Labels

Saturday, December 21, 2013

सविधानसभाको चुनावपछि फोरम नेपालको पहिलो बैठक


  • सुरेशकुमार यादव

काठमाडौ पुस ६ गते । दोस्रो सविधानसभा चुनावको समिक्षा, आगामि कार्यनीति तथा सामानुपातिक सभासद्लगायतको विषयमा छलफल गर्न मधेशी जनअधिकार फोरम नेपालको बैठक शनिवारदेखि शुरु भएको छ ।
दोस्रो सविधानसभाको चुनावपछि ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको बैठकमा पार्टीका छवटा क्षेत्र विराट, सलहेस, सिम्रौनगढ, लुम्बनी, अवध, महाकालीक्षेत्र लगायत उपत्यका समितिका इन्चार्जहरुले आआफ्नो कुरा राख्नु भएको छ । बोल्ने अधिकाँश इन्चार्जहरुले चुनावको समिक्षामा राज्यबाट धाँधली हुनुको साथै पार्टीको आन्तरिक तथा मधेशवादी दलको विभाजनको कारण सविधानसभा निर्वाचनमा पार्टी कमजोर भएको ठहर गरेका छन् ।

राज्यले नीतिगत रुपमा धाँधली गरेर परिवर्तनकारी शक्तिलाई पाखा लगाएको मुख्य कुरा भएपनि कतै नकतै पार्टीभित्रबाट पनि अन्तरघात भएको कुरापनि नेताहरु बैठकमा उठाएको पार्टी स्रोतले जनाएको छ । सविधानसभा पछि विभिन्न टुक्रामा फोरम विभाजनले पनि चुनावमा असर गरेको ठहर गर्दै यसबाट पाठ सिकेर अगाडि कसरी बढ्ने भन्ने बारेमा पनि बहस र छलफल हुने गरेको पार्टीका केन्द्रीय सदस्य विजय यादवले बताउनुभयो ।
यसैगरि पार्टीले पाएको ८ वटा समानुपातिक सीटको बारेमा पनि छलफल शुरु भएको बताइन्छ । १० गते अन्तिम नामवाली पठाउने म्याद रहेकाले पार्टीभित्र यसलाई जसरी पनि टुगों लगाउने दावव बढेको पार्टी स्रोतले जनाएको छ । चारजना महिला र चारजना पुरुष पठाउनुपर्ने भएकाले यी आठजना कसरी छनौट गर्ने भनि चर्को दवाव परेको बताइन्छ । पार्टीका वरिष्ठ नेता भरतविमल यादव, महाचिव रामसहाय यादव, सचिव एवं प्रवक्ता रत्नेश्वर कायस्थको नाम पनि समानुपातिकमा राखिएको छ ।
बैठकमा सहभागि एक नेताले भन्नुभयो, समानुपातिको सभासद् चयन गर्ने मापदण्ड तयार गरी त्यो चयन गर्ने जिम्मा अध्यक्षलाई दिने संभावना रहेको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनाव सकिएलगतै आफ्नो पार्टीले चुनावमा धाँधली भएको भन्दै विरोध जनाई सकेको र आजबाट शुरु भएको केन्द्रीय समितिको बैठकमा त्यसै बारे बहस शुरु भएको बताउनुभयो । तीन दिनसम्म चल्ने बैठकमा चुनावी समिक्षालगात देशको समसामयीक राजनीतिक अवस्था, सविधान निर्माण र त्यसमा पार्टीको भूमिका विषयमा छलफल हुने उहाँले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment