Labels

Monday, July 22, 2013

मन्त्रीले नै भने बजेट कम भो !


सुरेशकुमार यादव
काठमाडौ साउन ७ गते । कृषि विकास मन्त्री टेकबहादुर र्घर्तिले नेपालको कृषि क्षेत्रमा राज्यले कम लगानी गरेको बताउनु भएको छ । सरकारले आर्थिक वजेट र्सार्वजनिक ग
कृषि विकासका लागि ५० अर्ब बजेट चाहिन्छ तर त्यसको आधाभन्दा कम बजेट भएकाले कृषि रणनीतिको लक्ष्य पुरा भइरहेको छैन्, रिर्पोर्टस क्लवले सोमवार आयोजना गरेका साक्षात्कार कार्यक्रममा मन्त्री र्घर्तिले भन्नुभयो-'कृषिमा आत्मनिर्भर हुनका लागि कृषिमा बजेट वृद्धि गर्नुपर्छ ।' उहाँले कृषिमा चाहिएको जति बजेट नभए पनि गतवर्षो तुलनामा यसपाली कृषिको बजेटलाई दोब्बर गरेको जानकारी गराउनुभयो । मन्त्री र्घर्तिले चालु वर्षो बजेट २१ अर्ब ४० करोड ३१ लाख २७ हजार बराबरको वाषिर्क कार्यक्रम तयार गर्नुभएको थियो ।
मन्त्री र्घर्तीले  कृषि व्यवसायीलाई औद्योगिकीकरण गर्नुपर्ने कुरामा जोड दिँदै अब कृषिलाई व्यवसायीकरण गरेर मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो ।
  उनले अहिले संसारमा खाद्य सूरक्षा प्रमुख विषय बनेर गएकोले पनि कुनै पनि मुलुक आत्मनिर्भर बन्न कृषि उत्पादनमा आत्मनिर्भर बन्नु पर्ने भन्दै त्यसकालागि सरकारले यो वर्षो बजेट मार्फ विभिन्न कार्यक्रम ल्याएको बताए । यूवाहरुलाई कृषि पेशमा आर्कषित गराउका लागि १० वटा डेरी, त्यती नै हाट, प्याजको लागि अलग्गै शीत भण्डार, जनकपुर र भैरहवामा माछा बजार निर्माण, पाँचवटा बधशाला निर्माण, कृषि औजारमा अनुदान दिने, पशु नश्ल सुधार, मासु आयत प्रतिस्थापन कार्यक्रमलगायतका कार्यक्रम यस वर्षसञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो । उहाँले चोभारमा फलफुल बजार, किर्तिपुरमा पुष्प बजार, कालिमाटी बजारको सुदृढीकरण गर्नका लागि मन्त्रालय तयारीमा लागेको बताउनुभयो 
कृषि बजारको अनुगमन हुन नसक्दा किसान र उपभोक्तहरु मारमा पर्ने गरेका छन् भने त्यसमा विचौलियाहरु मालामाल हुनेको बताउँदै उहाँले बजारको अनुगमन र नियमनकालागि बजार अनुगमन ऐन ल्याउने तयारी भईरहेको समेत जानकारी दिनुभयो । मन्त्री र्घर्तिले कृषिमा बजेट आएपनि समयमा लक्ष्य अनुसार खर्च हुन नसकेको बताउँदै कृषिमा बजेटलाई सफल पार्नका लागि कृषि सचिवको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरिएको जानकारी गराउनुभयो ।
रेका एकहप्ता नबित्दै मन्त्री र्घर्तिले यस्तो धारणा राख्दै दर्ुइ तिहाईभन्दा बढी जनसंँख्या संलग्न रहेको कृषि क्षेत्रमा राज्यले गर्ने लगानी कम भएको बताउनु भएको हो ।

No comments:

Post a Comment