Labels

Tuesday, February 11, 2014

३ नम्वरका नेता राजेन्द्र महतो !

‘सद्भावना पार्टीका अध्यक्ष । आफूले नेतृत्व गरेको मधेशी दलको पहाडि क्षेत्रमा शाखा विस्तार गरेका राजेन्द्र महतोले मधेशी दलहरुको बीच एकताको सम्भावना खोजेका छन् ।’ यी कुरा उल्लेख गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कान्तिपुरले वर्षका दश नेताका लागि उम्मेदवार बनाएका थिए । १२ जना उम्मेदवारमध्ये उनी तेस्रो नम्वरका नेता बनेका छन् । एक नम्वरमा गगन थापा रहेका छन् भने दास्रो नम्वरमा एमाओवादीका डा.बाबुराम भट्राई रहेका छन् ।

बाँकी एमाओवादीका अध्यक्ष प्रचण्ड, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण, काँग्रेसका सभापति सुशील कोइराला, एमालेका नेता झलनाथ खनाल, राप्रपाका कमल थापा, राष्ट्रपति डा.रामवरण यादव, निवर्तमान मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी र गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेलाई पछाडि पारेका छन् । मंगलवार राती १०ः३० सम्मको स्थिति हेर्दा गगन थापाको २३०७९ रहेको छ । त्यस्तै १०५६७ डा.बाबुराम भट्राईको मत रहेको छ भने राजेन्द्र महतोको ५४४७ मत रहेको छ । 
एमाओवादी अध्यक्ष प्रचण्डको ५२७०, शुशिल कोइरालको ४८०३,  मोहन वैद्यको ३८१४,  कमल थापाको ३४४६,  झलनाथ खनालको ३३८२, डा.रामवरण यादवको २५१५, खिलराज रेग्मीको २०५६, माधव घिमिरेको १४२९ र रामवरण, खिलराज रेग्मी र चारदलको ४९० रहेको छ । 
मधेशी नेतामध्ये राजेन्द्र महतोलाई मात्र राखिएको छ जो कि मधेश आन्दोलबाट राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नाम कमाएका उपेन्द्र महतो, मधेशका ठुला दल तथा चतुराई राजनीतिक गर्नेमा माहिर मानिएका विजयकुमार गच्छदार र स्वच्छ छवी बनाएका महन्थ ठाकुर उम्मेदवार समेत बन्न सकेका छैनन् । सविधानसभा चुनावअघि एकता र मोर्चाबन्दीको विरुद्धमा अभिव्यक्ति दिएर चर्चामा आएका राजेन्द्र महतो चुनावपछि एकीकरणका लागि बढी सक्रिय भएका हुन् तर तमलोपाका अध्यक्ष महन्थ ठाकुर तीनवर्षअघिदेखि मधेशवादी दलमा एकीकरण हुनुपर्छ र त्यसका लागि वार्ता र छलफल गर्न अभियान नै चलाएका थिए र त्यसका संयोजक थिए ह्रदयश त्रिपाठी । तर, देशका सबभन्दा ठुला मेडिया हाउसले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई नै पत्याए । जे होस् महतोको लागि यो धेरै महत्वपूर्ण कुरा हो जो वर्षका १० नेतामध्ये तेस्रो नम्वर नेता परेका छन् । अध्यक्ष महतोलाई हार्दिक बधाई ।  

No comments:

Post a Comment