Labels

Saturday, July 19, 2014

सुरेश मण्डलले आफ्नै पार्टीको बारेमा लेखेको कुरा तपाईले पढ्नु भो त ?

काङग्रेस, एमाले र माओवादीका पछुवाहरु मधेसी दलहरुका अगुवा बनेकाले पनि मधेस र मधेसी जनताको यो दुर्दसा भैरहेको छ । यिनिहरुबाट मधेसलाई जोगाउन अब ुहार्डकोर मधेसवादी युवाु बीच एकता जरुरी छ ।  तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेशकुमार मण्डलले लेखेका यो स्टाट्स हुन् । पार्टीको एउटा जिम्मेवार नेताले यसरी लेख्दा उनको पार्टीले यो कुरालाई कसरी लिएको छ त्यो बुझ्नै पर्ने कुरा हो तर पार्टीको एकजना केन्द्रीय सदस्यले यसरी पार्टीको बारेमा लेख्नु वास्तवमा साहसीक काम हुन् । पछिल्लो समय उनले जुलाई १३ तारिखको पनि एउटा स्टाट्स लेखेका छन् । त्यसमा उनले मधेशका प्रमुख तीन दलका नेता राजेन्द्र महतो, महन्थ ठाकुर र उपेन्द्र यादवको सकारात्मक नाकारात्मक पक्षको बारेमा उल्लेख गरेका छन् । उनले आफ्नामा स्टाट्स यस्तो लेखेका छन्

