Labels

Friday, December 20, 2013

चौधरी ग्रुपद्धारा मोन्सान्टोको बीउ बेचेको स्विकार



  • सुरेशकुमार यादव

काठमाडौ पुस ५ गते । विश्वमा विवादीत रहेका अमेरिकी कम्पनी मोन्सान्टोको बीउ बेच्दै आएका चौधरी ग्रुपका सीजी सिड्स एण्ड फर्टिलाइजर प्रा.लि.ले सो कम्पनीसँग सम्बन्ध तोडेको छ ।
सीजी सिड्स एण्ड फर्टिलाइजर प्रा.लि. ले शुक्रवार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । विवादित कम्पनीको बीउ बेच्न लागेको समाचार बाहिर आएपछि सीजी कम्पनीले पत्रकार सम्मेलन गरी सो सम्बन्ध टुटेको जानकारी गराएको हो । सञ्चारमाध्यममा आएको समाचारप्रति आश्यर्च व्यक्त गर्दै सीजी सिड्स कम्पनीले यता आएर मोन्सान्टो कम्पनीको जेनेटिकल्ली मोडिफाइड (जि.ए.ओ.) भएको कुनै पनि बीउ नबेचेको दावी गरेको छ ।

मंसिर २८ गते एक दैनिक पत्रिकामा सुचना गरी मोन्सान्टो कम्पनीका विभिन्न जातको बीउ बेच्न लागेका जानकारी सिड्सले सार्वजनिक गरेको सीजी थियो तर पत्रकार सम्मेलनमा सो कम्पनीका प्रबन्ध निर्देशक अविनाश पन्तले अहिले होइन, एकवर्ष आगाडी मात्र सरकारबाट अनुमति लिएर जि.ए.ओ. भएको बीउ बेचेको स्विकार गर्नुभयो । पत्रिकामा निकालिएको सुचनाको बारेमा जिज्ञासा राख्दा उहाँले त्यो आफ्नो कम्पनीको भण्डार शाखाको त्रुटीका कारण त्यस्तो भएको प्रतिकृया दिनुभयो ।
निर्देशक पन्तले भन्नुभयो–‘सीजी सिड्सको भण्डारले दिएको जानकारीको आधारमा सुचना गर्यौ तर पछि बुझ्दा बीउ सकिएको रहेछ ।’ आफ्नो कम्पनीले एकवर्ष अगाडि लगभग एकसय के.जी. बीउ ल्याएको तर त्यो त्यतिबेलै नै सिधिएको दावी गर्दै अहिले हाइब्रिड मकैको बीउ मात्र बेचिरहेको बताउनुभयो । मोन्सान्टो कम्पनीबाट कुन कुन जातका र कति बीउ बेच्नु भएको जानकारी माग्दा निर्देशक पन्तले अनभिज्ञता प्रकट गर्नुभयो ।
भक्तपुर र काभ्रेमा तपाईकै कम्पनीको वीउ प्रयोग गर्दा धान नफलेको आरोप छ नि भने जिज्ञासामा पन्तले नेपालमा आफू मात्र मोन्सान्टो कम्पनीको बीउ बेचेको होइन थुप्रैले बेचिरहेका छन् त्यो पत्ता लगाउने जिम्मा तपाईहरुको हो भन्दै पन्छिनुभयो ।
उहाँले भन्नुभयो–‘मोनसान्टोसँग यस कम्पनीको सम्बन्ध विगत एकवर्षभन्दा पहिले नै समाप्त भइसकेको छ ।’ आफ्नो कम्पनीले उपलब्ध गराएको बीउ विजन अन्तराष्ट्रिय मापदण्ड भएको, तिनले स्थानीय रैथाने बीउ विजनभन्दा निकै राम्रो उत्पादन दिने, सुख्खायाम वा खडेरीमा समेत तिनको उत्पादन अपेक्षाकृत राम्रो हुने हुँदा खाद्य सुरक्षाका लागि समेत हाइब्रिड बीउ उपयुक्त भएको दावी उहाँले गर्नुभयो ।
उहाँले आफ्नो कम्पनी र बंगलादेशको एक ख्यातिप्राप्त बीउ विजन उत्पादन कम्पनी एन.एस. सिड्स प्रा.लि. बीच सयुक्त लगानीमा प्रत्यक्ष रेखदेख र संलग्नतामा नेपालमै स्तरीय बीउ विजन उत्पादन शुरु गरिसकेको अवस्थामा विदेशबाट बीउ विजन आयात गरिरहनु पर्ने औचित्य समाप्त भइसकेको बताउनु भयो ।
मोन्सान्टो कम्पनीका विरुद्धमा भारत र चीनमा समेत आन्दोलन भएको थियो भने नेपालमा पनि दुईवर्षअघि सरकारसँग मिलेर यूएसडीले मोन्सान्टो कम्पनीको बीउ वितरण गर्न लाग्दा त्यसेका विरोध भएको थियो र त्यो कार्यक्रम रोकिएको थियो ।

No comments:

Post a Comment