नु जस्तो नियोजित निर्देशनले गर्दा यथास्थितीवादीको पक्षमा निर्वाचन परिणाम घोषणा गरियो ।
१(क) सद्भावना पार्टी संविधान सभा निर्वाचनमा भएको नियोजित धाधली तथा षडयन्त्रको विरोध गर्दै राज्यका षडयन्त्र बाट नै धाधली भएको हुदा निष्पक्ष छानवीन आयोग गठन वा संसदबाट नै संसदीय छानवीन समितिको प्रतिवद्धताको यो बैठक माँग गर्दछ ।
(ख) विगतको संविधान सभा निर्वाचनमा व्यापक धाधलीका वावजूद मधेशी जनजाति, दलित तथा उत्पीडित जात जाति वर्ग एवं सदस्यले सद्भावना पार्टी लाई गरेको मतदान प्रति सवै मतदाताहरुमा यो बैठक आभार तथा धन्यवाद ज्ञापन गर्दछ ।

(ग) निर्वाचन परिणामको समिक्षा गरि पुस मसान्त भित्र पार्टी केन्द्रमा समिक्षा–प्रतिवेदन पठाउन यो बैठक पार्टीको सवै ग्राम÷इकाई समिति, नगर कार्य समिति, क्षेत्रिय कार्य समिति तथा जिल्ला कार्य समितिलाई निर्देश गर्दछ । 

(घ) निर्वाचन सम्बन्धी आफनो लिखित अनुभव प्रतिवेदन आगामी पुष १५ गते भित्र पार्टी केन्द्रमा पठाउन यो बैठक पार्टीका सबै प्रत्यक्ष उम्मेदवारहरुलाई निर्देश गर्दछ । 

२. निर्वाचन क्षेत्र निर्धारण आयोग द्वारा हाल निर्धारित निर्वाचन क्षेत्र एवं नागरिकता प्रमाणपत्रधारि मात्रलाई मतदाता बनाउने निर्वाचन आयोगको अडानलाई दृष्टिगत गर्ने हो भने मधेशवादी दलहरुको संविधान सभा÷संसदमा साधारण बहुमत समेतबाट टाढा नै रहनु पर्ने यर्थाथ प्रष्ट छ । यस आलोकमा संविधान सभा÷सदन संर्घष भन्दा सडक संर्घष नै श्रेयस्कर हुने छ । संविधान सभा÷संसदमा मधेसी, आदिवासि जनजाति, मुस्लिम, सिमान्त कृत वर्ग, दलित समुदायका मागहरुसाथ बेईमानी भय सद्भावना पार्टी सदन त्याग गरेर सडक संर्घषको लागि बाध्य हुनेछ । 

३. विगतका दिनहरुमा मधेसी दलहरुमा भएको टुटफुट समेत यस अनपेक्षित निर्वाचन परिणामको एक प्रमुख कारण रहेकोले, मतादेश अनुरुप मधेस केन्द्रीत राजनीतिक दलहरुबीच एकीकरण, सहकार्य तथा मोर्चा बनाउन पहल गर्ने यो बैठक निर्णय गर्दछ ।
४. दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति तथा रंगभेदी आन्दोलनका नायक नेल्सन मंडेलाको निधनप्रति पार्टी गहिरो दुःख व्यक्त गर्दै दक्षिण अफ्रिकी जनता प्रति हार्दिक समबेदना प्रकट गर्दछ । 

५. पार्टीका केन्द्रीय उपाध्यक्ष श्री शिवचन्द्र कुशवाहा ज्यूका ममतामयी माताको निधनप्रति यो बैठक दुःख व्यक्त गर्नुका साथै शोक–सन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछ ।

.......................................
(संतोष मेहता)
प्रवक्ता, राष्ट्रिय कार्य समिति
सद्भावना पार्टी

No comments:

Post a Comment