Labels

Monday, July 8, 2013

सिरहा समाजमा हरिनारायण


सुरेशकुमार यादव
काठमाडौ असार २३ गते । सिरहा समाजको ३२ औं साधारण सभाले हरिनारायण यादवको अध्यक्षतमा २८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
  जसमा वरिष्ठ उपाध्यक्ष अवधेश प्रसाद गौतम, अन्य दर्ुइजना उपाध्यक्षमा विष्णु साह र श्याम वासकोटा रहनु भएको छ भने महासचिवमा सुरेन्द्रकुमार झा, सचिवमा तेजनारायण ठाकुर, कोषाध्यक्षमा निरु कार्की रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सुरेशकुमार यादव, शम्भु साह, सुदीप वास्कोटा लगायतका रहनु भएको छ ।
कार्यक्रम सर्वोच्च अदालतका पर्ूव न्यायधिश कमलनारायण दासलाई दोसल्ला ओढाएर समाजको तर्फाट उहाँले सम्मान गर्नुभएको थियो । त्यस्तै सिरहा जिल्लाबाट एसएलसीमा सबभन्दा बढी अंक ल्याउने पुरुषोतम साह र शिवानी देवलाई समेत समाजले सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थय तथा जनसँख्या मन्त्री विद्याधर मल्लिकले निर्वाचन गराउनका लागि गठन भएको यो सरकारले मंसिर ४ गते सविधानसभाको चुनाव गर्राई छाड्ने प्रतिवद्धता जनाउनु भएको छ ।
सिरहा समाजको ३२ औं साधारणसभालाई उद्घाटन गर्दै मन्त्री मल्लिकले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै समयमा चुनाव गराउन दलका नेताहरुलाई पहलकदमी लिन उहाँले आग्रह गर्नुभयो । केही विषयमा दलहरु सहमति जुटाउन लाग्नु भएको बताउँदै उहाँले निर्वाचनको विरुद्धमा रहेका दलहरुलाई पनि सहमति ल्याई सरकारले चुनाव गराउन तयारीमा रहेको बताउनुभयो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहनु भएका उहाँले केही कुरामा असन्तुष्ट रहेर आन्दोलनमा रहनु भएका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य पनि चुनावमा आउनु हुने कुरामा सरकार विश्वस्त रहेको बताउनुभयो । 'मलाई जहाँसम्म थाह छ वैद्यजीहरु सविधानसभाको विरोधी हुनुहुन्न तर केही कुरामा उहाँहरुको असहमति छ, त्यसलाई मिलाउन सकिन्छ, मन्त्री मल्लिकले भन्नुभयो-'त्यसलाई वार्ता र छलफलको माध्यमबाट मिलाउन सकिन्छ ।'
सो अवसरमा उहाँले नेपाली राजनीतिको उर्वर क्षेत्र सिरहा जिल्ला रहेकाले सविधानसभाको चुनावमा पनि सोही अनुरुपको तयारी देखाउन सिरहावासीलाई आग्रह गनुृभयो ।

No comments:

Post a Comment