मोरङको केरौन–५ स्थित १६ घर धुरीको एउटा सानो मुसहर वस्ती छ । त्यहाँका मुसहर समुदायले परम्परागत काम नपाएपछि सो वस्तीका धेरै तन्नेरीहरू भारत पलायन भएका छन् । तीन जना त अहिलेसम्म गाउँ फर्किएका छैनन् । मुसहरहरूको् परम्परागत काम माटो काट्ने पुर्ने बाँध निर्माण गर्ने हो । माटोको काम गर्ने छिटो र सरल प्रविधि भित्रिएपछि मुसहर वस्तीका धेरै युवा युवतीहरु भारत जाने थालेका छन् । युवा रामप्रसाद ऋषिदेव भन्छन्– जागिर खाउँ पढेको छैन्, आफूले जानेको काम पाउनै छोड्यो, सब ट्रयाक्टर र स्कावेटर लगाएर माटोको काम गर्छन् । विदेश नगएर के गर्नु ।
घुस्का ऋषिदेवले गाउँ छोडेको १२ वर्ष भयो । चिठ्ठीपत्र, फोन, खबर केही छैन् । घुस्काको छोरा भन्छन–म¥यो बाँच्यो केही खवर छैन् । स्वदेशमा काम नपाएर भारत गएका राजेश ऋषिदेव भारतको देहरादुन गएको ६ वर्षभन्दा बढी भयो । चार वर्षसम्म बेखवर बनेका राजेशले गत वर्ष आएर परिवार नै लिएर गए । त्यसपछि उनको बारेमा गाउँमा कसैलाई केही जानकारी छैन् । उनले श्रीमति र छोरा–छोरी लगे पनि वृद्ध बाबु आमा भने सानो झुपडीमा छोरो कुरेर बसिरहेका छन् । उनीहरू भन्छन् –छोराको केही भर भएन् । चार वर्षअघि पञ्जाव गएका श्याम ऋषिदेवले पनि आमा रुद्नीलाई बाटो हेराएको धेरै वर्ष भयो । श्यामले घर फर्केने मिति तय गरेको समय धेरै पटक गुज्रियो तर श्याम अझै फर्किएका छैनन् ।
शैक्षिक चेतना शुन्य रहेको मुसहर परिवारबाट पछिल्लो ४ वर्ष यता तीन जना युवती वैदेशिक रोजगारका लागि साउदी अरब र ओमान गइ सकेकी छिन् । कसरी वैदेशिक रोजगारसम्म पहुँच पुग्यो भन्ने जिज्ञासामा रामप्रसाद ऋषिदेव भन्छन्–१५ हजारमा ओमान लगिदिने भन्यो मैले साहिली छोरी पठाइदिएँ । गाउँकै भुपाल वान्तवा र आशाराम चौधरीमार्फत ओमान पुगेकि छोरी शुशिलाले कहिले काहीँ फोन गर्छिन् । यद्यपि फोनमा लामो कुराकानी हुन पाउँदैन । रामप्रसादका अनुसार शुशिला ओमान पुगेपछि चमेली बनेकी छिन् । छोरी गएको ४ वर्ष पुग्नै लागे पनि हालसम्म ५०÷६० हजार रुपियाँ मात्र पठाएको रामप्रसादले बताए । १७ वर्षकी शुशिला घरायसी काम गर्ने गर्छिन् ।
रामप्रसादले छोरीको धेरै बखान गरेपनि कुन बाटो भएर विदेश गएको, श्रम इजाजत प्राप्त मेन पावर कम्पनी हो वा होइन ,पासपोर्ट किन पैसा नलिइ बनाइदिए भन्ने प्रश्नको जवाफ उनीसँग छैन । उनी भन्छन– म नपढेको मान्छे सबै विश्वासको भरमा हो । धनसेर ऋषिदेवले छोरी साउदी पठाएको अबको मंसीरमा ४ वर्ष पुरा हुन्छ । उनीलाई त छोरी मुम्बईबाट साउदी गएको भन्ने कुरा मात्र थाहा छ । भन्छिन–एजेन्टले लगेको पैसा लागेन । मुसहर वस्तीका धेरै आमा बुबाहरू छोरा–छोरी आउने प्रतिक्षामा बसेका छन् । तर,छोरा–छोरीको बारेमा उनीहरूलाई केही थाहा छैन ।

No comments:
Post a Comment