Labels

Saturday, June 28, 2014

भण्डारीले भने, मधेशवादी दलमा एकीकरण हुनै सक्दैन


काठमाडौ असार १३ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले तीन मधेशी दलको बीचमा हुन लागेको एकीकरण कुनैपनि हालत नहुने बताउनु भएको छ । तीन दल (मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी) का नेताहरुको आआफ्नै दाव रहेका कारण एकीकरण हुने सम्भावना नरहेको दावी गर्नु भयो ।

यद्यपी आफू एकीकरणको पक्षमा रहेको बताउँदै उहाँले मधेशमा एउटा पार्टी कुनै पनि हालतमा नबन्ने ठोकुवा पनि गर्नुभयो । उहाँले मधेशको राजनीतिकलाई नियन्त्रणमा राख्न दुई शक्तिको आवश्यकता रहेको पनि बताउनुभयो । एउटै पार्टी भयो भने त्यो निरकुँश हुने बताउँदै उहाँले त्यसलाई नियन्त्रण गर्नका लागि दुई शक्तिको आवश्यकता रहेको बताउनुभयो । उहाँले पार्टी एकीकरण गर्नुभन्दा पनि पहिला मोर्चा बनाएर जानुपर्ने सुझाव पनि दिनुभयो ।
आफ्नो पार्टीको दोस्रो वार्षिक उपलक्ष्यमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले तीन दलका नेताहरुमध्ये दुईजनालाई सभासद् बन्नु छ भने एकलाई सरकारमा जानुछ । त्यसैकारणले एकीकरणका लागि प्रयासरत रहेको दावी गर्नुभयो ।
उहाँले एक अर्को प्रसंगमा सविधानसभामा रहेका दलहरु इमान्दार भए तोकिएको समयमा सविधान निर्माण हुन्छ तर नेताहरुको रबैया देख्दा तोकिएको समयमा सविधान निर्माण हुने सम्भावना कम रहेको बताउनुभयो ।

No comments:

Post a Comment