Labels

Saturday, December 28, 2013

ठाकुरले भने, सरकारमा जाने कुनै निर्णय छैन

सुरेशकुमार यादव
काठमाडौ पुस १३ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने नजाने बारे आफ्नो पार्टीले कुनै निर्णय नगरेको बताउनु भएको छ ।
पार्टीको छैठो वार्षिक उपलक्ष्यमा शनिवार आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सविधान निर्माण आफ्नो पार्टीको प्राथमिक कुरा हो, सरकार गौण कुरा भएकाले सरकारको बारेमा कुनै छलफल नभएको प्रष्ट पार्नु भयो । हामी सरकारमा जाने भनेर निर्णयमा पुगिसकेका छैनौं, उहाँले भन्नुभयो, अहिलेसम्मको निर्णय प्रतिपक्षमा बस्ने हो । सरकारमा जाने नजाने विषय भोलिको परिस्थिति र समीकरणले निर्धारण गर्नेछ ।

नेपाली काँग्रेसका सभापति सुशिल कोइरालासँग भेटेर सरकार बनाउनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हो भनि जिज्ञासामा अध्यक्ष ठाकुुरले भेटघाट गर्नु भनेको सरकारमै जानु हो त ? भेटमा त अरु पनि कुराकानी हुने गरेको बताउँदै सविधानसभा र सविधान निर्माणको बारेमा मात्र कुराकानी भएको बताउनुभयो । उहाँले सहमतिकै आधारमा सविधान निर्माण तथा सरकार गठन गर्न सभापति कोइरालालाई सुझाव दिएको बताउनुभयो ।
प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ७ वटा सिट जितेका तमलोपाले निर्वाचन आयोगले तोकेको समय सीमामा समानुपातिको सुची बुझाउने अध्यक्ष ठाकुरले बताउनुभयो । आयोगले समानुपातिकतर्फको सूची बुझाउने अन्तिम मिति पुस १५ लाई तोकेको छ ।
कार्यक्रममा ठाकुरलाई शुभकामना दिन उपराष्ट्रपति परमानन्द झा, एमाले नेता माधवकुमार नेपाल, काँग्रेसका नेता रामचन्द्र पौडेल, एमाओवादी नेता अग्नी सोपकोटा, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदार, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेता, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि तथा पत्रकार, बुद्धिजिवि, वकिलहरुको उपस्थिति थियो ।

No comments:

Post a Comment