Labels

Saturday, July 13, 2013

प्रचण्डले भने, बाबुरामले आफ्नो निर्ण्र्ााफिर्ता लिनु हुनेछ


सुरेशकुमार यादव
काठमाडौ असार २८ गते । एकीकृत नेकपा -माओवादी) मा देखिएको संगठनात्मक विवादको बारेमा शुक्रवार पनि छलफल भएको छ ।
    पार्टर्ीीे विस्तारीत बैठक तय भएपछि पार्टर्ीी अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले बैठकमा पेस गर्ने प्रस्तावमाथि विभिन्न चरणका छलफलहरु ज्ाारी राख्नु भएको छ । दर्ुइदिनदेखि पदाधिकारीसहित पर्ूवस्थायी समिति, पोलिटब्युरो सदस्य तथा राज्यसमिति र ब्यूरोका इन्चार्जहरुको संयुक्त बैठकमा संगठनात्मक संरचनासम्बन्धी विषयमा छलफल जारी रहेको छ ।
    अध्यक्ष प्रचण्डले शुक्रवारको बैठकमा पार्टर्ीी देखिएको विवाद समाधानको दिशातिर गइरहेको धारणा राख्नु भएको छ । उहाँले आफू पदाधिकारीलगायत अन्य नेताहरुसँग छुट्टा छुट्टै र सामूहिक रुपमा छलफल गरेको त्यसमा निकै सुधार आएको धारणा राख्नु भएको बैठकमा सहभागि एक नेताले गोरखापत्रलाई बताउनुभयो ।
    उहाँले आफूले ल्याएको संगठनात्मक प्रतिवेदनप्रति डा.बाबुराम भट्टर्राई पनि सकारात्मक रहेको बताउँदै विस्तारित बैठक बस्नुअघि नै सबै समस्या समाधान नहुने धारणा राख्नु भएको थियो । शुक्रवारको बैठकमा डा.भट्टर्राई उपस्थित हुनु हुन्थेन । उहाँले भोलीदेखि छवटै व्यूरोका इन्चार्जसँग छुट्टा छुट्टै छलफल गर्ने समेत बैठकलाई जानकारी गराउनुभएको थियो । ब्यूरो इन्चार्ज तथा पदाधिकारीहरुसँग छुट्टा छुट्टै छलफल गरेपछि एकपटक संयुक्त बैठक बस्ने र त्यसपछि विस्तारीत बैठकमा जाने जानकारी बैठकलाई गराउनुभएको बैठकमा सहभागि नेता विश्वनाथ साहले जानकारी गराउनुभयो ।
    बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले विस्तारित बैठकको तयारीबारे गृहकार्य जारी रहेको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डको भावी संगठनात्मक सिद्धान्तसम्बन्धी प्रस्तावमा पार्टर्ीी अंगीकार गर्दै आएको जनवादी केन्द्रियताको सिद्धान्तलाई थप सिर्जनात्मक बनाउने धारणा नेताहरुले राखेको प्रवक्ता सापकोटाले बताउनुभयो ।
     नयाँ संगठनात्मक सिद्धान्त विकासका लागि संविधानसभा निर्वाचनलगत्तै संगठनात्मक महाधिवेशन गर्ने प्रस्ताव प्रचण्डले राख्नु भएको छ । अध्यक्षबाहेक सबै केन्द्रिय समिति सदस्य रहने, हेटौंडा महाधिवेशनबाट निर्वाचित चार पदाधिकारीसहितको ९९ सदस्यीय केन्द्रिय समितिलाई कायम राख्नेलगायतका चार विकल्प उहाँले अघि सार्नुभएको हो । हेटौंडा महाधिवेशनले पार्टर्ीीार्यदिशा स्पष्ट गरे पनि कार्य दिशाअनुसारको संगठनात्मक सिद्धान्त विकासमा पर्याप्त ध्यान नपुगेको निष्कर्षमाओवादी नेतृत्व पुगेको नेता साहले बताउनुभयो ।

No comments:

Post a Comment