Labels

Saturday, July 13, 2013

उपेन्द्रले भने, दलफोरुवासँग एकीकरण हुँदैन


सुरेशकुमार यादव
काठमाडौ असार २९ गते । सिद्धान्त र विचार मिल्ने दलसँग मात्र आफ्नो दलको एकीकरण वा मोर्चाबन्दी हुनेे मधेशवादी दलका नेताहरुले बताएका छन् ।
    शनिवार मधेशी सञ्चार सञ्जालले राजधानीमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोःल्दै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दल फोरुवा, भ्रष्टाचारी र स्वार्थीसँग एकीकरण नहुने बताउनु भएको छ । उहाँले सिद्धान्त र नीति मिल्ने दलसँग एकीकरण हुने बताउँदै संघीयता, स्वयत्तता र आत्मनिर्ण्र्ााो अधिकारप्रति प्रतिवद्ध रहने दलसँग मात्र एकीकरण हुने स्पष्ट पार्नुभयो ।
    प्रमुख तीन दल -एमाओवादी, काँग्रेस र एमाले) सविधानसभा विघटनका लागि जति दोषी छन् त्यति नै दोषी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा -फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, तमलोपा नेपाल, तमलोपा र सद्भावना पार्टर्ीीरहेको आरोप अध्यक्ष यादवले लगाउनु भयो । सविधानसभा विघटनको बारेमा मधेशवादी दलहरु समिक्षा नगरेसम्म कुनै प्रकारको एकीकरण मोर्चाबन्दी नहुने उहाँले बताउनुभयो ।
    उहाँले एक अर्को प्रसगं मधेशमा जनसँख्याको आधारमा क्षेत्र निर्धारण नभए कुनैपनि हालतमा चुनाव हुन नदिने चेतावनी दिनुभयो । आफूहरु चुनाव विरोधी नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो-'चुनावका लागि मात्र चुनाव भए त्यसलाई आफ्नो मोर्चाले स्विकार्ने छैन् । हामी चुनावको विरोधी होइन र्सार्थक चुनाव चाहेका हौं ।' दुनियाँमा कहिपनि लोकतन्त्र र कर्मचारीतन्त्र एकसाथ रहेको छैन, र यहाँ विभिन्न षड्यन्त्रले गठन कर्मचारीहरुलाई लिएर सरकार गठन गरेको छ, उहाँले भन्नुभयो-'जुन षड्यन्त्रले सरकार गठन भएको छ, त्यसले सविधानसभाको चुनाव होला र सविधान निर्माण होला भनि कल्पना समेत गर्न सकिदैन ।'
    उहाँले यथास्थितिमा सविधानसभाको चुनाव हुन नसक्ने दावी गर्दै लोकतन्त्रको सम्मानका लागि भएपनि मन्त्रीपरिषद्का अध्याक्ष खिलराज रेग्मीले मन्त्रीपरिषद्को अध्यक्ष या सर्वोच्च अदालतको प्रधानन्यायधिश पदबाट राजिनामा दिनुपर्ने बताउनुभयो । जबसम्म कार्यपालिका र न्यायपालिका एकैजनाको हातमा हुन्छ तबसम्म यो मुलुकले सविधान पाउन नसकिने उहाँले ठोकुवा गर्नुभयो ।
    सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्दं्र महतोले पनि स्वार्थका लागि दल फोड्ने र स्वार्थका लागि दल एकीकरण गर्ने दलसँग कुनैपनि हालतमा आफूले एकीकरण नगर्ने बताउनुभयो । मधेशवादी दलहरु कुनै सिद्धान्त र विचारका कारण नफुटेको दावी गर्दै उहाँले पैसा र पदका लागि दलहरु विभाजन भएको बताउनुभयो । अहिले पनि केही दलहरुले आउने सविधानसभाको चुनावपछि बन्ने सरकारमा मन्त्री कसरी बन्न सकिन्छ, पद कसरी पाउन सकिन्छ त्यही जोगारका लागि नेताहरु एकीकरणको दौडा दौडमा रहेको आरोप उहाँले लगाउनुभयो । आफू एकीकरणको विपक्षमा नरहेको स्पष्ट पार्दै उहाँले स्वार्थी र दल फोडुवासँग एकीकरण नहुने बताउनुभयो ।
    उहाँले मधेश आन्दोलनको जस फोरम नेपाललाई जानुमा सद्भावना पार्टर्ीीे गल्ति रहेको बताउनुभयो । नेपालगञ्ज घटना हुँदा त्यसको जिम्मेवारी समेत लिन तयार नभएको काराण पहिलो मधेश आन्दोलनको नोता उपेन्द्र यादव बन्नुभएको धारणा राख्नुभयो ।
    मधेशी जनअधिकार फोरम -गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले सम्पर्ूण्ा शक्तिकेन्द्रको ध्यान मधेशतिर रहेको बताउँदै यसलाई मधेशवादी दलले राम्रो अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो । सिद्धान्त र विचारमा मधेश कमजोर हुँदै गएको धारणा राख्दै अध्यक्ष यादवले सञ्चारमाध्यमले पनि मधेशको बारेमा जथाभावी लेखेर मधेशमा भ्रम फैलाउन खोजेको आरोप लगाउनुभयो । मधेशमा एकीकरणको कुरालाई सञ्चारमाध्यमले नकारात्मक रुपमा प्रचार गरेको समेत उहाँले आरोप लगाउनुभयो । पर्ूव सञ्चार मन्त्री समेत रहनु भएका अध्यक्ष यादवले फलानो नेता फलानो दलमा गायो, फलानो दल फलानो दलमा मर्ज भयो भन्ने समाचारहरु लेखेर मधेशी जननतामा भ्रम फैलाएको भन्दै सञ्चारकर्मीमाथि आक्रोश पोख्नुभयो । उहाँले पनि सिद्धान्त र विचार मिल्नेसाग मात्र एकीकरण गर्ने धारणा राख्नुभयो ।
 

No comments:

Post a Comment