Labels

Friday, December 13, 2013

पार्टीमा संजय साह अल्पमतमा



  • सुरेशकुमार 

काठमाडौ मंसिर २८ गते । सद्भावना पार्टीका उपाध्यक्ष संजय साहले सविधानसभा बहिष्कार गर्ने राखेको प्रस्ताव पार्टीले परित गरेन । चारदिनदेखि जारी केन्द्रिय समितिको विहिवारको बैठकमा नेता साहले सविधानसभा बहिष्कार गरेर सडक आन्दोलनमा जानुपर्ने प्रस्ताव बैठकमा लग्नु भएको थियो ।



बैठकको अन्तिम दिन शुक्रवार मधेशको अधिकारका लागि सडक र सदन दुईटैमा पार्टीले संघर्ष गर्ने निर्णय गरेको छ । उपाध्यक्ष साहले सविधानसभाको जुन संरचना बन्दैछ, त्यसबाट मधेशीले कुनै अधिकार नपाउने भएकाले अहिलेदेखि बहिष्कार गरी सडक आन्दोलनमा जानुपर्ने प्रस्तावको विरुद्धमा अधिकाँश केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेपछि उहाँ अल्पमतमा पर्नु भएको हो ।

पार्टीका महासचिव मनिष सुमनका अनुसार बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले बरु सरकारमा नजानु प्रतिपक्षमा बस्नु तर जनताले जेजति जनादेश दिएको छ त्यसको कदर गर्दै सदनमा गएर संघर्ष गर्न सुझाव दिएको छ । सोही सुझावको आधारमा पार्टीले सदन र सडकलाई प्रयोग गरी मधेशको पक्षमा संघर्ष गर्ने निर्णय गरेको नेता सुमनले बताउनुभयो ।

बैठकले चुनावमा धाँधली भएको ठहर गर्दै धाँधली भएपनि सविधानसभामा भाग लिने निर्णय गरेको छ । यद्यपी चुनावमा भएको धाँधलीबारे छानविन गर्न उच्चस्तरीय आयोग गठन हुनेपर्ने जोडदार रुपमा माग गरेको छ ।

केन्द्रिय समितिको बैठकले सविधानसभा चुनावको समिक्षा गर्दै त्यसको प्रतिवेदन पेश गर्न पार्टीको जिल्ला, गाउँ, क्षेत्रलाई निर्देशन दिएको छ । साथै चुनावमा प्रत्यक्ष उम्मेदवारी दिनु भएका नेताहरुलाई पनि चुनावी समिक्षा तथा अनुभव पेस गर्न केन्द्रीय समितिले निर्देशन दिएको छ ।


No comments:

Post a Comment