Labels

Thursday, July 18, 2013

फोरम लोकतान्त्रिको पार्टीको नाम होइन झण्डा फेरिने


सुरेशकुमार यादव
काठमाडौ साउन २ गते । आगामी संविधानसभा चुनावका लागि रणनीति बनाउनका लागि मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को केन्द्रिय समितको बैठक बुधवारदेखि शुरु भएको छ ।
    बैठकपछि गोरखापत्रसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष रामेश्वरराय यादवले बैठक सविधानसभा चुनाव केन्द्रित भएपनि त्यहाँ अन्य विषयमा पनि छलफल शुरु भएको बताउनुभो । सविधानसभा चुनावबारे पार्टीले रणनीति तयार गर्न बैठक शुरु भएको हो, त्यसअन्तर्गत नागरिकताको समस्या, राज्यपुनःसंरचनाको कुरा, क्षेत्र निर्धारणलगायत अन्य विषयमा छलफल गरी चुनावका लागि बैठकले कार्यनीति तयार गर्ने उपाध्यक्ष यादवले जानकारी गराउनुभयो ।
    उहाँले नागरिकता नभएकाले मतदाता परिचयपत्र नदिने सर्वोच्च अदालतको निर्णयप्रति बैठकले आपत्ति जनाएको छ । आफ्नो पार्टी नागरिकता भएकालाई नागरिकताको आधारमा र नभएकाले अन्य प्रमाणपत्रको आधारमा मतदाता परिचयपत्र दिनुपर्ने पक्षमा रहेको उहाँले बताउनुभयो । यसपाली मतदाता नामावलीमा वृद्धि हुनुपर्नेको सट्टा २०६४ सालभन्दा ५५ लाख कम हुनुको कारण नागरिकता नै भएको र राज्यले सुनुयोजित रुपमा नागरिकताको बाहनामा मतदानबाट बञ्चित गराउन खोजिएको आरोप यादवले लगाउनुभयो । उहाँले भन्नुभायो–‘यो मधेशी आदिवासी जनजातिप्रतिको विभेद हो र राज्यले यसप्रति ध्यान पुर्याउनै पर्ने हुन्छ ।’
    उहाँले जनतालाई आफ्ना्े मत प्रयोग गर्न दिनका लागि नागरिकता वितरण प्रणाली खुकुलो बनाउन समेत आफ्नो पार्टीले छलफलमा ल्याएको उहाँले बताउनुभयो । सम्पूर्ण नेपालीले निर्वाचनमा मतदान गर्न पाउनको लागि समयावधी थप गरी नागरिकता प्रमाणपत्र प्रदान गर्नुका साथै मतदाता नामावलीमा नाम समावेश गराउन उपाध्यक्ष यादवले माग गर्नुभयो ।
    २०६८ सालको जनगणना अनुसार मधेशको जनसँख्या कुल जनसँख्याको ५०.२९ प्रतिशत भएको रहेको र त्यस अनुसार मधेशमा कुल निर्वाचन क्षेत्र दुईसय ४० को ५०.२९ प्रतिशतले हुने एकसय २१ निर्वाचन क्षेत्र पाउनुपर्ने आफ्नो पार्टीको माग रहेको धारणा यादवले राख्नुभयो ।
    उहाँले निर्वाचन हुन नदिनका लागि आन्दोलनमा रहेका असन्तुष्ट पक्षलाई पनि वार्तामा ल्याएर तोकिएको समयमा चुनाव गराउन सरकारलाई आग्रह दलले गरेको बताउनुभयो । यसैगरी उहाँले संगठन संरचनामा पनि हेरफेर गरिने समेत जानकारी गराउनुभयो ।
    उहाँले आफ्नो पार्टीको नामबाट मधेशी शब्द झिक्ने हल्ला निराधार रहेको बताउँदै पार्टीको नाम परिवर्तन हुँदैन बरु झण्डा परिवर्तन हुन लागेको र त्यसको प्रस्ताव आफै लगिने जानकारी गराउनुभयो ।

No comments:

Post a Comment