मधेस राजनितिको कारुनिक अवस्थास् 
यि हुन हाम्रा भाग्य बिधाता
जानौ यिनका सकारात्मक र नकारात्मक पक्ष 
१। महन्थ ठाकुर स् अनुभवी तर गतिहिन 
२। बिजय गच्छदार स् शक्तिशाली तर अवसरवादी
३। उपेन्द्र यादवस् क्रान्तिकारी तर अबिश्वसनिय
४। राजेन्द्र महतो स् ब्यबहारिक तर ब्यबहारवादी
अरु भाडेभुडेको त के कुरा।।।।।।।
के सम्भव छ, यिनको नेतृत्वमा मधेस मुक्ति रु
उनले यी नेताको बारेमा सकारात्मक र नाकारात्मक पक्ष बारेमा लेखेर के यिनीहरुको नेतृत्वमा मधेशले मुक्ति पाउँछ भनि प्रश्न गरेको छ । र, सुरेश मण्डलले प्रश्न मात्रै होइन कि शंका पनि गरेका छन् कि यिनीहरुबाट मधेशको मुक्ति हुँदैन । किन भने एउटा अर्को स्टाट्समा उनले ूमधेसी दल एकीकरण टेली सिरियलूका चर्चित कालाकारहरु।।।  फरवरी १३ तारेखमा पनि उनले तमलोपा, फोरम नेपाल र सदभावना बीच जारी भनिएको एकीकरण वार्ता कहिल्यै नसकिने भारतीय टेलि सिरियल जस्तै भएको छ लखेका छन् त्यसले पनि कुरा पुष्टि हुन्छ कि यी नेता कलाकार मात्र हुन् रियल होइन जसमा मधेशको मुक्ति होला । तमलोपा विद्यार्थी संगठनका अध्यक्ष समेत रहेका सुरेश मण्डलले आफ्नो फेसबुकमा मात्र होइन कि उनले पार्टीको बैठकमा पनि यसरी स्पष्ट कुरा राख्ने गरेका छन् । यहाँसम्मको राष्ट्रिय दैनिक पत्रिका लेख्ने लेखहरु पनि यस्तै खर्रो र यथार्थपरक हुन्छ । यसरी लेख्दा पार्टीको नेतृत्व पंक्तिले मण्डललाई कसरी मूल्यांकन गर्छन् वा गरिरहेका छन् वा गर्नेछन् त्यो पछिको कुरा हो । खास गरि मधेशवादी दलको इतिहास हेर्दा यस्तो खर्रो बोल्ने नेता अर्थात अध्यक्ष वा पार्टी नेतृत्वको बारेमा बोल्ने नेताको पार्टीमा खैरयत छैन भनि देखि सकेको छ अब मण्डलजीसँग तमलोपाका अध्यक्ष महन्थ ठाकुरले कस्तो व्यवहार गर्ने हो त्यो हेर्न बाँकी छ ।
तमलोपा पार्टीलगायतका मधेशवादी दलले सबै समानुपातिक सीट बेचेको आरोप लागि रहेका बेला मण्डलले लेखेका छन्, समानुपातिक सभासद चयन प्रकृयामा मधेसवादी अध्यक्षज्यूहरुबाट भएको आर्थिक, सामाजिक र पारिवारिक धान्धली र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित खतरालाई रोक्न सुरक्षा कवचको रुपमा पार्टी एकीकरणको प्रपन्च रचेको भान आम मधेसी जनतालाई हुन थालेको छ । यो लेखेपछि उनको पार्टीले मण्डलसँग स्पष्टीकरण लिएका छन् कि छैन त्यो कुरा बाहिर आएको छैन । यदि तमलोपाले मण्डलसँग स्पष्टीकरण लिएको छैन भने समानुपातिक चयनमा तमलोपाले आर्थिक चलखेल भएको कुरा पुष्टि हुन्छ किनभने पार्टीका एकजना केन्द्रीय सदस्यले यो स्टाट्स लेखेका छन् । जनवरी २१ तारेखमा पनि उनले समानुपातिक सभासद् चयनको विषयमा यस्तो लेखेका छन्, यसपटक मधेसी दलहरुले समानुपातिक सभासद छनौटमा ूथ्री डीू प्रणाली लागु गरेका छनस् पहाडी ९गैर मधेसी०, मारवाडी ९पैसा० र घरवाडी ९पत्नी० । यसलाई ूथ्री पीू प्रणाली पनि भनिन्छ, ती हुनस् पहाडी, पैसा र पत्नी‘........ त्यति मात्र होइन कि उनले मधेशवादी दललाई मानसिकतामा पनि परिवर्तन गर्नका लागि यस्तो यदि मधेशवादलाई जिवन्त राख्ने हो भने मधेशी मानसिकता र मधेशी पार्टी दुबैलाई पुनर्समरचना गर्न जरुरी छ‘। सुझाव दिएका छन् ।
उनले आफ्नै पार्टीमा देखिएको पहाडिवाद र ब्राहमणवादको पनि विरोध गरेका छन् । उनले २०१३ डिसेम्वर १० मा लेखेका छन्, अहिलेका चर्चित मधेशवादी नेतास्हृदयेश त्रीपाठी, सर्बेन्द्रनाथ शुक्ल, बृशेषचन्द्र लाल, जितेन्द्र देव र जयप्रकाश गुप्ताहरुको अबशान पछि यिनीहरुको घरमा मधेशवादको ुमु पनि भेटिनेवाला छैन‘‘।। मधेशी नेताहरु मधेशको राजनीतिक गर्ने तर घरमा पहाडि श्रीमती राखेर उनीहरुबाट मधेशको कस्तो मुक्ति होला भने आशय मण्डलको रहेको छ । र हो पनि यी नेताहरुको घरमा मधेशी समुदायको प्रवेश निषेधै छ । प्रवेश भएपनि अपहेलित हुने अवस्था छ । तमलोपाको केन्द्रीय समिति बिस्तारमा सम्बन्धित पक्षले गरेको लापरवाहीले पार्टीको गरिमा माथी प्रश्ण चिन्ह खडा गरिदिएको छ । ब्यापक रुपमा जातिवाद र कृपावादले काम गरेको छ । साथै अयोग्यहरुको भिड पनि जम्मा गर्ने काम भएको छ । तसर्थ केन्द्रीय समिति सदस्यबाट राजिनामा गर्ने मनस्थितिमा पुगेको छु‘‘कुनै यादवको पार्टीले, कुनै पंञ्चवर्णको पार्टीले साहस गर्न सक्छ । झाको पार्टीमा रहेका अन्य युवाहरुले यस्तो साहस हतपत गर्दैनन् । तर यतिका आलोचना गरिरहँदा अध्यक्ष महन्थ ठाकुरको गुणगान गाउन छाडेका छैन । उनले २०१३ जुन ४ तारिखका दिन यस्तो लेखेका छन्,
उनको यो पोष्ट पनि पढ्नुस्
महन्थ ठाकुरको अझै पनि तमलोपा र मधेशमा मात्र होइन परन्तु देशमै बिकल्प छैन । मधेशमा मात्र नभएर देशमै एउटा इमान्दार, चरित्रवान, निष्कलङक र बेदागी ब्यक्तित्व भएको नेताको खडेरी परेको बेला ठाकुर जी जस्ता अन्य नेताहरुको अभाव महशुश भैरहेको छ । यो मेरो मात्र होइन कि आम मधेशी जनताको चाहना र मधेशको आबश्यक्ता हो‘।।





No comments:

Post a Comment