Labels

Saturday, December 28, 2013

सरकारले भने, मोनसान्टोको जेओएओ नेपाल आउन नदिने

सुरेशकुमार यादव
काठमाडौ पुस १२ गते । नेपाल सरकारको कृषि विकास मन्त्रालयले नीतिमा नै जैविक विविधता, वतावरण र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम भएका जेएमओ तथा त्यसका उत्पादनलाई निषेध गर्ने नीति भएका कारण सो आयात गर्न कुनै प्रकारको अनुमति कसैलाई नदिएको र नदिने पनि प्रष्ट पारेको छ ।
विदेशी कम्पनी मोन्सान्टोबाट आयातित वर्णशंकर (हाईव्रिड) जातका बीउ सम्बन्धि आएका समाचारहरुप्रति ध्यानाकर्षण गर्दै मन्त्रालयअन्तर्गतको बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रले त्यसको खण्डन गरेको छ । मन्त्रालयमा शुक्रवार पत्रकार सम्मेलन गरी बीउ बिजन नियमावली, २०६९ को नियम १२ को उपनियम ४ अनुसार जेएमओ बीउ आयात गर्न जैविक सुरक्षा जोखिमको आधारमा मात्र दर्ता गर्ने प्रवधान रहेको जनाएको छ ।

राष्ट्रिय कृषि नीति २०६१ ले उत्पादन वृद्धिको लागि नेपालमा वर्णशंकर बीउको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने तथा जिएमओ को प्रयोगलाई नियमन गर्ने नीति लिएको केन्द्रले जनाएको छ । बीउ विजन ऐन २०४५ र बीउ विजन नियमावली, २०६९ मा बहुराष्ट्रिय कम्पनीहरुबाट उत्पादित वर्णशंकर जातका बीउ प्रकृया पुर्याएर आयात गर्न सकिने उल्लेख छ । बहुराष्ट्रिय कम्पनीका तीनसय ४१ जातमध्ये धानका १७, मकैका ३२ र तरकारीका दुईसय ९२ जातहरु सुचिकृत रहेको छ जसमध्ये मोनसान्टो कम्पनीका मकैका ५ र तरकारी (काँक्रो, काउली, बन्दाकोवी र वान्दा) का ४ जात रहेका छन् ।


No comments:

Post a Comment