Labels

Monday, June 16, 2014

फोरम नेपाललाई रअ ले फुटाएकै हो त ?

आज पत्रकार प्रशान्त झाको पुस्तक ब्याटल्स न्यु रिपब्लिक विमोचन भयो राजधानीमा । दिल्लीमा विमोचनपछि नै यो पुस्तकको चर्चा नेपाललगायत वरपरको देशमा फैलियो । मलाई त्यो पुस्तकको बारेमा चसो भयो । दरवार मार्गमा पुस्तक विमोचन कार्यक्रम राखिएको थियो । जसमा अतिथि थिए, एमाओवादीका नेता डा.बाबुराम भट्टराई, काँग्रेसका युवा नेता गगन थापा र विश्लेषक सी के लाल । मलाई आयोजकबाट त कुनै निमन्त्रणा थिएन तर मैले काम गर्ने मिडिया हाउसबाट म रिर्पोटरको हैसियतले त्यहाँ पुगेका थिए । यस्ता थुप्रै पुस्तक विमोचन कार्यक्रमहरुमा गएका थिए र गइरहन्छु पनि तर त्यहाँको उपस्थिति र खास गरी पुस्तकको प्रशंसा यस्तो पाए कि पुस्तकका बारेमा एक पटक पुनः सोच्न बाध्य भए ।
सायद नेपाली राइटरले नेपालको राजनीतिक विषय बनाएर लेखेको पुस्तक लगभग सबै बढेकेको छु । अरु मुखबाट यस्तो प्रंससा कहिले सुनिनन । डा.भट्टराईले स्वयं यो पुस्तक पढ्नै पर्ने भने । नेपालमा आजसम्म निस्केको पुस्तकभन्दा यो धेरै विश्वासिलो रहेको पनि भने गगण थापाले पनि त्यही भने ।
मैले पुस्तक पढेको छैन तर त्यहाँ जुन भनाइहरु आयो त्यसबाट के देखियो भने पहिलो सविधानसको चुनावपछि मधेशवादी शक्तिमा आएदेखि नेपालमा देखाएको भूमिका लिएर एमाओवादी, काँग्रेस र एमालेलगायतका दल तथा त्यसका नेताहरुलाई पात्र बनाएर लेखेएको पुस्तक हो जस्तो लाग्यो । र किताब वरिपरी भारत पनि घुमेको छ जस्तो पनि बुझियो । त्यसमा पनि भारतीय जासुस संस्थाको रअ को विषयलाई पनि नेपाली राजनीतिसँग जोडेर लेखेको जस्तो पनि लाग्यो । त्यही गगण थापाको मुखबाट पुस्तकको अंश पनि प्रसंग सुनियो । उपेन्द्र यादव अध्यक्ष रहेका मधेशी जनअधिकार फोरम नेपालबाट विजयकुमार गच्छदार अलग हुँदा भारतीय रअ बाट कसरी रकम प्राप्त गरेका थिए र नेताहरुलाई कसरी बाँडिएको थियो त्यो कुरामा पनि त्यहाँ उल्लेख गरिएको छ । अर्थात फोरम नेपाल फोर्ने भारत नै हो भने कुराको पुष्टि पुस्तकले गरेको पनि बुझ्नमा आयो ।
पुस्तकमा डा.भट्टराईको बारेमा पनि थुप्रै लेखिएको छ रे । र ती सबै कुरा सत्य रहेको स्वयं भट्टराईले नै स्वीकार गरेका थिए । जब कि डा.भट्टराईले कुनैपनि समाचार तथा लेख वा रिर्पोटलाई कपोकल्पित भनि हाल्थे तर आफ्नो बारेमा लेखिएको विषयलाई उनले लेखकको प्रसंशा नै गरे । त्यही प्रसंगमा डा.भट्टराईले भने, नेपाल भारतीय खुफीया तथा प्रशासनको भरमा चलेको छ । नेपाल भारतको सम्बन्ध राजनीतिक रुपमा सामाधान गर्नुपर्छ जो भारतीय पक्षबाट भइरहेका छैन । उनले यो पनि भने कि जबसम्म भारत र नेपालबीचको असमान सन्धी कायम रहन्छ तबसम्म नेपालको लोकतन्त्र बलियो हुँदैन ।

No comments:

Post a Comment