आज (असार २६ गते) वर्ड ट्रेड सेन्टरमा एक कार्यक्रमबीच संघीय गणतान्त्रिक मोर्चाको घोषणा भएको छ । पाँच मधेशवादी दल, एउटा अशोक राईको संघीय समाजवादी पार्टी र एमाओवादी गरी पाँच दलको मोर्चा । कार्यक्रममा मधेशवादी दलका नेताहरु निकै खुशी देखिएका थिए । उपेन्द्र यादवदेखि राजेन्द्र महतोको मुहारमा यस्तो खुशी देखियो त्यो विरलै देख्न पाइन्छ । त्यति मात्र होइन आज मैले पहिलो पटक तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई हाँसेको देखे । अर्को अच्चमको कुरा कहिले न बोल्ने पानी बाराबारको स्थितिमा रहेका उपेन्द्र यादव र विजय कुमार गच्छदार पनि हाँसि हाँसि जिस्केको देखे । के भनेर जिस्केका थिए त्यो पछि चर्चा गरौला पहिलो यहाँ मधेशी नेताको बारेमा कुरा गरौ ।
कार्यक्रममा मधेशवादी दलका नेताहरु खुशी थिए तर एमाओवादी पार्टीका नेता डा.बाबुराम भट्राई दुःखी थिए । मञ्चमा आसन ग्रहणका लागि बोलाउँदा पनि उनी जान तयार थिएन । काठमाडौमा एमाओवादीका अध्यक्ष हिमाल शर्माले पटक पटक आग्रह गर्दा पनि जान मानेन । प्रचण्डले आफ्नै छेउमा बसेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उक्साएपछि उठेर डा.भट्टराईलाई मञ्चमा बोलाएर नै छाडे । मधेशी नेताले आफ्नो मन्तव्य राख्ने क्रममा धम्की र चेतावनी युक्त भाषण नै गरे । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीयतासहितको सविधान निर्माण नभए दिनको १२ बजे नै सविधान जलाउने चेतावनी दिए भने तमलोपाका अध्यक्ष महन्थ ठाकुले पनि अर्को आन्दोलनको चेतावनी दिएभने उपेन्द्र यादवले अर्को क्रान्ति हुने चेतावनी दिए । विजयकुमार गच्छदारले त काँग्रेस र एमालेलाई सत्तो सराप गर्दैै अर्को आन्दोलन वा जनविद्रोहको चेतावनी दिए ।
विगतमा माओवादीको कटर विरोधी विजयकुमार गच्छदार किन माओवादीप्रति मेहरमान भयो बुझ्न कसैका लागि गाह्रो छैन । यो कुराको अनुमान सबैले लगाएका छन् सबैले बुझ्दै आएका छन् कि यो सत्ताभन्दा अरु केही होइन । माओवादीको पक्षमा गच्छदारले भाषण गरिरहँदा उपेन्द्र यादव मुसु मुसु हाँसेका थिए । र, कार्यक्रममा सिधिने वित्तिकै उपेन्द्रले गच्छदारलाई हाँस्दे भनि हाले, तपाई त पुरै माअोवादी जस्तो भाषण दिनु भयो त, सिधै माओवादीमा हाम फाल्नु भए जस्तो छ नि । अनि गच्छदारले भने, हाम फाल्न त तपाईले लगाउनु भएको हो नि । एक छिन दुवैजना गललल हाँसे अनि पछि पछि हिडिरहेका रामेश्वर राय यादवले उपेन्द्र यादवलाई भने, तपाईले हामीलाई माओवादीमा धकेल्दिनु भयो अनि तपाई बाहिर बस्नु भयो यो त भएन नि । अनि उपेन्द्र यादवले रामेश्वरलाई जवाफ दिँदै भने, माओवादीमा धेरै हाम नफाल्नु खतरनाक हुन्छ ।
यी संवाद यहाँ प्रस्तुत गर्नुको कारण के हो भने मधेशवादी दलका कुनै नेतामा आत्मग्लानी थिएन, कुनै पश्चाताप थिएन । दुई वर्षदेखि एकीकरण तथा मोर्चावन्दीका लागि पटक पटक प्रयास गरेपनि मधेशवादी दलमा नएकीकरण हुन सके नमोर्चाबन्दी । बरु भए भरको संयुक्त लोकतान्त्रिक मोर्चा भंग भयो तर नयाँ बनाउन सकेन । तर, एमाओवादीका प्रचण्डले के जादु गरे कि एक होइन दुई होइन पाँच पाँच मधेशवादी दल प्रचण्डको साथ मोर्चा बनाउन तयार भए ।
आफू आफूमा मिल्न नसक्ने यी मधेशी नेता प्रचण्डको पछि किन लागे । यो विषयको चर्चा त्यहाँ कार्यक्रम स्थलमा पनि थियो । एमाअोवादीका अध्यक्ष प्रचण्ड जे चाहन्छ त्यही हुन्छ भने कुरा एकपटक पुनः सावित गरि दिएका छन् । यदि मधेशवादी दलका ती पाँच अध्यक्षहरु यदि आपसमा मोर्चा बनाएर त्यहाँ गएको भए आज अर्कै कुरा हुन्थ्यो तर त्यही कुरा प्रचण्डले चाहेका थिएन । उनले मधेशवादी दलका एक एक दललाई मोर्चामा ल्याउन चाहन्थे । एउटा एउटा दलको अस्तित्वमा मोर्चामा रहियो भने कुनै कुराको डिल गर्न अप्ठ्यारो नहुने एमाओवादीको बुझाई छ । पाँचै अध्यक्षलाई जुनसुकै बेलामा पनि फुटाउन सकिन्छ । अलग अलग पार्न सकिन्छ, अर्थात उनीहरुसँग कुरा गर्दा एक एक गरी कुरा गर्न सकिन्छ तर मोर्चाबन्दी भएर गएको भए एक्ला एक्ला एक्लै कुरा गर्न सकिदैन्थ्यो ।
तर मधेशी नेताहरुले आफ्नो कर्तुत देखाई दिए । मधेशी जनतालाई पुनः एकपटक निराश गरि दिए । एमाओवादीकै साथमा मोर्चाबन्दी गर्नु थियो भने किन छुट्टा छुट्टै दल बनाएका छन् । यदि आफ्नो अस्तित्व छैन भने आआफ्नो दल एमाओवादीका अध्यक्ष प्रचण्डलाई जिम्मा लगाई दिए हुन्छ ।
तपाईले पढ्नु भएको छैन भने यो पनि पढ्नुस्
गच्छदारले किन गरे उपेन्द्रसँग हात मिलाउने कुरा ?

No comments:
Post a Comment