Labels

Wednesday, July 10, 2013

दुग्ध किसानहरु संस्थान विरुद्ध आन्दोलनमा

सुरेशकुमार यादव
काठमाडौं, २६ असार- दुग्ध किसानहरु नेपाल दुग्ध विकास संस्थान विरुद्धको आन्दोलनमा उत्रिएका छन् । दुग्ध विकास संस्थानले किसानहरुसंगको बाचा कबुल पुरा नगरेपछि उनीहरु आन्दोलनमा होमिएका हुन् ।
दुग्ध किसानहरुले बुधवार मिर्मिरे मिडिया क्लबमा पत्रकार सम्मेलन आयोजना गरि आन्दोलनको घोषणा गरेका छन् । पहिलो चरणको आन्दोलन कार्यक्रम अनुसार उनीहरु नेपाल दुग्ध विकास संस्थानको लैनचौरस्थित कार्यालयमा बिहीवारदेखि अनिश्चतकालीन धर्ना बस्दैछन् । धर्ना बस्नको लागि २१ जिल्ल्ााका करिब ५ सय किसान झिटी गुण्टासहित काठमाडौ आएका छन् । आन्दोलनको नेतृत्व राष्ट्रिय माई जागरण समितिले गर्दैछ । माई जागरण समिति, मुलुकको विभिन्न ग्रामीण भेगमा दुग्ध उत्पादन क्षेत्रमा क्रियाशील ४४ वटा सहकारीहरुको संजाल हो ।
संस्थानले गाईमाई कार्यक्रम अनुसारको शर्त पुरा नगर्दा आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको राष्ट्रिय माई जागरण समितिकी अध्यक्ष मीनमाया लामा बताउँछिन् । 'संस्थानले ग्रामीण भेगका महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर गाई किन्न लगायो, हामीले उसले भने अनुसार गाई किन्यौ' बुधवार आयो्जित कार्यक्रममा लामाले भनिन- तर संस्थानले अहिले कृषि मन्त्रालले बजेट नदिएको भन्दै हामीसंग गरेका् संझौता पुरा नहुने जनाएको छ । यसबाट हामी मर्माहीत भएका छौ्र ।' लामा अनुसार संस्थानले मुलुकका २१ जिल्ल्ाा २०६६ सालदेखि गाई माई कार्यक्रम संचालन गरेको थियो । कार्यक्रम अनुसार संस्थानले किसानलाई गाई खरिद गर्न लिएको ऋणमा साढे ४ प्रतिशत ब्याजमा अनुदान दिने, ३ वर्षम्म गाईको शतप्रितिशत बीमा, गाई पाल्ने महिलाको १२ वर्षम्म ५० प्रतिशत बीमा लगायतको बाचा बबुल गरेको थियो । संसथानले अहिले सम्म यी कुनै पनि शर्त पुरा नगरेको लामाले बताइन ।
केन्द्रिय दुग्ध सरकारी संघका अध्यक्ष माधव कोइरालाले कोलिर्फमको हल्लाले नेपालका दुग्ध किसानहरु निराश बनेको बताए । 'हाम्रो मुलुक दुग्ध उत्पादनमा विस्ताररै फड्को मार्न लागेको थियो तर त्यही बेला कोलिर्फमको हल्ला चलाएर दुग्ध उत्पादन क्षेत्रलाई धरासयी बनाउने खेल शुरु भएको छ' उनले भने -कोलिर्फमको जीवाणु दुग्ध तताउनसाथ नष्ट हुन्छ । यो कुनै अनौठो  र खतरनाक जीवाणु होइन । कोलिर्फम दुग्धमा भरखरै आएको पनि होइन । दुग्ध जहिलेदेखि शुरुभयो त्यो बेलादेखि नै यो जीवाणु त्यसमा छ ।'

No comments:

Post a Comment