Labels

Saturday, February 8, 2014

मधेशी पत्रकार संघको अधिवेशनमा के के भयो ?

काठमाडाँै, माघ २५ गते । मधेशी पत्रकार संघको प्रथम अधिवेशनको उद्घाटनसत्रमा बोल्नु हुँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका  पत्रकारहरुले नयाँ संविधान निर्माणका लागि पनि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरिएका छन् ।
शनिवार राजधानीको मसाला कटेजमा आयोजित मधेशी पत्रकार संघको प्रथम अधिवेशनमा सहभागी वक्ताहरुले यस्तो धारणा व्यक्त गर्दै पत्रकारिता क्षेत्र राज्यबाट अझै उपेक्षित अवस्थामा रहेकोसमेत गुनासो व्यक्त गर्नुभयो ।

प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले लोकतन्त्र स्थापनाका लागि भएको हरेक आन्दोलनमा पत्रकारहरुले खेलेको भूमिका अतुलनीय रहेको बताउँदै नवगठित संविधानसभाबाट एक वर्षभित्रै नयाँ संविधान जारी गराउन पत्रकारहरुले निरन्तर दबाव सिर्जना गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले नेपालको पत्रकारीताको इतिहास मधेशबाट शुरु भएको छ तर त्यसको सम्मान कहिबाट भएको छैन, अब आउने नयाँ पुस्ताले पनि गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले मधेशी पत्रकार संघले राजधानीमा रिसर्च सेन्टर खोल्नुपर्ने सुझाव दिनुभयो ।
पत्रकारहरुले स्वतन्त्र पत्रकारिताको साटो पार्टी पत्रकारिता गरिरहेको आरोप लगाउँदै उहाँले नेपाली पत्रकारिताको इतिहासमा मधेशी पत्रकारको योगदान अविस्मरणीय रहेपनि राज्यबाट सधै उपेक्षाको शिकार बनेको आरोप लगाउनुभयो । स्वतन्त्र एवं निर्भिक पत्रकारिता गर्न पनि उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
वरिष्ठ पत्रकार एवं विश्लेषण साप्ताहिकका सम्पादक सुकेश्वर पाठकले मुलुकलाई सही बाटोमा डो¥याउने र निरन्तर खबरदारी गरिरहने सूचनाका संवाहक श्रमजीवी पत्रकारहरुलाई समस्यै समस्या रहेको बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका विषयमा पत्रकारले कसैसँग सम्झौता गर्न नसक्ने उल्लेख गर्नुभयो ।
संघका अध्यक्ष कुमार विवेकानन्द मिश्रको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा वरिष्ठ पत्रकार रामरिझन यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय राजेश मिश्र र धर्मेन्द्र कर्ण, अधिवक्ताद्वय सुरेन्द्र महतो र दीपेन्द्र झा, थारु पत्रकार संघका अध्यक्ष लक्की चौधरी तथा पत्रकारहरु रामरिझन यादव, बालकृष्ण प्रसाद, रामकुमार कामत, हृदयकान्त झा, विजय वर्मा, दिनेश यादव, रञ्जन झा  र राकेश मिश्र लगायतले मधेशी पत्रकारको अवस्था र चुनौतिका बारेमा प्रकाश पार्नुभएको थियो ।
यसैगरी, सद्भावना पार्टीका महासचिव मनीष सुमन, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डल, तराई मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य केशव झा, मजफो (लोकतान्त्रिक) विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादव, मजफो (गणतान्त्रिक)युवा फोरमका अध्यक्ष विक्की यादव लगायतका वक्ताले शुभकामना व्यक्त गर्दै मधेशी पत्रकारहरुले खेल्नुपर्ने भूमिकाका बारेमा उल्लेख गर्नुभएको थियो ।
यसैबीच, मधेशी पत्रकार संघको प्रथम अधिवेशनले कुमार विवेकानन्द मिश्रको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः पंकज दास, सुरेशकुमार यादव र प्रियंका पाण्डेय चयन हुनुभएको छ ।
आगामी दुई वर्षे कार्यकालका लागि गठित केन्द्रीय समितिका सदस्यहरुका क्रमशः राजेशप्रसाद वर्मा, अमरेन्द्र यादव, रामशुभक महतो, वीपी साह, सञ्जीवकुमार साह, सीमा शर्मा, स्नेहा झा, सीमा श्रीवास्तव र पार्वता चौधरी हुनुहुन्छ । यस्तै संघको आमन्त्रित केन्द्रीय सदस्यमा प्रकाश तिमिल्सिना र भुवन शर्मालाई चयन गरिएको छ ।

No comments:

Post a Comment